coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने : ट्रम्प

वासिङटन –अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुङ्गो लगाउने बताएका छन् ।

न्युर्योर्कमा आगामी कार्ययोजनाबारे व्यस्तताकाबीच छलफल भएको खुलासा गर्दै आफ्नो ट्वीटमार्फट अब छिट्टै आगामी सरकारमा कस्ता सदस्यले आफूलाई सहयोग गर्ने छन् भन्ने विषयमा सार्वजनिक गरिने बताएका छन् ।

 बुधबार सम्पन्न निवाृचनमा डेमोक्रेट पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेपछि निकै व्यस्त बनेका  उनले आफूले छिट्टै नयाँ सरकारमा ल्याइने सदस्यबारे महत्वपूर्ण निर्णय लिन लागेको बताएका हुन्  ।

ट्रम्पसँग १५ सदस्यीय मन्त्रिपरिषद्को निर्माण गर्न अझै ७० दिन बाँकी छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सन् २०१७ को राष्ट्रपतिका रुपमा सपथ लिनेछन् । वर्तमान राष्ट्रपति बाराक ओबामाले आफूले शान्तिपूर्ण तथा सहजरुपमा सत्ता हस्तान्तरण गर्ने विषय आफ्नो केही प्राथमिकता मध्ये एक भएको भन्दै शान्पिूर्ण सत्ता हस्तान्तरणका लागि आफू आतुर रहने बताउँदै आएका छन् ।  रासस/एएफपी

 

प्रकाशित: २७ कार्तिक २०७३ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App