७ वैशाख २०८१ शुक्रबार
समाज

साहासिक उडानको एक झलक-ताल्चा एयरपोर्ट (भिडियो)

मुगु-कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको ताल्चा विमानस्थल नेपालका दुर्गम भुगोलमा रहेका र जोखिमयुक्त विमानस्थल मध्येको एक हो। 

हवाइ उडानका दृष्टिले निकै अप्ठ्यारो भुगोलमा रहेको, साँघुरो र छोटो धवनमार्गका कारण ताल्चा विमानस्थलमा जाहाज अवतरण र उडान निकै जोखिमपूर्ण मानिन्छ। २०३२ सालमा सिलान्यास गरिएको यो विमानस्थल निकै ढिलो गरेर गतबर्ष मात्रै कालोपत्रे भएको छ। तर ल्याण्डिङ फिल्डको अप्रयाप्तताका कारण ताल्चा विमानस्थलको स्तरोन्नत सन्तोषजनक मान्न तयार छैनन् यहाँ विमान उडाउने चालकहरू।

ताल्चा विमानस्थल पुगेर त्यहाँको अवस्था, विमानका चालक र यात्रुको अनुभव एवं नेपालगञ्ज-ताल्चा उडानका क्रममा देखिने रोमाञ्चक प्राकृतिक साैन्दर्य र सहासिक उडानको झलक उतारिएको विशेष नागरिक शो तयार पारिएको छ। 

 

प्रकाशित: २७ कार्तिक २०७३ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App