८ वैशाख २०८१ शनिबार
कला

चिनियाँ लेखकको साहित्यिक भेटघाट

काठमाडौं– नेपाल र चीनबिच प्राज्ञिक आदान–प्रदान सम्झौताअन्तर्गत पाँचदिने नेपाल भ्रमणमा आएका चिनियाँ लेखक र नेपाली लेखकहरुबीच मंगलबार काठमाडौंमा अन्तत्र्रिmया कार्यक्रम आयोजना गरियो। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा चिनियाँ लेखक सङ्घ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक तथा टोली नेता फङ स्ये मिङले ‘समकालीन चिनियाँ साहित्यमा भ्रष्टाचारविरोधी स्वर प्रखर रुपमा आइरहेको’ जनाए । उनले भने, ‘यसका साथै मानवता, संस्कृति, समृद्धि, सूचना र प्रविधिजस्ता विषयले पनि समकालीन चिनियाँ साहित्यलाई गहिरो प्रभाव पारिरहेको छ ।’
समकालीन नेपाली साहित्य लेखनका प्रवृत्तिबारे प्राज्ञ अमर गिरीले प्रकाश पारे । उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुक भएको हुनाले यहाँको साहित्य लेखनमा पनि त्यसैको प्रतिविम्ब पाइन्छ । यसैगरी संघीयता, समानता र पहिचानजस्ता मुद्दाहरुमा समकालीन नेपाली साहित्य लेखन केन्द्रित बनिरहेको छ ।’
प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाल–चीनबीच सदियौं पुरानो धार्मिक एवं सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै चीन भाषा, साहित्य एवं संस्कृतिको समृद्धिमा उदार भएर आउनुपर्ने बताए ।
प्रतिष्ठानका उपकुलपति एवं सभाका अध्यक्ष विष्णुविभु घिमिरेले नेपालको प्राज्ञिक र मैत्रीपूर्ण भ्रमणका लागि चिनियाँ पाहुनाप्रति आभार प्रकट गर्दै नेपाल–चीनबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । चिनियाँ लेखकहरुलाई सदस्यसचिव जीवेन्द्रदेव गिरीले प्रतिष्ठानका प्रकाशनहरु उपहार दिएका थिए ।
फङ स्ये मिङको नेतृत्वमा आएको लिन लान, काओ खाइ, काओ वइ र स्यु फङ सम्मिलित पाँच सदस्यीय लेखक टोलीले बुद्ध जन्मस्थल लुम्बिनी, ऐतिहासिक नगर भक्तपुर र काठमाडांैका विश्वसम्पदा स्थलहरुको भ्रमण गरेको थियो । टोली बुधबार चीन फर्किंदैछ ।  

 

प्रकाशित: १५ असार २०७३ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App