७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

न्युयाेर्क-संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार निन्दा गरेका छन् । शनिबार पाकिस्तानको दक्षिणमा अवस्थित बोलिचिस्तान प्रान्तको एक पहाडी क्षेत्रमा भएको आक्रमणमा भएको दर्जनौं नागरिकको मृत्यु भएकोप्रति दुख व्यक्त गर्दै घटनाका योजनाकार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

यसैगरी पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि घटनाको निन्दा गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । । साथै घटनामा आक्रमणकारीको निशाना बनेका सर्वसाधारणको उपचारमा कुनै कमी हुननदिन पनि स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।

मृतक सङ्ख्या ५२ पुग्यो

दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेकोे बताइएको छ ।वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा एकसय जनाभन्दा बढी घाइते भएका बताइएको छ ।

सधैँ उक्त स्थानमा साँझपख भेला भई धमालनामक धार्मिक नाच गरिने हुँदा उक्तमठमा उल्लेख्य सङ्ख्यामा स्थानीय भेला भएका बेला गरिएको आक्रमण भएको थियो । बोलीचिस्तानका गृहमन्त्री सनुल्लाह जेहरीले घटनामा प्राय महिला र बालबालिकासहित ५२ जनाको मृत्यु भएको र एकसयभन्दा बढी मानिसहरू घाइते भएका बताएका छन् ।

घटनामा घाइते बनेका केही सर्वसाधारणलाई गम्भीर चोट लागेको पाइएकाले मृतक सङ्ख्यामा थप हुनसक्ने बताइएको छ । घटनास्थलमा सेना र प्रहरी पुगी र घटनाबारे जानकारी लिबिस्तृतमा अनुसन्धानपछि मात्र भन्न सकिने उनको भनाइ थियो । उक्त मठमा भएको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिइसकेको छैन । रासस/सिन्ह्वा/एएफपी

                                                                                         

प्रकाशित: २८ कार्तिक २०७३ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App