८ वैशाख २०८१ शनिबार
खेल

स्पेनले इटालीको शैलीबुझेन

स्पेन दुईपटकको साबिक विजेता हो भने २०१० को पनि विश्वविजेता टोली हो । उनीहरूको विशेषता भनेको ‘टिकी टाका’ फुटबल शैली हो। त्यसमा सटपास धेरै खेलिन्छ र बल पोसेसन लिएर खेलिन्छ । तर, सोमबार राति उनीहरूले फुटबल खेल्नै बिर्सिए जस्तो देखिन्थ्यो।
इटालियन फुटबलको विशेषता भनेको बलियो रक्षापंक्ति र काउन्टर एट्याक हो । स्पेनले पनि सोमबार राति त्यही अपेक्षा गरेको थियो । तर, इटालीले आफ्नो शैली विपरीत आक्रामक फुटबल खेल्यो, जुन स्पेनले सोचेकै थिएन । त्यसैले स्पेन सम्हालिन नपाउँदै इटाली खेलमा हाबी भयो र गोल पनि गर्न सफल भयो ।
गोलकिपर डेविड डी जियाको गल्तीमा स्पेनले गोल खायो । म्यानचेस्टर युनाइटेडका डी जिया विश्वस्तरीय गोलकिपर हुन् । तर,उनले वाल राख्नमै गल्ती गरेका थिए । उनले जहाँ वाल राख्नुपर्ने हो त्यहाँ इटालियन खेलाडी उभिएका थिए । जसले गर्दा फ्रिकिक हान्नेलाई सजिलो भयो । त्यसपछि पनि डी जियाले त्यो बल कि समाउन सक्नुपथ्र्यो, होइन भने बाहिर पठाउनुपथ्र्यो । तर, उनले ६ यार्डमै बल खसाए, जुन गोलको कारण बन्यो । गोलकिपरले ९० मिनेट नै राम्रो खेल्नुपर्छ । किपरकै राम्रो खेले पनि एउटै गल्ती टोलीका लागि हानिकारक बन्छ । स्पेनको पनि त्यस्तै भयो । स्पेनले पहिलो दुई खेल जितिसकेको थियो त्यस्तैले समूह चरणमा क्रोएसियाविरुद्धको अन्तिम खेलमा लामो अनुभव बोकेका इकर कासियासलाई मौका दिएको भए हुन्थ्यो । त्यसले उनको यस च्याम्पियनसिपमा परीक्षण हुन्थ्यो । किनकि सोमबारको जस्तो खेलमा उनको अनुभवले काम गर्न सक्थ्यो ।
स्पेन खेल जित्दा झन् झन् राम्रो खेल्दै जाने र खेल हार्दा झन् झन् लय गुमाउँदै जाने टोली जस्तो देखियो । तथापि सोमबार उनीहरूले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे । दोस्रो हाफ दुवै टोली आफ्नो स्वाभाविक खेलमा फर्किए । तर, एक गोलले पछि परिसकेको अवस्थामा स्पेनी टोलीमा जुन जुझारुपन देखिनुपथ्र्यो त्यो भएन । पहिलो उनीहरूले टिकी टाका खेल्दा पनि तीब्र गतिमा खेल्ने गर्थे तर इटालीविरुद्ध त्यो गति नै देखिएन ।
स्पेनमा खेल बनाउने आन्द्रेज इनिइस्टा थिए  तर इटालीले उनलाई खुलेर खेल्ने मौका दिएन । त्यस्तो अवस्थामा अन्य दुई मिडफिल्डर सर्जियो बुस्केट र सेस फाब्रिगासले राम्रो गर्न सक्नुपथ्र्यो तर त्यो देखिएन । फाब्रिगास त कतै हराए जस्तो देखिन्थो ।
स्पेनको बेन्च पनि कमजोर होइन । खेलाडी परिवर्तनमा प्रशिक्षक भिसेन्ट डेल बोस्की पूर्णत असफल रहे । सोमबार उनको रणनीति पूरै विफल भयो । सायद इटालीका गोलकिपर जियानलुइजी बुफोन र मोराटा एउटै क्लब युभेन्ट्सबाट खेलेको भएर उनले फरवार्डपरिवर्तन गरेका हुनसक्छन् । तर, स्पेनको बलियो पक्ष भनेकै मिडफिल्ड हो । मिडफिल्डरले राम्रो गर्न नसकिरहेको अवस्थामा उनले कोके, थियागो जस्ता खेलाडीलाई मैदान छिराउनुपथ्र्यो, त्यो हुन सकेन । ठूलो नाम भए पनि खेल्न नसकेपछि खेलाडी परिवर्तन गर्न सक्नुपथ्र्यो । प्रशिक्षक डेल बोस्कीले जोखिम लिनै चाहेनन् । त्यसको परिणम उनले भोगे ।
स्पेनले दोस्रो हाफमा पनि पेनाल्टी बक्सभित्र दबाब दिन सकेन । कर्नर पाउँदा पनि त्यसको सदुपयोग गर्नतिर लागेनन् । कर्नरमा पनि धेरै पास खेले । त्यो पास बक्स बाहिरै सीमित भयो ।त्यसको फाइदा इटालीले उठायो ।
इटालीजस्तो टोलीसँग गोल खाएपछि कुनै पनि टोलीलाई खेलमा फर्कन कठिन हुन्छ । झन् स्पेन आफैमा गोल खाएपछि खेलमा फर्कन संघर्ष गर्नुपर्ने टोली हो । सोमबार त्यस्तै भयो । दोस्रो हाफमा केही राम्रो प्रयास गरे पनि इटालीले अनुभवी गोलकिपर बुफोन हुनुको फाइदा लियो । गत संस्करणको फाइनलमा भोगेको पराजयबदला लिन सफल भयो ।
फ्रान्स आइपुग्दा पनि इटालीलाई दाबेदारको रूपमा हेरिएको थिएन । तर, इटालीले सबै कठिन समयमा राम्रो गर्ने गरेको छ । प्रशिक्षिक एन्टोनियो कोन्टे रणनीतिकार मात्र नभएर खेलाडीलाई उत्प्रेरित गर्न पनि माहिर छन् । उनी खेलाडी शारीरिकमा मात्र नभई मानसिक रूपमा पनि उत्तिकै सबल हुनुपर्छ भन्ने मान्यता भएका प्रशिक्षक हुन् । स्पेनविरुद्ध उनी पूर्णत सफल भएका छन्।
सोमबारकै अर्को खेलमा इङ्ल्यान्डले लज्जास्पद हार बेहोर्नुपर्यो ।जारी प्रतियोगितामा इङ्ल्यान्ड टोलीको सबैभन्दा ठूलो समस्या भनेकै प्रशिक्षक रोए हड्सनले आफ्नो पहिलो रोजाइका ११ खेलाडी ठम्याउन नसक्नु हो । साथै, खेलाडीले पनि आफ्नो पोजिसनअनुसार प्रदर्शन गर्न सकेनन् । रुनी जस्ता स्टार खेलाडीले आफूलाई प्रमाणित गर्न सकेनन्।
इङ्ल्यान्डले पहिलो गोल गरे। उनीहरूमा आइसल्यान्डले त्यति चाँडै गोल फर्काउँछ भन्ने सोच नै थिएन। तर आइसल्यान्डले गोल फर्काएपछि इङ्ल्यान्ड अत्तालियो । सोच्दै नसोचेको आइसल्यान्डले गोल फर्काएपछि अत्तालिएको इङ्ल्यान्डले फेरि अर्को गोल खान पुग्यो ।
उच्च मनोबल नै आयरल्यान्डको सफलताको मुख्य कारण हो । पहिलो खेलमै पोर्चुगलजस्तो टोलीलाई रोकेपछि उनीहरूको मनोबल बढ्यो । त्यसपछि उनीहरू समूह चरणमा अपराजित रहे  र अन्तिम १६ मा इङ्ल्यान्डलाई हराउन सफल भए । तर, सोमबार जस्तो सधैँ खेलमा फर्किन गाह्रो हुन्छ त्यसैले आइसल्यान्ड जस्तो नयाँ टोलीलाई अबको यात्रा सहज भने छैन ।

 

प्रकाशित: १५ असार २०७३ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App