८ वैशाख २०८१ शनिबार
प्रविधि

एनटीसीको ‘थ्रिजी’ सेवामा समस्या, उपभोक्तालाई मर्का

खोटाङ– नेपाल टेलिकमको नमस्ते तथा स्काई मोबाइलको ‘थ्रिजी’ सेवा नचल्दा खोटाङका उपभोक्ता मारमा परेका छन्। थ्रिजी नचल्दा नमस्ते मोवाईलबाट भ्वाइस कल, भिडियो कल र ईन्टरनेट सेवाबाट ग्राहक बञ्चित बनेको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए। चलेका ठाउँमा पनि अति नै ‘स्लो स्पीड’मा चल्ने गरेको छ।

‘थ्रिजी’ सर्भिस नेपाल टेलिकमको कार्यालय आसपासमा मात्र सामान्य मात्रामा चल्ने गरेको उपभोक्ताको भनाइ छ। ‘थ्रिजी’ सेवा बिशेषगरी सामाजिक सञ्जाल चलाउन र अनलाईन हेर्नका लागि बढि मात्रामा उपयोग गर्ने गरिएको छ। महिनौंदेखि टेलिकमको कार्यालयबाट टाढा जाने बित्तिकै ‘थ्रिजी’ कनेक्ट नहुने समस्या छ। नमस्ते मोबाइलमा सदमुकाम दिक्तेल र हलेसीमा मात्र थ्रिजी सेवाको व्यवस्था छ ।

सिडीएमएमा भने स्काई मोवाईल सञ्चालन हुने जिल्लाका जुनसुकै स्थानमा थ्रिजी चलाउन सकिने टेलीकमले जनाएको छ। लामो समयदेखि थ्रिजी सेवा नचलेको भन्दै गत भदौ २९ उद्योग बाणिज्य संघ, खोटाङ एकता सेवा समाजका पदाधिकारीले नेपाल टेलीकमको दिक्तेलस्थित कार्यालयको ध्यानाकर्षण गराएका थिए। ध्यानाकर्षण गराउन गएका स्थानीयले एडिएसएल इन्टरनेट समेत क्षमता अनुशार स्पीड नभएको भन्दै टेलीकमसमक्ष गुनासो गरेका छ्न।

टुजी मोबाईलमा टावर नभएको समयमा र ल्याण्डलाईन फोन नचलेको बेलामा समेत थ्रिजी सेवा सुचारु हुने भएकाले पछिल्लो समय थ्रिजी सर्भिसका सेवाग्राही बढ्दो छ। थ्रिजी सेवाअन्तर्गत सिडिएमएका सेवाग्राहीले समेत मोवाईल वा इभिडीयो मोडियमबाट सहज तरिकाले ईमेल ईनटरनेट चलाउने गरेका छन् ।

नेपाल टेलिकम शाखा खोटाङका प्रमुख भरोसी शाहका अनुसार छोटो समयमै जिल्लाका २ हजार भन्दा बढी सेवाग्राहीले थ्रिजी सेवा सूचारु गराएका छन्। एक सय केविपियस क्षमताको इन्टरनेट चलाउँदा प्रतिमिनेट २५ पैसा मात्र व्यालेन्स काटिने भएकाले पनि ईन्टरनेट चलाउन थ्रिजी सर्भिस एक्टिभ गराउनेको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७३ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App