७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको तलव एक डलर !

न्युयोर्क–अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सपथ लिएपछि वर्षमा एक डलर मात्र तलव लिने घोषणा गरेका छन्। त्यसबाहेक उनले विना छुट्टी काम गर्नेसमेत घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकाको राष्ट्रपतिको मासिक तलव ४ लाख डलर हुन्छ।

‘म वर्षभरीमा एक डलर मात्र तलव लिन्छु,’ ट्रम्पको भनाइ उद्धृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन,‘ मलाइ थाहा छैन राष्ट्रपतिको तलव कति हुन्छ, तर म एक वर्षमा एक डलर तलव लिन्छु र म विना छुट्टै निरन्तर काम गर्छु, हामीसँग गर्नुपर्ने काम धेरै छ।’

ट्रम्पले आफ्नो कार्यकालमा करको दर घटाउने तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन्। ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि सीबीसीलाई एकघण्टा लामो अन्तरवार्ता दिएका हुन्। रिपब्लिकन पार्टीका ट्रम्प ८ नोभेम्बरमा अमेरिकको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए।  ट्रम्पले चुनावी भाषणमा आफू राष्ट्रपति निर्वाचित भए विना तलव काम गर्ने बताएका थिए, जसलाई उनले राष्ट्रपति निर्वाचित भएपछि पुन दोहोर्याएका छन।

 

प्रकाशित: २९ कार्तिक २०७३ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App