७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

चन्द्रागिरिबाट हिमाल नियाल्दा (फोटो फिचर)

काठमाठौं– सुन्दर प्राकृतिक छटाले भरिएको चन्द्रागिरि शिखरमा पुगेर काठमाडौं उपत्यकालाई नियाल्ने जो कोही प्रकृतिको सुन्दर रचना देखेर आश्चर्य चकित हुन्छन्। न हुन् पनि किन ? कुनै काल्पनिक स्वर्गभन्दा के कम छ र चन्द्रागिरि ?  २२/ २४ राज्यहरुलाई जित्दै देश एकीकरणमा निश्किएका पृथ्वीनारायण शाहले चन्द्रागिरि शिखरमा पुगेर यही उपत्यकालाई नियालेपछि उनले उपत्यका जितेर आफ्नो बनाउने अठोट गरेको इतिहास छ। अझ हिन्दु धार्मिक ग्रन्थहरुलाई आधार मान्ने हो भने त सतिदेवीको शव बोकेर पृथ्वी भ्रमणमा निस्किएका भगवान् शिव चन्द्रागिरि चुचुरोमा पुग्दा सतिदेवीको निधार पतन भएको थियो। संस्कृतिमा निधारलाई ‘भाल्’ भनिने हुँदा यहाँ भालेश्वर महादेव उत्पत्ति भएको ग्रन्थहरुमा उल्लेख छ। त्यसैले, धार्मिक रुपले पवित्र, प्राकृतिक सौन्दर्यले परिपूर्ण चन्द्रागिरि शिखरमा पुग्ने जो कोहीलाई स्वर्ग शिखरमा पुगेको भान हुनु स्वभाविक नै मान्नुपर्छ । हेर्नुहोस् केशव थोकरले आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरु:

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App