coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

योजनाले दलबीच विवाद

डोटी-जिल्लामा उत्पन्न भएको पछिल्लो घटनाक्रमपछि प्रमुख राजनीतिक दलबीचमा चरम विवादको वातावरण सिर्जना भएको छ। जसले सदरमुकाममा राजनीतिक विवादको माहोल उत्कर्षमा पु¥याएको छ । अहिले सदरमुकाममा हुलका हुल प्रमुख राजनीतिक दलका नेताकार्यकर्ता सक्रिय रूपमा आफ्ना पार्टीका पक्षमा वकालत  गरिरहेका छन् । खातिवडा सडकले उत्पन्न विवादले राजनीतिक रंग लिएपछि सद्भावको माहोल विथोलिएको छ ।
आफ्नो सडकमा बजेट नपरेपछि सो गाविसका बासिन्दा लामो समय जिल्लामा धर्ना दिइरहेका थिए । सोही क्रममा खातिवडाका स्थानीय तथा कांग्रेसका खातिवडा गाउँ इकाइ कमिटी सभापति राजेन्द्र खड्काले डेढ साता अघि एमाले अध्यक्ष चक्र मल्लमाथि  आक्रोस पोखेका थिए । सोही क्रममा उनीहरू बीच विवाद भएको थियो । सोही विवादलाई लिएर आपूmमाथि अभद्र व्यवहार गरेको भन्दै मल्लले खड्कामाथि सार्वजनिक अपराध ऐन अनुसार कारबाहीका लागि उजुरी दिएका थिए । उजुरीपछि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उपभोक्ताले विकासका लागि माग गर्दा थुन्न नहुने कांग्रेसको तर्क थियो । तर, एमाले अध्यक्ष मल्लले त्यो कुरालाई स्वीकार गरेनन्  र खड्का करिब डेढ हप्ता थुनामा बसाइए । यसक्रममा खातिवडाबासीले आफ्नो मान्छे थुनेको विरोधमा दुई दिनसम्म सिलगढीमा धर्ना दिएका थिए । खड्का गत शुक्रबार आठ हजार रूपैयाँ धरौटीमा रिहा भए । विवादले सम्झौता रोकिएको दिपायल– पुनितोला–चाँसीहँुदै मेल्लेक सडकको राति ८ बजे एमाले अध्यक्ष मल्लको उपस्थितिमा तत्कालीन स्थानीय विकास अधिकारी वासुदेव रेग्मीले सम्झौता गरेको भन्दै उपभोक्ताको आक्रेश थियो । यसमा स्थानीय विकास अधिकारी र अध्यक्ष मल्लले गाविस सचिवलाई सिफारिसका लागि दबाब दिएका थिए । कांग्रेसले विकास माग्न आएका कार्यकर्तालाई थुनेको, एलडिओले अख्तियारी दुरुपयोग  गरेको र अख्तियारी दुरुपयोग गर्न सक्ने भ्रष्टाचार गर्न पछि नपर्ने भन्दै स्थानीय विकास अधिकारीलाई तत्काल सरुवाको माग ग¥यो  ।
यस्तो विवाद झेल्न नसक्दा स्थानीय विकास अधिकारी रेग्मी डोटी छाडेर फरार भए । उनले जिल्ला छाड्दा आफ्नो सुरक्षाका ग्यारेण्टी नभएकाले छाडेको अभिव्यक्ति दिएका थिए । तर, सो कुरालाई प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले अस्वीकार गरिरहेका छन् । एलडिओ फरार भएपछि  कांग्रेसबाहेकका एमाले, नेकपा माओवादी (केन्द्र), राप्रपा नेपाल, राप्रपा, माओवादीलगायतका दलले प्रमुख जिल्ला अधिकारीले सुरक्षा नदिएकै कारण एलडिओले जिल्ला छाड्नुपरेको आरोप लगाएका छन् । उनीहरूले कांग्रेस र प्रशासन मिलेर एलडिओ भगाएको आरोप लगाएका छन् । घटनापछि कांग्रेस र एमालेबीच वाकयुद्धसमेत चलेको छ । कांग्रेस क्षेत्र नम्बर १ का सभापति विजय खड्काले एउटा सामान्य मुद्दालाई राजनीतिक रंग लगाइएको भन्दै आपत्ती  जनाए । उनले भने, ‘राजेन्द्र खातिवडाका नागरिक हुन् । उहाँलाई विकास माग्ने हक छ । संयोगले मात्रै कांग्रेसको इकाइ सभापति हुन् । यसलाई राजनीतिक रंग दिने प्रयास भएको छ ।’ उनको जवाफमा एमाले अध्यक्ष मल्लले उनैतर्फ इङ्गित गर्दै भने, ‘केहीले उक्साएकै कारण खातिवडाबासीले विरोध गरेका हुन् । नत्र कुनै समस्या नै आउने थिएन ।’ आपूm विकासप्रति प्रतिवद्ध रहेको र खातिवडाको विरुद्धमा नरहेको बताए ।
नयाँ स्थानीय विकास अधिकारी
असार मसान्त चलिरहँदा स्थानीय विकास अधिकारी जिल्ला छाडेर फरार भएपछि करिब डेढ साताको समयसम्म जिल्ला विकास समिति स्थानीय विकास अधिकारीविहीन बन्न पुगेको थियो । तत्कालीन स्थानीय विकास अधिकारी रेग्मीले जिल्ला छाड्दा निमित्त समेत दिएर गएका थिएनन् । जसले जिल्ला विकासका सम्पूर्ण कामकाज ठप्प भएका थिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मन्त्रालयमा कार्यरत कृष्णप्रसाद गौतमलाई नयाँ स्थानीय विकास अधिकारीका रूपमा जिल्लामा पठाएको छ । उनी आइतबार जिविसमा हाजिर भइसकेका छन् । पुराना स्थानीय विकास अधिकारी रेग्मीलाई विभागमा बोलाइएको छ । नयाँ स्थानीय विकास अधिकारी आए पनि २२ वटा योजनामा सम्झौता नभएकाले ती योजनामा विनियोजित बजेट फ्रिज जाने सम्भावना भई सकेको जिल्ला विकास स्रोतले जनाएको छ ।

 

प्रकाशित: १५ असार २०७३ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App