१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिहार टपर सहित १८ लाई जेल

भारत–बिहारको परिक्षामा सर्वोत्कृष्ट बनेकी १७ वर्षीय रुबी राइलाई प्रहरीले जेल हालिदिएको छ । एक भिडियोमा उनले राजनीतिशास्र त्ठिकसँग उच्चारण गर्न नजानेको  र राजनीतिशास्त्र खाना पकाउने विषयसँग सम्बन्धित हो भनि बताएकी थिइन् ।

भारतमा सो भिडियो भाइरल भएपछि राइलाई फेरि परिक्षा दिन लगाइयो । तर उनले पासमार्क पनि ल्याउन सकिनन् । योसँगै उनको पूर्व लब्धांकपत्र खोसिएको छ र उनलाई जेल पठाइएको छ । आइतबार प्रहरीले परिक्षामा चोरी गरेको अभियोगमा उनलाई मजिस्ट्रेटको अफिसमा उपस्थित गरायो र योसँगै उनलाई जुलाई ८सम्म जेलमा राख्ने आदेश दिइयो ।  

परीक्षामा चीट चोर्ने विद्यार्थीलाई पनि यसरी प्रहरीबाट पक्राउ गरिएको यो घटनामा भारतको इतिहासमा दुर्लभ घटना हो ।     प्रहरीले गत शनिबार १७ बर्षीया रुबी राइलाई भारतको बिहार राज्यमा राज्यस्तीय परीक्षामा चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसरी आआफ्ना विषयमा उत्कृष्ट नम्बर ल्याएर पास भएका विद्यार्थीहरुले आफ्नै विषयको नाम नै राम्रोसँग उच्चारण गर्न नजान्ने भएपछि उनीसहित १७ जना उत्कृष्ट विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । विज्ञान संकायमा टप गरेका सौरभ श्रेष्ठले पनि एटुवोको मतलब पानी हो भन्ने कुरा भन्न सकेका थिएनन् ।

रुबी राइको उत्तरले पनि परिक्षा लिन बसेका परिक्षकलाई हतप्रभ तुल्याएको थियो । कवि तुलसी दासको बारेमा निबन्ध लेख्न लगाइएको  उनले ‘तुलसीदास जी प्रणाम’ लेखेकी थिइन् ।

 बिहारको विद्यालय तहको शिक्षा प्रणालीमा विगत लामो समयदेखिै नै प्रश्न उठ्ने गर्दछ । सिकाई प्रणाली सजिलो नभएको र यसका गर्दा विद्यार्थी कमजोर हुनपुगेको बताउने गरिन्छ ।यसका साथै यस वर्षको वार्षिक परीक्षामा झन यी विद्यालयले विद्यार्थीको परीक्षा थप भरपर्दो र व्यवस्थितरुपमा लिने भन्दै परीक्षाका लागि अभिभावकबाट थप दस्तुर पनि लिएका थिए ।

    यसरी परीक्षा लिँदा पनि यस पटकको परीक्षा मर्यादित र व्यवस्थित हुन नसकेको भन्दै अभिभावकहरुले विद्यालय र शिक्षकको कडा विरोध गरेका छन् । अघिल्लो साल पनि परिक्षामा विद्यार्थीको साटो आफू परिक्षा दिन पर्खाल नाघ्दै गरेको फोटो सार्वजनिक भएको थियो ।
यो साल परिक्षा मर्यादित बनाउन चोरीमा संलग्नलाई दस्तुर तिराउने र जेलसम्म पठाउने चेतावनी दिइएको थियो । त्यसका वावजुद पनि चोरीमा खासै कमी आएको थिएन ।

    

 

प्रकाशित: १५ असार २०७३ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App