coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भूकम्प पीडितलाई दुई किस्तामा अनुदान दिन दलहरु सहमत

दलहरूबीच भएकाे सहमतिका विषयमा जानकारी दिँदै प्रधानमन्त्री केपी अाेली। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने अडानबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसपछि हटेपछि शुक्रबारदेखि अबरुद्ध संसद सुचारु हुने भएको छ। प्रमुख दलले गठन गरेको संयुक्त कार्यदल र शीर्ष नेताबीचको संयुक्त बैठकमा भूकम्प पीडितलाई दुई किस्तामा राहत अनुदान दिने विषयमा सहमति जुटेपछि व्यवस्थापिका संसद बैठक सुचारु हुने भएको हो।

दलहरुबीच भएको सहमति अनुसार अब भूकम्प प्रभावितले दुई किस्तामा राहत अनुदान पाउने छन्। पहिलो किस्तामा एक लाख पचास हजार र दोस्रो किस्तामा पचास हजार अनुदान दिइने छ। त्यसका लागि विश्व बैंकको सहमति लिएर कार्यविधि परिमार्जन गर्न दलहरु सहमत भएको प्रधानमन्त्री केपी ओलीले जनाए। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रमुख दलबीच दुई किस्तामा भूकम्प पीडितलाई राहत अनुदान उपलब्ध गराउने विषयमा सहमति भएको जानकारी दिए।

विश्व बैंकसँगको सहमतिमा कार्यविधि परिमार्जन गर्ने र चाँडै बजेट पारित गरी रकम निकासा गर्न दलहरु सहमत भएको कार्यदलका सदस्य दिलनाथ गिरीले जानकारी दिए। दलहरुबीच सहमति भएपछि आजै दुई बजे बस्ने व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्वोधन गर्ने तयारी छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै गत शुक्रबारदेखि निरन्तर व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्दै आएको थियो।

 

प्रकाशित: १५ असार २०७३ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App