अाेलीकाे प्रश्न– 'पहाड र मधेस छुट्याउने गरी कसका लागि कित्ताकाट ?'

बिहिबार, ०२ मङि्सर २०७३, १८ : ४६ नागरिक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको बताएका छन्।

एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको यहाँ बिहीबार समापन गर्दै नेता ओलीले संविधान कार्यान्वयन र निर्वाचनमा ओझेल पार्ने र नेपालीको समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको बताए।

उनले भने– 'पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ? हामीले संविधान जारी गर्दा नै २ नम्बर प्रदेशमा एक प्रकारको सम्झौता भइसकेको छ । अब संशोधनको आवश्यकता छैन । नेपालीलाई अल्मल्याउन, एकपछि अर्काे गर्दै फसाउन सकिन्छ भनेर सोच्नु ठीक होइन ।'

वैवाहिक नागरिकताका सम्बन्धमा खुकुलो प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संशोधन गर्ने हो भने त्यसलाई कडाइ हुनसक्ने तर्क गर्दै देशलाई गम्भीर नोक्सान नहुने ठाउँमा मात्र आफ्नो दलले सहमति दिने बताए।

आफ्नो नेतृत्वको सरकार हुँदा समृद्धिका प्रयास थालनी गर्दा अनुचित हस्तक्षेप गरेर सत्ता परिवर्तन गरिएको गुनासो गर्दै उनले नेपाली जनताका मूर्छित सपनालाई ओइलाउन नदिने कामलाई जनताको बहुदलीय जनवादको जगमा जारी राखिने बताए।

एमाले स्कुल विभागका उपप्रमुख शङ्कर पोखरेलले प्रशिक्षणका कार्यलाई पार्टी पङ्क्तिमा थप विस्तार गरिने जानकारी दिए। रासस









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहलाई 'नो चान्स' : मनिषा कोइराला

विवाहलाई 'नो चान्स' : मनिषा कोइराला

सात वर्षअघि काठमाडौंका व्यापारी सम्राट दाहालसँग लगनगाँठो कसे पनि बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाको वैवाहिक जीवन लामो समय...

सकियो राष्ट्रिय वाङ्मय संगोष्ठी

सकियो राष्ट्रिय वाङ्मय संगोष्ठी

नेपाल र भारतबीचको साहित्यिक सम्बन्ध, प्रगतिको चर्चा र कविता वाचनसँगै राजधानीमा गत शनिबारदेखि सुरु भएको 'त्रिदिवसीय राष्ट्रिय वाङ्मय संगोष्ठी तथा...

कान्समा 'पाहुना'को टिजर सार्वजनिक

कान्समा 'पाहुना'को टिजर सार्वजनिक

बलिउडकी नायिका तथा निर्माता प्रियंका चोपडाको होम प्रोडक्सन पर्पल पेबल पिक्चर्सले निर्माण गरेको फिल्म 'पाहुना' को टिजर 'कान्स फिल्म फेस्टिबल'...

राजधानीमा नयाँ फिल्म कलेज

राजधानीमा नयाँ फिल्म कलेज

नेपालमा फिल्म बन्ने क्रम वर्षेनी बढिरहँदा फिल्मसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको संख्या पनि थपिँदै गएको छ। ओस्कार फिल्म...