coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यहाँहरुलाई नर्कमा स्वागत छ !

रियो – सोमबार रियो दि जेनेरियोको ग्यालियो अन्तराष्ट्रिय विमानस्थलमा अवतरणपछि आगमन कक्षमा कुरिरहेका सबै यात्रुहरु अचम्मित भए।
हातमा नामको कार्ड बोकेर बसेका ट्याक्सि ड्राइभर र हातमा फूल लिएर आफ्ना आफन्त तथा साथीभाईलाई लिन विमानस्थल आएकाको लाइनमा अफ ड्यिूटी प्रहरी एउटा डर लाग्दो ब्यानर लिएरसँगै उभिरहेका थिए। जसमा लेखिएको थियो– नर्कमा यहाँहरुलाई स्वागत छ !

अंग्रेजी तथा पोर्चुग्युज भाषामा लेखिएको उक्त ब्यानरमा प्रहरी र अग्नि नियन्त्रकले तलब सुविधा नपाएको भन्देै रियो दि जेनेरीयोमा आउने जो कोहीपनि सुरक्षित नभएको उल्लेख गरिएको छ। उक्त विरोध गरिएका तस्बिर सामाजिक संजाल र ब्राजिलियन प्रेसमा धेरै शेयर गरिएको छ । ती तस्बिर शेयर गरेको केही क्षणमा नै ३० लाख जनाले हेरेका थिए।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार  ब्राजिलका अन्य सहरमा पनि प्रहरीले समयमा तलब नपाएको र कारको इन्धन तथा ट्वाइलेट पेपर जस्तो न्युनतम सुविधा पनि नपाएको भन्दै प्रर्दशन जारी राखेका छन् । कालो लुगा लागाई आन्लोलनमा उत्रिएका करिब ३०० प्रहरी रियो दि जेनेरियोको स्टेट एसेम्लीतर्फ अघि बढिरहेका छन्। उनीहरुले बोकेको व्यानरमा प्रहरीको प्रथमिकता जनताको भएको तर सरकारको प्रथमिकता ओलम्पिक भएको उल्लेख गरिएको छ । यता रियो प्रहरीका प्रवक्ताले  आफूहरु मन्दीमा रहेकाले अवस्था डरलाग्दो भएको बताएका छन्।

सन् २०१४मा भएको राष्ट्रपतिको निर्वाचनमा सरकारी कोषको र पदको दुरुपयोग गरेको भन्दै ब्राजिलको सिनेटले राष्ट्रपति डेलिमा रुसेफलाई बर्खास्त गरेपछि ब्राजिल राजनीतिक तथा आर्थिक समस्या झेल्दै आएको  छ ।उसका लागि प्रहरीको आन्दोलन अर्को समस्याका रुपमा खडा भएको छ । जुन समस्या उसले आगामी अगस्टमा आयोजना गर्ने भनिएको रियो ओलम्पिकका लागि पनि टोउको दुखाईको विषय बन्न सक्छ ।


 यस अघि ज्यासन डे र लोरी पुललगायत केही खेलाडीले जिका भाइरसको खतरा औंल्याउँदै रियो ओलम्पिकमा नखेल्ने जनाएका थिए । तर रियो ओलम्पिक खेलका सिइओले भने यस्तो कुनै सम्भावना नरहेको जनाउँदै आएको छ।

 

प्रकाशित: १५ असार २०७३ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App