८ वैशाख २०८१ शनिबार
समाज

श्रीमती हत्या गर्ने कारागार चलान

भीमदत्तनगर—श्रीमती हत्याको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका– १२ का ३० वर्षीय केशवराज पन्त पूर्पक्षका लागि कारागार चलान भएका छन्। 

गत कात्तिक ६ गते घरमै २१ वर्षीया श्रीमती पशुपति पन्तलाई कुटपिट गरी हत्या गरेको आरोपमा केशवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। 

कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराइएका भट्टलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) नं. बमोजिम पूर्पक्षको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए।

प्रकाशित: ३ मंसिर २०७३ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App