७ वैशाख २०८१ शुक्रबार
प्रवास

विमानस्थल सेटिङलाई लिएर युएईमा अध्यागमन अधिकारीविरुद्ध हङ्गामा (भिडियो)

युएई–त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारीले पैसा असुलेर भिजिट भिषामा मान्छे पठाउने गरेको विषय उठेपछि युएईमा भएको एउटा कार्यक्रममा हङ्गामा भएको छ। मानव तस्करसँगको मिलेमतोमा मोटो रकम असुलेर अध्यागमन कर्मचारीले गैरकानुनी रुपमा मान्छे पठाउँदै आएको विषय सम्बन्धित अधिकारीले ढाकछोप गर्न खोज्दा सहभागी आक्रोसित हुँदै हुटिङ गरेका हुन्।

विमानस्थलमा तपाइँका कर्मचारी खुलेआम दलाली गर्छन्। सबैभन्दा ठूलो मानव तस्कर अध्यागमन कर्मचारी हुन्। सरकारी कर्मचारी तस्करीमा संलग्न नहुने हो भने यहाँ कोही नेपाली अलपत्र पर्दैन।

गैरआवारीय नेपाली संघ, राष्ट्रिय समन्वयन परिषद युएईले आयोजना गरेको कार्यक्रमा शुक्रबार अध्यागमन विभागका अधिकारीले विमानस्थल सेटिङबारे अनविज्ञता जाहेर गरेका थिए। कार्यक्रममा उपस्थित भएका अध्यागमन विभागका निर्देशक बासुदेव घिमिरेले मानव तस्कर र अध्यागमन कर्मचारीबीच हुने सेटिङबारे आफूलाई थाहा नभएको बताएका थिए।

'विमानस्थल अध्यागमनमा हुने सेटिङबारे मलाई थाहा छैन। एक वर्षअघि मात्रै मैले यसबारेमा सुनेको हुँ', उनले कार्यक्रममा भनेका थिए।

कार्यक्रममा अध्यागमन अधिकारीविरुद्ध हुटिङ गर्दै सहभागी

उनले यति भन्नासाथ सहभागीहरुले अध्यागमनका जिम्मेवार अधिकारीले झुटो अभिव्यक्ति दिएको भन्दै हुटिङ सुरु गरेका थिए। उनीहरुले अध्यागमन कर्मचारीले विमानस्थलमा गरिब नेपालीहरुको खुन चुसिरहेको आरोप लगाए।

'विमानस्थलमा तपाइँका कर्मचारी खुलेआम दलाली गर्छन्। सबैभन्दा ठूलो मानव तस्कर अध्यागमन कर्मचारी हुन्। सरकारी कर्मचारी तस्करीमा संलग्न नहुने हो भने यहाँ कोही नेपाली अलपत्र पर्दैन। सेटिङबारे थाहा छैन भनेर झुटो बोल्ने तपाइँले राजीनामा दिनोस्', सहभागीले उनीप्रति आक्रोस पोखेका थिए।

नेपाली विदेशमा अलपत्र पर्नुमा विमानस्थलका अध्यागमन कर्मचारी मुख्य जिम्मेवार रहेको सहभागीको भनाइ थियो।

अध्यागमन कर्मचारीले घुस खाएर मान्छे अलपत्र पारेका तथ्य र प्रमाण सहित सहभागीले हुटिङ गरेपछि अध्यागमन निर्देशक घिमिरे जवाफबिहीन भएका थिए।

युएईमा भिजिट भिषामा आएर अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएको सन्दर्भमा एनआरएन युएईले यस विषयमा अन्तर्किया कार्यक्रम राखेको थियो। अलपत्र परेका नेपालीको उद्धारमा एनअारएन लगायतका संघसंस्थाले काम गर्दै अाएका छन्। युएईमा अलपत्र पर्नेहरु बढ्न थालेपछि उद्धार गर्ने संघसंस्थाहरुलाई समेत अप्ठ्यारो पर्न थालेको छ।

 

 

 

 

प्रकाशित: ३ मंसिर २०७३ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App