coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकाका ३२ स्वास्थ्य संस्थामा अनुगमन

काठमाडौं- स्वास्थ्य मन्त्रालयका दुई ओटा टोलीले काठमाडौं उपत्यकामा शुक्रबार ३२ नीजि स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेका छन्। 

अनुगमन गरिएका मध्ये काठमाडौंका पाँच र ललितपुरका दुई गरी सात स्वास्थय संस्थामा तालाबन्दी गरिएको अनुगमन टोलीहरुले जनाएका छन्। काठमाडौंमा २० र ललितपुरमा १२ स्वास्थ संस्था अनुगमन गरिएको थियो।

काठमाडौंको कालीमाटी देखि कलंकी सम्मको बाटोको छेउमा रहेका क्लिनीकहरु मध्ये शुभारम्भ डेण्टल क्लिनीक, हक मेडिकल हल, स्पार्क पोली क्लिनीक, कालीमाटी डेण्टल क्लिनीक, सिटी भ्याली डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको छ । 

क्लिनीक संचालनका लागि आधारभुत मापदण्ड समेत पुरा नगरी संचालन गरिएको पाइएकाले बन्दी गराइएको र वाँकी प्रक्रियाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको अनुगमन टोलीका संयोजक तथा व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीले जानकारी दिए। 

उनले राजभण्डारी डेण्टल क्लिनीक अनुगमन टोली आएको थाहा पाएपछि भागेकोले अर्कोदिन कारवाही गरिने बताए।  

त्यस्तै अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ग्वार्कोमा रहेको कंकाली मेडिकल हल र निरञ्जन डेण्टल क्लिनीक एण्ड ल्यावलाई बन्द गरिदिएको छ। 

टोलीले ग्लोवल हस्पीटल एण्ड एजुकेशन फाउण्डेसनले गत साउन देखि नविकरण नगरेकाले नविकरणका लागि अल्टीमेटम दिइएको उपसचिव खतिवडाले जानकारी दिए।

शुक्रबार सहित पाँच दिनमा काठमाडौ र ललितपुरका ३७ ओटा क्लिनीकहरुमा स्वास्थ्य मन्त्रालयका दुई टोलीले तालाबन्दी गरिएका छन् । 

स्वास्थ्य मन्त्री गगनकुमार थापाको विषेश चासोमा अनुगमनमा खटिएको टोलीहरुको अनुगमन जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयलाई संवन्धीत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार  काठमाडौमा ४१५ ओटा, ललितपुरमा १७१ ओटा र भक्तपुरमा २१ ओटा अस्पताल, क्लिनीक र पोलिक्लिनीक दर्ता भएका छन् । 

बिहीबार देखि बाँके, मोरङ्ग लगायतका जिल्लाहरुमा पनि अनुगमन सुरु भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले अहिले जारी अनुगमन दुई हप्ता सम्म संचालन गर्ने, उजुरी तथा गुनासोका आधार छड्के जाँच गर्ने, स्थानीय स्तरमा स्वमसेवक परिचालन गर्ने तयारी पनि गरिरहेको छ । कुनै नीजि स्वास्थ्य संस्था स्विकृति र नविकरण नगरी मापदण्ड पुरा नभई सञ्चालन भएको थाहा पाएमा मन्त्रालयको चिकित्सा महाशाखामा उजुरी दिएर सहयोग गर्न मन्त्रालयले सवैलाई आह्वान गरेको छ। 

 

प्रकाशित: ३ मंसिर २०७३ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App