६ वैशाख २०८१ बिहीबार
समाज

हेटौंडामा कार दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा- काठमाडौंबाट हेटौँडातर्फ आइरहेको बा३च ९२८९ नं को कार भीमफेदी-कुलेखानी सडकखण्डको चुरीखेतमा आज बिहान दुर्घटना हुँदा उक्त कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। उनीहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक वासुदेव थापाले बताए। दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य तीन जनालाई उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ। 

तीव्र गतिका कारण कार दुर्घटनामा परेको बताइएको छ। कार सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित: ४ मंसिर २०७३ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App