८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जिका भाइसको आपतकालिन अवस्था सकियाेः डब्लुएचओ

न्युयाेर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जिका भाइसरको संक्रमणको आपतकालिन अवस्था अन्तराष्ट्रिय स्तरमै कम हुँदै गएकोे घोषणा गरेको छ।

विषेश गरी गर्भमा रहेका शिशुलाई बढी प्रभावित पार्ने जिका भाइरसको संक्रमण विश्वका  ३० भन्दा बढी राष्ट्रमा फैलिएको बताइएको छ।

सन् १९४७ पहिलो पल्ट युगान्डाको एक बाँदरमा जिका भाइरस देखिएको थियो। मानिसमा भने जिकाको संक्रमण पहिलो पल्ट सन् १९५४ मा एक नाइजेरियाली नागरिकमा देखिएको थियो। सन् २०१५ मेबाट अफ्रिकी मलुकमा महामारीको रुपमा देखापरेको जिका भाइरस दक्षिणपूर्वी एसिया तथा दक्षिण अमेरिकी राष्ट्रहरुमा महामारीको रुपमा रहेको छ।

यस रोगबाट सबैभन्दा बढी मानिस ब्राजिलमा प्रभावित भएको डब्लुएचओको प्रतिवेदनले देखाएको छ । सो प्रतिवेदन अनुसार हालसम्म त्यहाँ २ हजार भन्दाबढी बालबालिकामा जिका भाइसरको संक्रमण देखापरिसकेको छ।

जिका भाइसरको संक्रमण विश्वभर महामारिका रुपमा फैलिएपछि डब्लुएचओले नौ महिनाअघि विश्व स्वास्थ्यमा आपतकालिन अवस्थाको घोषणा गरेको थियो।

तर डब्लुएचओले जिका भाइरसको संक्रमण भने पुरेै नहटेकाले सावधानी भने अपनाउन अपिल गरेको छ।

प्रकाशित: ४ मंसिर २०७३ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App