७ वैशाख २०८१ शुक्रबार
समाज

बुढीगण्डकी आयोजनाले डुबाउने गोरखाका ठूला फाँटहरु (फोटो फिचर)

घाटबेसी फाँट।

गोरखा- राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारणको अन्तिम काम भईरहेको छ। यतिबेला जिल्ला मुआब्जा निर्धारण समितिले आयोजनाबाट डुब्ने जग्गाको मुआब्जा तोक्न बर्गिकरणका लागि स्थलगत अध्ययन गरिरहेको छ। आयोजनामा कस्ता जमिन डुब्छन् ? खेतहरुको प्रकृती कस्तो छ ? घर, सडकको अवस्था के छ ? भन्ने बारेमा प्रमुख जिल्ला अधिकारी सहित नापी, मालपोत कार्यालयका प्रमुख सहित बुढीगण्डकी आयोजनाका प्राविधिक फिल्डमै पुगेर अध्ययन थालिरहेका छन्।

वर्षौ पहिले नापी भएको जग्गा तिरो कम तिर्न स्थानीयले थोरै मूल्याङन गराएको, खेतलाई पनि पाखोमा दर्जाकायम गराइएको, मूख्य सडक गएका बस्ती भन्दा फरक ठाउँबाट सडक लगिएको, सडक छेउमा भएका पाखा पाखेरोको मूल्य र खेतको मूल्यको तुलना नमिलेको जस्ता समस्या समाधान गर्न स्थलगत अध्ययन गरिएको प्रजिअ नारायण भट्टले बताए। खेतखेतमै पुगेर नापजाँच गर्दै आयोजनाबाट डुब्ने ठूला फाँटहरुको अध्ययन अहिले भईरहेको छ। दुई चरणमा अध्ययन सकेर तत्कालै मुआब्जा निर्धारण गरी अधिकरणको सुचना प्रकाशित गर्ने उनले बताए। पहिले चरणमा आरुघाट, आर्खेत बजार बाहेक गोरखाका अन्य १२ गाविसको जग्गाको मुआब्जा निर्धारण थाल्ने तयारी समितिको छ। आयोजनाबाट गोरखामा बारैमास खेती लाग्ने सिंचाईको सुविधा भएका यस्ता ठुला फाँटहरु तालमा बदलिनेछ।

हेर्नुहोस् यस्ता खेतियोग्य फाँट डुबाउँछ बुढीगण्डकी आयोजनाले:  

 

घाटबेसी फाँट।
घाटबेसी फाँट।
घाटबेसी फाँट।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App