coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कृषिमन्त्रीको गमलामा धान रोपाइँ

काठमाडौं— कृषिमन्त्री हरिबोल गजुरेलले धान दिवस अवसरमा बुधबार गमलामा धानकाे विरूवा रोपेका छन्। खुमलटार, ललितपुरस्थित नेपाल कृषि अनुसन्धान परिषदमा आयोजना गरिएको एक कार्यक्रममा उनले गलैँचा माथि राखिएकाे गमलामा धानको बिरुवा रोपेका हुन्।

मन्त्री गजुरेलको गमला धान रोपाइँको तयारी त्यहीँका कर्मचारीले मिलाएका थिए। उनीहरुले धानको बिरुवा दिएर मन्त्री गजुरेललाई रोप्न सघाए। त्यसअघि मन्त्री गजुरेलले करूवाबाट पानी हालेर गमलाकाे माटाे हिलाे पारेका थिए। धान दिवस अवसरमा आयोजना गरिएको राष्ट्रपति उत्कृष्ट कृषक २०७३ पुरस्कार वितरण समारोहकाे सुरूवात मन्त्री गजुरेलले धान रोपेर गरेका हुन्।

गत वर्ष असार १५ मा मुलपानी भएको धान रोपाइँ प्रकरणका कारण तत्कालीन कृषिमन्त्री हरि पराजुलीले राजीनामा दिनु परेको थियो। वर्तमान कृषिमन्त्रीले गमलामा धान रोपेको विषयलाई कतिपयले सो घटनासँग जोडेर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

 

प्रकाशित: १५ असार २०७३ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App