६ वैशाख २०८१ बिहीबार
राजनीति

घरआँगनमै सिंहदरबार पु-याउने अभ्यास

(सुन्द्रावती) दोलखा - कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीकी गोमा थामीलाई पिछडिएका महिलालाई लक्षित ढाकाबुनाइ तालिम सञ्चालनका लागि स्थानीय सरकारबाट २ लाख ५० हजार रुपैयाँको बजेट प-यो। तर आवश्यक कागजात जुटाएर योजना सम्झौता गर्न कसरी गाउँ कार्यपालिकाको कार्यालय पुग्ने होला भन्ने विषयले उनी पिरोलिइरहेकी थिइन्।

झन्डै १३ किलोमिटर परको गाउँपालिका कार्यालय पुग्न कठिनाइ त छँदै थियो, त्यसमाथि फोटोकपी गरेर कागजात मिलाउनसम्मको झन्झट पनि उस्तै थियो। सिफारिसको एउटा मात्र कागजात पनि तलमाथि भए फेरि अर्को सिफारिसका लागि वडा कार्यालयमै फर्कनुपर्ने हो कि भन्ने तनाव पनि सँगै थियो। तर आइतबार गोमा दंग परिन्। यसअघि पनि उपभोक्ता समितिमा बसेर योजनाका काम गर्दा यस्ता थुप्रैखाले झन्झटिलो प्रक्रिया बेहोरेकी गोमाले १० मिनेटमै योजना सम्झौता गराउन भ्याइन्, त्यो पनि गाउँपालिकाको कार्यालयमा नभई आफ्नै घरछेउमा।

संघीयताअनुसार गाउँ र टोलमै सिंहदरबार आएको अनुभूति नागरिकलाई दिलाउन र स्थानीय सरकारको सेवा छरितो रूपले प्रदान गर्ने अवधारणाअनुरूप गाउँपालिकाले विकास शिविर थालेको अध्यक्ष विनकुमार थामीले जानकारी दिए ।

गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरूलाई छिटोछरितो र समयमै सम्पन्न गर्न भन्दै आइतबारदेखि वडास्तरमै पुगेर सञ्चालन गरेको विकास शिविरमा ढाकाबुनाइ तालिमको उपभोक्ता समितिकी अध्यक्ष गोमाले २ लाख ५० हजार रुपैयाँबराबरको योजना सम्झौता गरिन्। शिविरमै रहेको शाखाका कर्मचारीले कागजात अगाडि बढाएपछि पल्लो कुर्सीमा बसेका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरेले उनलाई पुस २९ गतेभित्र सबै काम सम्पन्न गर्ने सर्तमा सम्झौताको कागजात थमाए। ‘१० मिनेटमा सम्झौता ग-यौं, अब काम सुरु गर्छु,’ गोमाले भनिन्, ‘भोलि नै सबै महिला भेला गराएर तोकिएको मितिभन्दा अगाडि नै तालिम सक्छौं।’

सुन्द्रावतीमा यो वर्ष ४५ वटा योजनामा ७८ लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएको छ। ती योजना पूर्वाधारदेखि कृषि, पशुपालन, बिजुलीसम्मका योजना छन्। तीमध्ये अधिकांशको आइतबार नै सम्झौता सम्पन्न भएको गाउँपालिका कार्यालयका इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए। आइतबारको शिविरमा गाउँपालिकाले भौतिक पूर्वाधार, कृषि, पशुसेवासहितका आयोजना र कार्यक्रम सञ्चालन गरेको थियो भने पालिकाका कर्मचारीहरूले कृषि सेवा, सामाजिक सुरक्षा सेवासम्बन्धी परामर्शका साथै स्वास्थ्य परीक्षण र प्राथमिक उपचार गराएका थिए। त्यसका लागि प्रशासकीय प्रमुख घिमिरेसहित गाउँपालिकाका सबै शाखा प्रमुखसहितका कर्मचारी शिविरमा पुगेका थिए।

संघीयताअनुसार गाउँ र टोलमै सिंहदरबार आएको अनुभूति नागरिकलाई दिलाउन र स्थानीय सरकारको सेवा छरितो रूपले प्रदान गर्ने अवधारणाअनुरूप गाउँपालिकाले विकास शिविर थालेको अध्यक्ष विनकुमार थामीले जानकारी दिए। थामीका अनुसार सुरुमा वडा ९ बाट थालिएको विकास शिविर नौवटै वडामा सम्पन्न गरिनेछ। ‘हाम्रो गाउँपालिकाको सबैभन्दा टाढा रहेको वडा १ को एउटा बस्तीबाट गाउँपालिका केन्द्र आइपुग्न ५० किलोमिटरसम्म यात्रा गर्नुपर्छ,’ उनले भने, ‘एउटा सानो सम्झौता गर्न वा जेसुकै काम गर्न पनि गाउँपालिका कार्यालयसम्ममै धाउनुनपरोस् भनेर गाउँपालिकाले दिने सुविधासमेत वडास्तरसम्मै पु-याउने कोसिस गरेका हौं।’

गाउँपालिकाले अभियानमार्फत सबै योजना फागुन २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिएको उपाध्यक्ष कालिका पाठकले बताइन्। ‘अब असारे विकास बन्द हुनुपर्छ भनेर भदौ २९ गतेबाट सम्झौता गरिएका योजना फागुन २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित यो अभियान सुरु गरेका हौं,’ उनले भनिन्, ‘गाउँपालिकाको सिंगो कार्यालय नै वडामा पुगेर सम्झौता गराएर कामको तालिका र सेवाहरू दिएपछि तोकिएकै मितिमा सम्पन्न हुन्छ भन्नेमा ढुक्क छौं।’

आइतबारको शिविर उद्घाटन गर्दै दोलखा–२ का प्रदेश सांसद पशुपति चौलागार्इंले मुलुक अझै संघीयताको अभ्यासमै रहेकाले सिंहदरबारको अधिकार घरआँगनमै पु-याउन सबै सरकार पूर्ण सक्षम भइनसकेको बताए। ‘हामी अझै सिकाइकै चरणमा छौं,’ उनले भने, ‘यसरी नै सिक्दै, जान्दै र बुझ्दै अप्ठ्याराहरू पन्छाएर अधिकारलाई तलसम्मै पु¥याऔं।’ पहिले जस्तो सबै काम गर्न केन्द्र सरकारको भर मात्र पर्नुनपरेको चौलागाइँले बताए। ‘पहिले एउटा शिक्षकको दरबन्दी माग्न केन्द्र सरकारको मन्त्रीको ढोकामा पुग्नुपथ्र्यो, गाउँमा राम्रो कुलो खन्न पनि सिंहदरबार नै पुग्नुपथ्र्यो,’ उनले भने, ‘ती कुराहरूको अन्त्य भएको छ, अब यहीँ सिक्दै जाने र राम्रो थिति बसाल्ने दायित्व हामी सबैको हो।’

प्रकाशित: ३० भाद्र २०७६ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App