७ वैशाख २०८१ शुक्रबार
समाज

बलत्कारीलाई ३ वर्ष जेल सजाय

सर्लाही–सर्लाहीको संग्रामपुरमा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ३१ वर्षीय चन्द्रविन्दनरायण रजकलाई सर्लाही जिल्ला अदालतले ३ वर्ष कैद सजाय सहितको फैसाल गरेको छ।

गत बैशाख १२ गते मध्य राती घर पछाडीबाट गएर ३० वर्षीया संग्रमापुर क (परिवर्तित नाम)लाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रजकलाई बुधबार सर्लाही जिल्ला अदालतको १ नं. बेञ्चले कैद सजाय सुनाएको हो।

यता सर्लाहीको हरिवनमा १२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका ६२ वर्षीय मोहम्द सिफारिसलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जेठ १९ गते १२ वर्षीया हरिवन २(परिवर्तित नाम)लाई बलात्कार गरेको आरोपमा सिफारिसलाई जिल्ला अदालतले अषाढ १० गते पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रकाशित: १५ असार २०७३ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App