८ वैशाख २०८१ शनिबार
समाज

विश्वका नाजुक मुलुकको सूचिमा नेपाल ३३ औं स्थानमा

काठमाडौं– एक अमेरिकी संस्थाले जारी गरेको कमजोर (नाजुक) अवस्था देशको सूचीमा नेपाल ३३ औं स्थानमा उक्लेको छ। पिस फन्डले विभिन्न आर्थिक, सामाजिक र राजनीतिक शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा  थियो ।

सो संस्थाले १२ वटा सूचकांकमा १ सय २० अंकमा नेपालले ९२.२ अंक प्राप्त गरेको छ। सूचकांकमा जनसंख्याको चाप, शरणार्थी तथा अन्तरिक विस्थापित, आर्थिक तथा गरिबीको अवस्था, सभ्रान्तको हालीमुहाली, राज्यको बैधानिकता, सार्वजनिक सेवा, सुरक्षाको अवस्था, मानवअधिकार, असमान विकास, बाह्य शक्तिको दबाब जस्ता विषयहरु रहेका छन्। यो सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्मको विभिन्न गतिविधिको आधारमा सूची तयार पारिएको पिस फन्डले जनाएको छ।

दक्षिण एशियामा अफिगानिस्तान सबैभन्दा शीर्ष स्थानमा नवौं स्थानमा रहेको छ भने पाकिस्तान १४ औं, बंगलादेश ३६औं, श्रीलंकामा ४३ औं, भारत ७० औं, भुटान ७८ औं स्थानमा रहेका र दक्षिण एशियामा सबैभन्दा पुछारमा  माल्दिभ्स ९१ औं रहेको छ ।

१ सय ७८ वटा देशको अवस्थाअनुसार एघार वटा वर्गमा राखिएको छ । सूचीको शीर्ष स्थानमा युद्धग्रस्त अफ्रिकी मुलुक सोमालिया रहेको छ । सोमालियासँगै ८ वटा देश रहेका छन् ।

सबैभन्दा पुछारमा रहेको फिनल्यान्डलाई अति नै दिगो देश भनिएको छ । सो सूचीमा फिनल्यान्ड एक मात्रै देश हो । नर्वे १७७ औं, न्युजिल्यान्ड १७६ औं, डेनमार्क १७५ औं र स्वीजरल्यान्ड १७४ औं स्थानमा रहेको छ ।

प्रकाशित: १५ असार २०७३ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App