coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफद्वारा उपाधि रक्षा

काठमाडौं- सरस्वती चौधरी र उषा विष्टले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफ क्लबले लगातार दोस्रोपल्ट यति फ्लोरिङ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।

एपिएफले बुधबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपाल पुलिस क्लबलाई २५–१६, २५–२०, २५–११ को सेटमा हरायो। गतवर्ष पहिलो संस्करण जित्दा एपिएफले न्यु डायमन्ड एकेडेमीलाई पनि सोझो सेटमा हराएको थियो।

सर्वोत्कृष्ट खेलाडी हुँदै १५ हजार पाएकी सरस्वतीले फाइनलमा स्पाइकबाट १० स्कोर गर्दै टोलीलाई जिताउन महŒवपूर्ण योगदान गरिन्। बुद्ध एयरको माउन्टेन फ्लाइड टिकटसमेत जितेकी सरस्वतीले ब्लकबाट १ र सर्भिसबाट पनि ४ अंक लिँदै पुलिसको रक्षापंक्तिकमजोर बनाउने प्रयास गरिन्। सरस्वती राष्ट्रिय टोलीकी मुख्य स्पाइकर हुन्।

सरस्वती साउनमा एक महिना वैदेशिक प्रशिक्षणका लागि जापानको तुसुकुवा युनिसी प्रशिक्षण केन्द्रमाजाँदैछिन्। 'फाइनल जिते पनि हामीले आफ्नो स्वाभाविक खेल देखाउन सकेनौं। पुलिसले सुरुआत राम्रो गरेको थियो। त्यसलाई उनीहरूले निरन्तरता दिएनन्,' सरस्वतीले भनिन्, 'हाम्रो टोलीमा सबै उत्कृष्ट खेलाडी छन्। रिसिभ राम्रो हुन सकेको थिएन। त्यसले हाम्रो स्पाइकलाई असर गर्‍यो।'

राष्ट्रिय टोलीबाट क्विक स्पाइकरखेल्ने उनले घरेलु प्रतियोगितामा एपिएफबाट ओपन स्पाइकरमा खेलिरहेकी छन्। बुधबार सरस्वतीलाई उषाले स्पाइकमा सहयोग गरिन्। स्पाइकर एवं ब्लकर उषाले स्पाइक र ब्लकबाट समान ६ जोडेपछि एपिएफले खेलमा पकड राख्न सफल भयो। प्रतियोगितामा उत्कृष्ट ब्लकरबाट पुरस्कृत उषाले सर्भिसबाट पनि ३ अंक लिएकी थिइन्।

एपिएफ घरेलु भलिबलमा नम्बर एक टोली भएपनि नयाँ वर्षको सुरुआतमा नेपालगन्जबाट उपाधिविहीन भएर फर्किएको थियो।

वैशाखमा नेपालगन्जमा सम्पन्नप्रधानमन्त्री इन्डो–नेपाल महिला भलिबलमा एपिएफ टोलीभारतको रेलवेसँग फाइनल पराजित भएको थियो।

तीन दिनअघि सुरु प्रतियोगितामा एपिएफले गत वर्षको साबिक उपविजेता न्यु डायमन्ड एकेडेमीलाई सेमिफाइनलमा सोझो सेटमा हराउँदै फाइनलयात्रा तय गरेको हो।

विजेता एपिएफले १ लाख र उपविजेता पुलिसले ६० हजार रुपैयाँ पुरस्कार पाए।

तेस्रो भएको न्यु डायमन्डले ४० हजार थाप्यो। तेस्रो स्थानका लागि डायमन्डले पश्चिमाञ्चललाई २५–१४, २५–१९, २३–२५,२५–१७ ले हरायो।डायमन्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, एपिएफकी नेबिका चौधरी उत्कृष्ट सर्भर, पुलिसकी कमला पुन उत्कृष्ट रक्षक, एपिएफकी बिनिता बुढाथोकी उत्कृष्ट सेटर र एपिएफका सुदेशकुमार रिमालउत्कृष्ट प्रशिक्षक हुँदै ट्रफी जित्न सफल भए।

फाइनलको सुरुआती सेटको मध्यतिर पुग्दा पुलिसले एपिएफलाई चुनौती दिएको थियो। ११–११ को बराबरी गर्दै पुलिसले खेलमा पकड राख्ने प्रयास गर्‍यो। डिफेन्स र स्पाइक कमजोर भएपछि पुलिसले त्यो लयजोगाउन सकेन। दोस्रो सेटमा पनि पुलिसले १८–१९ को स्थितिमा लिँदै एपिएफलाई अप्ठ्यारो पारेको थियो। तर १९–२३ ले पछि परिरहँदापुलिसकी स्पाइकर पार्वती अर्याल ब्लक गरेर ल्यान्डिङ गर्ने क्रममा घाइतेपछि पुलिस कमजोर भयो। घाइते हुनुअघि पार्वतीले स्पाइकबाट ८ अंक जोडेकी थिइन्। पुलिसकी मुख्य स्पाइकर कोपिला उप्रेतीले ८ स्कोर बटुलिन्।

पार्वतीको बायाँ घुँडाको लिगामेन्ट च्यातिएको पुलिस प्रशिक्षक रुपेश विष्टले बताए। स्पाइक कमजोर हुँदा खेल हार्नुपरेको उनको तर्क थियो। 'एपिएफको सबै पोजिसन बलियो छ। उनीहरूलाई हराउन सबै पोजिसनबाट राम्रो खेल्नुपर्छ,' प्रशिक्षक विष्टले भने, 'पार्वती घाइते भएपछि हामी झन् कमजोर भयौं। सबैलाई थाहा छ हाम्रो बेन्च बलियो छैन। एपिएफलाई हराउन हरेक पोजिसनबाट राम्रो खेल्नुपर्छ।' अन्तिम सेटमा सरस्वती, नेबिका, उषा र रेश्मा भण्डारीले स्पाइकमा पकड राखेपछि एपिएफले सहजै खेल जित्यो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा प्रतियोगिता एपिएफ, डायमन्ड, पुलिस, त्रिभुवन आर्मी, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले भाग लिएका थिए।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, निवर्तमान अध्यक्ष दानबहादुर तामाङ, मुख्य प्रायोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अनिलकुमार केडिया,सह–प्रयोजक आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतले पुरस्कृत गरे।

प्रकाशित: १६ असार २०७३ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App