७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

राष्ट्रपतिले नै नांगै हुन भनेपछि...

बेलारुस–बेलारुसका सामाजिक सञ्जाल अहिले नांगा फोटाले रंगिएका छन् । बेलारुसका राष्ट्रपतिले नै हप्ता दिन अघि त्यहाँका जनतालाई नांगै भएर काम गर्न आग्रह गरेपछि त्यहाँका जनताले राष्ट्रपतिको आदेश शिरोपर गर्दै यस्ता फोटाले सामाजिक सञ्जाल रंगाउन लागेका हुन् ।  तर राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले यस्तो कुरा जानीजानी भनेका भने होइनन् ।

गत जुन २३मा भएको सूचना तथा प्रविधी सम्बन्धी कार्यक्रममा राष्ट्रपति अलेक्जेन्डरले भाषण गर्ने क्रममा ‘छोटकरीमा भन्दा हामीले अनड्रेस भएर काम गर्नुपर्छ ’ भनेर भाषण गरेका थिए । तर उनले हामीले विकासका लागि काम गर्नुपर्छ भन्न चाहेका थिए ।  तर बेलारुसियन भाषामा ‘अनड्रेस’ र ‘डेभलप’को उच्चारण उस्तै हुने भएका कारण ‘डेभलप’ भन्न खोज्दा ‘अनड्रेस’ भन्न पुगेका थिए । भोलिपल्टदेखिनै राष्ट्रपतिको सल्लाहलाई त्यहाँका जनताले गम्भीरतापूर्वक लिए र ‘गेटनेकेडएन्डवर्क’ ह्यास ट्याग हान्दै फोटो पोस्ट गर्न थाले ।

रेष्टुरेन्ट, बजार, सपिंग मल, सेयरबजार जस्ता ठाउँमा पनि केटा तथा केटी दुवैले लुगा उतारेका फोटा राखेका छन् । हप्तादिनमै ह्यास ट्यागले बेलारुसको सिमा पार गरिसकेको छ । रुस, युक्रेन तथा अन्य बाल्टिक देशका नागरिकले पनि बेलारुसको नक्कल गरेर फोटो राख्न थालेका छन् ।
तर कुरा फोटोमा मात्र सिमित छैन । एकादिनमै केही जाँगरिलाले राष्ट्रपतिको सन्देशको धज्जी उडाउँदै गीत समेत रेकर्ड गराइसकेको छन् ।
रुसको सिमानाले चारैतिरबाट घेरेको बेलारुस नेपालजस्तै भूपरिवेष्ठित देश हो । बेलारुसियन त्यहाँको राष्ट्र भाषा भएपनि त्यहाँ ७२ प्रतिशत मानिस रुसी भाषा बोल्छन् ।

 

प्रकाशित: १६ असार २०७३ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App