४ वैशाख २०८१ मंगलबार
अन्य

'समाजको मुहार फेर्ने सपना छ'

महोत्तरी- धनुषाको भुचक्रपुर गाविसकी सुस्मीता ठाकुरको दैनिकी पहिले साँधुरो घेरामा सिमित थियो। विहान वेलुका घरको काम, दिउसो स्कुल तर पछिल्लो समय उनको दैनिकी वदलिएको छ। घर र विद्यालयको घेरा भन्दा फराकिलो वनेको छ उनको दिन र दैनिकी। पहिले त्यति चासो नलाग्ने सामाजिक,साँस्कृतिक कुरा अनि आफनो समुदायमा हुने गरेको रुढीवादी परम्परा वारे थप कुरा वुझन उनी वढता चासो दिन थालेकी छन अचेल। रेडियो टेलिभिजन तथा पत्रपत्रिकामा आउने वालअधिकार हननका कुरा होउन वा तराइ क्षेत्रमा रहेका संस्कृतिको नाममा व्याप्त रहेका विकृति प्रति उनी ध्यान दिएर हेर्छिन पढछिन र सुन्छिन।

यतिमात्र होइन गाविस मा आउने वजेट कुन शिर्षकमा कति छ र त्यो पैसो कहाँ कसरी खर्च गरिदै छ भन्ने कुरामा समेत उनी चासो राख्छिन। चित्त नवुझेको कुरा भन्न कसैसँग दकस लाग्दैन अचेल। पहिले घरबाहिर निस्कन पनि नदिने अभिभावकहरु आजभोली भने निर्धक्कसँग छोराछोरीलाई विद्यालयका अतिरिक्त सामाजीक काममा पनि सामेल गराउन थालेका छन्।

सुस्मीता ठाकुरको बसोवास रहेको भुचक्रपुर गाविसमा पहिला छोरिलाइ पढाउन नचाहाने अविभावक उनको गाँउमा पनि प्रसस्तै थिए। छोरिहरुको सानै उमेरमा विवाह गरिदिने परम्परा धनुषा मात्र होइन तराइका अधिकाँश जिल्लामा व्याप्त छ। अझ शहर तथा सदरमुकाम भन्दा भिवी वस्तिमा यस्ता सामाजिक विकृतिहरु निकै ब्याप्त छन। समाजमा प्रचलनकै रुपमा रहेका यस्ता गलत परम्परा हटाउनुपर्छ  भन्ने मानसिकता सुस्मितामा वलियो हुन थालेको छ। कहिले काँहि उनी आफैले आफैलाइ तुलना गर्छिन उनी भन्छिन् ‘पहिले र अहिलेमा, अनि फरक पाउछिन,एउटा साँघुरो घेरामा रहनु र सामाजिक कृयाकलाप र गतिविधिमा संलग्न हुनुले कत्तिको परिवर्तन पार्ने रहेछ भन्ने कुरामा।' उनले तराईमा विद्यमान बालविवाह, दाइजो लगायतका कुप्रथाको अन्त्य गरि समाजको मुहार फेर्ने आफ्नो सपना रहेको बताउँछिन्।

बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार गठन भएको बालक्लवमा सुस्मीता सहित २१ जना पदाधिकारीहरु छन्।  वालक्लवमा सहभागी वालवालिकाहरु सुस्मिता ठाकुर जस्तै चनाखो वन्न थालेका छन। क्लवका सवै सदस्य वालअधिकार प्रति सचेत र चनाखो छन। 'पहिले बालबालिकाको अधिकार हुन्छ, बालवालिकालाई पनि बजेट आउँछन् भन्ने समेत थाहै थिएन,' उनी भन्छिन् ‘आजकल बालावालिकाको लागि पनि बजेट आउँछ भन्ने भएपछि बजेट तर्जुमा गर्ने काममा पनि सहभागी हुन्छौं, बालक्लवको बैठक बसेर त्यो बजेट कहाँ  कहाँ आवश्यक छ भनेर योजना बनाउने र सोही अनुसार खर्च गर्ने काम हुन्छ।'

यतिमात्रै होइन् उनीहरुको बालक्लवले तराईमा समस्याका रुपमा रहेका बालविवाह, दाइजो, बालश्रमको उन्मुलनका लागि पनि विगुल फुकिरहेको हुन्छ। केही समय अघि मात्रै गाविसभित्रै हुन लागेको बालविवाह रोक्न सफल भएको अनुभव उनले सुनाइन्। 'बालविवाहका भैरहको जानकारी पाएपछि हामीले त्यो नगर्न अभिभावकहरुलाई आग्रह गरेका थियौं,' उनले भनिन् 'हामीले त्यसो भन्दा केटाकेटी किन जान्ने पल्टेको भने, पछि हाम्रा अभिभावक मार्फत उनीहरुलाई बुझाउन पायौं, त्यो विवाह भएन। ' वालअधिकार र सामाजीक परिवर्तनका लागि आफुहरु निरन्तर लडिरहने भएपनि आफ्नो कुरा सुनुवाई नभएको वेला सामाजिक परिचालक, शिक्षक शिक्षिका र अधिकारकर्मीको सहयोगमा कुरा सम्वन्धीत ठाउँमा लैजाने उनले बताइन्।

वालमैत्री स्थानीय शासन कार्यक्रम लागु भएपछि वालवालिकाको चेेतना र सामाजीक विकासको स्थिती निकै राम्रो भएको सुस्मीता बताउँछिन्। उनीमात्रै होइन् भुचक्रपुरका अन्य वालवालिकाहरु पनि बालअधिकार र सामाजीक विकासका लागि समेत क्रियाशिल रहेका छन्। समाजमा रहेका कुसंस्कारलाई हटाएउँदै भविष्यमा समुन्नत समाज निर्माण गर्ने सपना आफुहरुले बोकेको उनको भनाई छ। 'पहिले पहिले आफुभन्दा ठुलावडासँग कुरा राख्दा के सोच्ने हुन्, भन्ने लाग्थ्यो,' उनले भनिन् ‘अहिले आफै कुरा राख्छौं कतैबाट सुनुवाई भएन भने साथीहरु सामुहिक रुपमा जुटेर प्रहरी, बालकल्याण समिति आदीसम्म पनि गुहाछर्ौं।' उनका अनुसार बाल क्लवको सक्रियता बढेपछि स्थानीय राजनीतिक दल, गाविस, लगायत जिम्मेवार निकायहरुले पनि बालवालिकाको सवाललाई प्राथमिकता दिन थालेका छन्।

क्लवकै प्रतिनिधित्व गरेर गाविसका विभिन्न कार्यक्रममा सहभागी हुदा धेरै कुरा वुझन सजिलो भएको छ। उनी भन्छिन मैले यस्ता वैठक तथा गोष्ठिहरुमा सिके जानेका कुरालाइ क्वलका साथीहरु सँग वाँडने गरेको उनले सुनाइन ्। नियमित रुपमा वस्ने वैठक सँगै क्लवकै आयोजनामा क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु पनि गर्ने गर्दछौ,शुस्मिता भन्छिन यस्ता अतिरिक्त कार्यक्रमहरुले वालवालिकामा रहेको क्षमता अभिवृद्धि गर्न सघाउ पुगेको छ। महिनाको अन्तिम सनिवार आयोजना गरिने क्लवको वैठकमा सवै सदस्य सक्रियताका साथ सामेल हुन्छन र क्लवका गतिविधी वारे उनीहरु खुलेर छलफल गर्छन।

भुचक्तपुरकी सामाजीक परिचालक मन्जुकुमारी महतोले वडावडामा गठित बालक्लवमा सुस्मीता जस्ता वालनेतृत्वका कारण विभिन्न वेतिथीहरु हटाउन सहज भएको बताउँछिन् ‘बाहिरका मान्छे सरसफाइ, दाइजो, वालविवाह आदिका बारेमा सम्झाउँदा त्यो दिनका लागि मात्रै हो, धेरैले त हाम्रो घरको मामिला तिमिहरुलाई के को चासो हो पनि भन्छन्,' उनी भन्छिन् 'बालक्लवहरु गठन भएपछि बालवालिका आफै सचेत भए, उनीहरु दिनहुँ परिवारसँगै रहने भएकाले विस्तारै परिवार परिवारमा सकारात्मक परिवर्तन देखिन थालेको छ।'

प्रकाशित: २९ कार्तिक २०७३ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App