१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अर्जेन्टिनी फुटबल झन् समस्याग्रस्त

बियोनस आरिस– विश्व फुटबल स्टार लियोनल मेसीले सन्यास घोषणा गरेसँगै समस्यातर्फ धकेलिएको अर्जेन्टिनाको फुटबल समस्या अझ गहिरिँदै गएको छ। अर्जेन्टिनी फुटबल एशोसिएशन (एएफए) अध्यक्ष लुइस सेगुराले अध्यक्ष पदबाट राजिनामा दिएपछि अवस्था झन् नाजुक बनेको हो।

विश्वको सर्वोच्च फुटबल संस्था फिफाले सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गर्नसक्ने चर्चा चलिरहेका बेला सेगुराको राजिनामा आएको हो। मेसीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुट आउटमा पराजित भएपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।
सर्जियो अग्वेरो, जाभिएर मास्करानो, लुकास बेजिला, लाभेजी, एन्जोले डि मारीया तथा ह्ग्विनले पनि अन्तराष्ट्रिय खेल जीवन टुङग्याउने निर्णय सोचमा पुगेको बताइसकेका छन्।

खेलाडीमा देखिएको विचलनबाट समस्यमा परेको अर्जेन्टिनाको फुटबल एएफए अध्यक्ष सेगुराको राजिनामा पछि थप समस्यातर्फ धकेलिएको हो।

फिफाले अध्यक्ष सेगुरासँगै एएफएका अन्य पदाधीकारीलाई पदको दुरुपयोग तथा आर्थिक अनियमितता गरेको भन्दै छनविन गरिहेको छ। सरकारले अर्जेन्टाइन प्रिमियर लिग सञ्चालन गरेपछि फिफाले एएफएलाई पत्र पठाउँदै सरकारी हस्तक्ष्ोप जारी रहे अर्जेन्टाइन फुटबल एसोएिसनलाई निलम्बन गर्न सक्ने चेतावनी दिएको थियो।

कोपा अमेरिकाको फाइनल अघि मेसी स्वयम्ले पनि एएफए थप संटकमा पर्ने बताएका थिए। उनले आफूहरु एएफएको काम गर्नै शैली तथा व्यवस्थापनबाट सन्तुष्ट नभएको उल्लेख गरेका थिए।
फिफाले एएफएको अन्तरिम अध्यक्षमा डामियन डुपप्यिन्टको नाम सिफारिस गरेको छ तर एएफएले भने सो निर्णय अस्वीकार गर्दै आएको छ। सरकारी हस्तक्षेप जारी रहने तथा उसले पठाएका प्रतिनिधिलाई काम गर्न नदिएकोप्रति फिफा रुष्ट छ। यसले एएफएको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता पनि अनिश्चत बन्ने देखिएको छ।

प्रकाशित: १६ असार २०७३ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App