७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधन प्रस्ताव असफल पार्छौं : माअाेवादी नेता रायमाझी

बुटवल—माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी आएको संविधान संशोधन प्रस्तावलाई सदन र सडकबाट सशक्त प्रतिरोध गरेर असफल पार्ने बताएका छन्।

‘हामी पार्टी र  क्षणिक स्वार्थबाट माथि उठेर राष्ट्र र जनताका पक्षमा निर्णय गर्छौं, प्रदेश टुक्र्याउन हुन्न भन्ने जनताको आवाजमा हाम्रो साथ छ’, अर्घाखाँची क्षेत्र नम्बर २ का सांसदसमेत रहेका नेता रायमाझीले नागरिकन्युजसँग भने ।

सदन र सडकमा कसरी  प्रस्तुत हुने भन्नेबारे छलफल गर्न शुक्रबार पाँच नम्बर प्रदेशमा क्रियाशील सबै पार्टीका सांसद र नेताको बैठक राखिएको जानकारी पनि उनले दिए । उनका अनुसार सो बैठकले भावी आन्दोलनको स्वरुप निर्धारण गर्नेछ।

रायमाझीले संविधान संशोधन प्रस्ताव माओवादी केन्द्रको नभई सरकारको भएको बताए । उनले सरकारले दर्ता गराएको संशोध प्रस्ताव पार्टीको निर्णयअनुसार नभएको स्पष्ट पारे । ‘पार्टीमा जानकारी भएको हो, निर्णय भएको छैन। पार्टीको तल्लो पंक्ति सीमांकन हेरफेर गर्नुहुँदैन भन्नेमा एकमत छ’, उनले भने, ‘कसैको स्वार्थ नहेरौं, मुलुकको स्वार्थ हेरौं ।’

प्रकाशित: १६ मंसिर २०७३ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App