coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

समाजसेवामा पोर्नसाइट

एजेन्सी- पोर्नसाइट पनि समाजसेवामा संलग्न भएको समाचार अनौठो लाग्न सक्छ । यस्तै अनौठो घटना हालसालै भएको छ ।
एउटा पोर्नसाइटले समाजसेवामा निरन्तर सहयोग गर्ने जनाएको छ । वेबसाइट हेरेर भिजिटरले हस्तमैथुन गरेपिच्छे निश्चित रकम समाजसेवाका लागि छुट्याउने वेबसाइट व्यवस्थापनले जनाएको छ ।

‘आइजस्टकेम डट अर्ग’ वेबसाइटले यस्तो स्किम लिएर आएको हो । वेबसाइटमा रहेका हरेक भिडियोमा क्लिक भएपिच्छे एक पेनी उसले समाजसेवामा छुट्याउने भएको छ । ‘हाम्रोमा अपलोड हुने भिडियोहरू यति उत्तेजक हुन्छन् कि आदरणीय दर्शकहरू हस्तमैथुन नगरी रहनै सक्नुहुन्न । त्यही भएर प्रत्येक पटक भिडियोमा क्लिक हुँदा हामी कुनै दर्शकले हस्तमैथुन ग¥यो भन्ने मान्छौँ र एक पेनीका दरले समाजसेवामा पैसा छुट्याउँछौँ,’ वेबसाइट सन्देशलाई उद्धृत गर्दै ‘हफिङ्टन पोस्ट’ले जनाएको छ । वेबसाइटले छुट्याएको पैसा प्रोस्टेट, अण्डकोष, पाठेघर र मुटुको उपचारमा मानिसलाई सघाउने संघसंस्थाले पाउनेसमेत वेबसाइटले जनाएको छ ।

 

प्रकाशित: १६ असार २०७३ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App