८ वैशाख २०८१ शनिबार
समाज

भान्छा कोठाबाट सल्किएको आगोले घर जल्यो

खोटाङ–भान्छा कोठाबाट सल्किएको आगोले खोटाङको दिक्तेल नगरपालिका–६ सोल्माका धौलराज राईको घर जलेको छ ।

बुधबार दिउँसो केटाकेटीले खाजा पकाउनेक्रममा सल्किएको आगोले राईको जस्ताको छाना हालिएको तीन तले घर, अन्नपात, लत्ताकपडा जलेको छ । आगलागीमा राईको ६ लाख बराबरको धनमाल क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए ।

घट्नास्थलमा नगरपालिकाको दमकल पुग्न नसक्दा ठूलो क्षती भएको थियो । आगो नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित: १६ मंसिर २०७३ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App