१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्धनको अभावका कारण विमान दुर्घटना

तस्बिरः बिबिसी

मेडेलिन (कोलम्बिया)– गत मङ्गलबार कोलम्बियाको पहाडी इलाकामा ठोक्किँएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको पत्ता लागेको छ ।

‘ककपिट भ्वाइस रिकर्डर’ रिकर्ड भएअनुसार सो दुर्घटना तेल अभावको कारण भएको तथ्य फेला परेको कोलम्बियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ ।

दुर्घटना हुनु अगाडी विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सुचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएको बताइएको छ ।

कोलम्बियाका सञ्चार माध्यमहरुले बुधबार जनाएनुसार मेडेलिननजिकै दुर्घटना हुनु अगाडि विमानका चालकले “यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन,” भनेका थिए ।

दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका लागि गएका ब्राजिलका फुटबल खेलाडीहरु र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो ।

यस दुर्घटनालाई खेलको इतिहासमा नै यो भीषण घटनारूपमा लिइएको छ । रासस/एएफपी

प्रकाशित: १६ मंसिर २०७३ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App