७ वैशाख २०८१ शुक्रबार
समाज

मर्निङवाकमा निस्केकी किशोरीको सामूहिक बलत्कार

बर्दिया–मर्निङवाक निस्केकी एक किशोरीलाई अज्ञात समूहले शुक्रबार बलत्कार गरेका छन्।

नेपाली सेनामा भर्ति हुनका लागि शारीरिक व्याम गर्न मर्निङवाक निस्केकी उनलाई तीनजना युवाले समूहिक बलत्कार गरेका प्रहरीमा दिएको वयानमा उल्लेख छ।

गुलरिया—७ कोटहि मन्दिर नजिक सडकमा हिंड्दै गरेको बेला नियन्त्रणमा लिएर अडहर बारीमा उनीमाथि बलत्कार भएको थियो।

नियन्त्रणमा लिएर ज्यान मार्ने धम्की दिँदै तीन युवकले पालैपालो बलत्कार गरेको पीडितले बताएकी छन्।
पीडितको वयान र हुलियाको आधारमा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले बताए ।

प्रकाशित: १७ मंसिर २०७३ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App