८ वैशाख २०८१ शनिबार
कला

धैर्य नभएकी दिया

बलिउड अभिनेत्री दिया मिर्जाले लामो समयसम्म चल्ने टीभी सिरियलमा काम गर्नु आफ्ना लागि सम्भव नभएको बताएकी छिन्। यद्यपि, टीभी सिरियलमा काम गर्न आफू इच्छुक रहेको उनले बताइन्।

दियालाई टेभिभिजनबाट प्रसारण हुने सिरियलमा अभिनय गर्नेबारे तपाईंको सोच के छ भनी प्रश्न गर्दा जवाफमा उनले भनिन्, 'फिल्ममा काम गरेकी मलाई टेलिफिल्ममा काम गर्न पनि मन लाग्छ। वास्तवमा भिन्न स्वादको काम गर्नमा  रुचि राख्छु।'

यद्यपि, महिनौँ अथवा वर्षौंसम्म चल्ने टेलिसिरियलमा धैर्यसाथ काम गर्ने स्वभाव आफूसँग नभएको उनले बताइन्। 'यद्यपि, टेलिसिरियलका केही भागमा काम गर्न चाहिँ मलाई राम्रो लाग्छ,' उनले भनिन्।

प्रकाशित: १६ असार २०७३ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App