अजय फुयाल

अजय फुयाल

नेतृत्व ‘अक्षम’ कि परिपक्व ?

सोमबार, ३० साउन २०७४

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक कलह अहिले चरमोत्कर्षमा छ । राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग हुन नसकेको चार वर्ष भइसक्यो । राष्ट्रिय टोली छान्ने खेलाडीको घेरा ४० भन्दा तल झरिसक्यो । भुइँचालोले बिगारेको देशकै एक मात्र दशरथ रंगशाला बन्न सकेको छैन । च्यासललगायतका अन्य पूर्वाधारको अवस्था पनि उत्तिकै दयनीय छ । प्रायोजक भटाभट फुटबलबाट बाहिरिने अवस्थामा छन् । एन्फाकै गल्तीका कारण थ्री स्टारले एएफसी एसिया कप छनोटको दोस्रो चरण खेल्न नपाउँदा फुटबल थप समस्यामा परेको छ । समग्रमा भन्दा नेपालमा सबभन्दा लोकप्रिय खेल फुटबल अहिले चरम संकटमा छ ।

बकम्फुसे कुराले उचाइ बढ्दैन

सोमबार, २३ साउन २०७४

युवा तथा खेलकुदमन्त्री राजन केसीले बिहीबार आफ्नै कार्यकालमा सातै प्रदेशमा एक/एक वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने भाषण गरेछन्। सम्पूर्ण नेपाली खेलकुदका कार्यकारी प्रमुख मन्त्रीले यस्तो महत्वाकांक्षी योजना ल्याउनु पक्कै पनि प्रशंसनीय काम हो। वास्तवमा उनको काम नै सात प्रदेश मात्र नभई ७५ वटै जिल्लामा खेलकुदका आवश्यक पूर्वाधार निर्माण गर्ने, खेलकुदमाथि सबै नेपालीको व्यावहारिक पहुँच बनाउने, खेल संस्कार निर्माण गर्दै खेलकुदलाई राष्ट्रिय गौरवको माध्यम बनाउने हो।

विवाद 'थ्री स्टारलाई क्षतिपूर्ति' मै

शुक्रबार, २० साउन २०७४

थ्री स्टार क्लबको विषयमा सहमति नजुटेपछि अनिश्चित कालका लागि कार्यसमितिको बैठक स्थगित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले साउन ३२ गतेका लागि नयाँ बैठक बोलाएको छ।

क्षतिपूर्ति विवाद अझै मिलेन

शुक्रबार, १३ साउन २०७४

थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषय मिलाउन नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक अन्तिम सयममा अनिश्चित कालका लागि स्थगित भएको छ।

क्षतिपूर्ति विवादले लम्बिँदै एन्फा बैठक

बिहिबार, १२ साउन २०७४

थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषयमा कुरा नमिलेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

आज एन्फा कार्यसमिति बैठक, थ्री स्टारलाई क्षतिपूर्ति प्रमुख एजेन्डा

बुधबार, ११ साउन २०७४

तीन महिनापछि हुने निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, भौतिक पूर्वाधारको अभावलगायतका विषय नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य एजेन्डा हुन् । यिनै विषयको टुंगो लगाउन बुधबार एन्फाको कार्यसमिति बैठक हुँदै छ । तर बुधबारको बैठक थ्री स्टार क्लबको मुद्दामाथि चकाचर्की गर्नमा केन्द्रित हुने भएको छ ।

भाइपुस्तालाई वसन्तको योजना

मङ्गलबार, ०३ साउन २०७४

झन्डै दशकअघि वसन्त गौचनले बुट थन्क्याउँदा एउटा सपना देखेका थिए, आफू पुग्न नसकेको गन्तव्यमा भाइ पुस्तालाई पुर्‍याउने। घरेलु फुटबलमा देशको 'नम्बर एक' क्लबबाट खेल्दै सबै उपाधि जिते। राष्ट्रिय टोलीमा रहँदा सधैं मुख्य खेलाडी थिए।

रहेनन् बलशाली जोशी

सोमबार, १२ असार २०७४

दशरथ रंगशालाको ढोकाअगाडि पाँच–सात चिया पसल रहेको एउटा चोक छ। पत्रकारहरूले खेलाडी चोक नाम दिएको त्यो चोकका नियमित केही यस्ता ग्राहक छन्, जसलाई हरेक दिन अभ्यासपछि त्यहाँको चिया नास्ता नगरी चित्त बुझ्दैन। ओलम्पियन सुनीललाल जोशी खेलाडी चोकको त्यस्तै अम्बली थिए। उनले दशरथ रंगशालाबाट दैनिकी सुरु गर्न थालेको साढे तीन दशक नाघिसकेको थियो।

नेपाललाई गल्ती गर्ने छुट छैन

मङ्गलबार, १५ चैत २०७३

नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक विराटकृष्ण श्रेष्ठ भन्ने गर्छन्, 'फुटबलमा रचनात्मक पक्ष महत्वपूर्ण हुन्छ। तर आफँैमा यो गल्तीको खेल हो। आफूले कमभन्दा कम गल्ती गर्ने, विपक्षीलाई धेरैभन्दा धेरै गल्तीका लागि प्रेरित गर्ने र विपक्षीको गल्तीमा फाइदा उठाउने योजना फुटबलमा प्रभावकारी रणनीति हो। आधुनिक फुटबलमा टिम सफल हुने नै विपक्षीको गल्तीमा फाइदा उठाएर हो।'

चार वर्षपछि 'ए' डिभिजन लिग हुने

बिहिबार, ०३ चैत २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार वर्षपछि आउँदो वैशाखमा सहिद स्मारक 'ए' डिभिजन लिग गर्ने प्रस्ताव अघि सारेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार क्लबहरूसँग बसेको पछिल्लो बैठकमा एन्फाले सबथोक अनुकूल भए वैशाख १५ बाट भदौको अन्त्यसम्म चल्ने गरी लिगको प्रस्ताव गरेको हो।

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

मङ्गलबार, १० फागुन २०७३

नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ।

'पिंकाथन' अभियन्ता मिलिन्द सोमन

बुधबार, १२ माघ २०७३

भारतीय सुपरमोडल मिलिन्द सोमनको काठमाडौं भ्रमणमा अनिवार्य समावेश हुने दुई गन्तव्य छन्, पशुपतिनाथ र दशरथ रंगशाला। धार्मिक आस्था राख्ने उनी पशुपतिनाथ पुग्दा सकारात्मक ऊर्जा अनुभव गर्छन्। अनि दशरथ रंगशाला त्यही ठाउँ हो, जहाँ उनले पहिलो दक्षिण एसियाली खेलकुदमा भारतका लागि पदक जितेका थिए। त्यसैले छिमेकी देशको भ्रमणमा आउँदा उनले यी दुई ठाउँ पुग्न छुटाएका छैनन्।

एनओसीमा राणा पक्षको 'कब्जा'

मङ्गलबार, ११ माघ २०७३

ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा सर्वोच्च अदालतबाट ब्युँताइएको रुक्मसम्शेर राणा नेतृत्वलाई स्थापित गरेको छ।

थ्री स्टारलाई क्षतिपूर्ति दिन समिति

बुधबार, २७ पुष २०७३

समयमा टिम दर्ता नगराएका कारण एएफसी कप प्लेअफ खेल्नबाट बञ्चित भएको नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई क्षतिपुर्ति पाउन अझै कुर्नुपर्ने भएको छ ।

'राष्ट्रिय खेलकुद, हर्ष न विस्मात'

सोमबार, १८ पुष २०७३

नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदको इतिहासले साढे तीन दशक पूरा गरेको छ। प्रत्येक दुई वर्षमा गर्ने उद्घोषसहित २०३८ सालमा सुरु भएको बृहत् खेलमेलाले ३५ वर्ष पूरा गर्दा अहिलेसम्म १७ संस्करण सम्पन्न भैसक्नुपर्ने थियो।

दुई वर्षपछि मध्यपश्चिममा भेटने बाचा

शनिबार, १६ पुष २०७३

कमजोर पूर्वाधार, राजनीतिक द्वन्द्व, अनुशासनका गम्भीर प्रश्न, दयनीय व्यवस्थापन तथा अन्य धेरै विवादबीच अघिल्लो साता विराटनगरबाट सुरु सातौं बृहत् राष्ट्रिय खेलकुद दुई वर्षपछि मध्य पश्चिममा भेट्ने बाचासहित शुक्रबार धरानमा सम्पन्न भएको छ।

खेल विकासमा अहोरात्र सुरेन्द्र

शुक्रबार, १५ पुष २०७३

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सुरेन्द्र तामाङको घर इटहरी रंगशालाबाट मुश्किलले २ सय मिटरको दूरीमा छ। सुरेन्द्रले बाल्यकालदेखि फुटबल हान्ने कला निखारेको मैदानले सातौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स, भलिबल, तेक्वान्दोलगायत खेल आयोजना गरिरहेको छ। उनको सहरले महिला क्रिकेटसहित सबैभन्दा बढी चार खेलको आयोजना बुधबार सम्पन्न गर्‍यो।

कराते उठाउन के गर्ने ?

बुधबार, १३ पुष २०७३

भारतको सिलोङ र गुवाहाटीमा गतवर्ष सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा कराते समावेश नगर्दा नेपाली खेलकुद स्तब्ध भएको थियो। मार्शल आर्ट दक्षिण एसियाली स्तरमा नेपालको पदक सम्भावना भएको खेलमा गनिन्छ। साग इतिहासमा नेपाली करातेले आफूलाई प्रमाणित गरिसकेको छ।

भद्रगोल र विवादले हदै फितलो

बुधबार, १३ पुष २०७३

पूर्वाञ्चलमा अत्यन्तै अव्यवस्थित रुपमा जारी सातौं राष्ट्रिय खेलकुदमा बेथितिका उदाहरण यत्तिमै सीमित छैनन्। व्यवस्थापनले टाई–सिटअनुसार खेल नगराउँदा एथलेटिक्समा सोमबार आयोजक र सहभागी टोलीबीच विवाद भएको थियो । किक बक्सिङमा विवादको बहानामा व्यवस्थापनले ६० केजी तौल समूहको फाइनल खेलाउनै सकेन । सेमिफाइनल जितेका खेलाडी फाइनल नखेली फर्किनुपरेको छ ।

स्वर्णमा मुकुन्दको ह्याट्रिक

मङ्गलबार, १२ पुष २०७३

मुकुन्द महर्जनले पुरुष ६७ केजीमा बाजी मार्दै बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा स्वर्ण पदकको ह्याटि्रक पूरा गरेको दिन विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा उनको क्लब एपिएफले दबदबा कायम गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।