खिलक बुढाथोकी

खिलक बुढाथोकी

राष्ट्रले चिनेका प्रतिभा

शनिबार, ०३ भदौ २०७४

'मैले सञ्चालन गरिरहेको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा ४५ बालबालिका छन्। यही बालबालिकाको हेरचाहमै दिन बितिरहेका बेला मन्त्रालयले सम्मान गर्न लागेको कुराले निकै उत्साहित बनायो,' सम्मान ग्रहणपछि नागरिकसँग उप्रेतीले खुसी पोखिन्, 'सम्मानले खुसीसँगै जिम्मेवारी थपेको बोध भएको छ।'

१८ वर्षमा ९० आविष्कार

शुक्रबार, ०२ भदौ २०७४

युवा प्रतिभा पुरस्कारका लागि उद्घोषकले १० युवाको नाम पढ्दै गइन्। त्यसैमा थियो, रामु खत्रीको नाम पनि। ठेगाना दोलखा, उमेर २० वर्ष। उनले यति भनेपछि तालीको गडगडाहटले हल गुञ्जयमान भयो। इन्जिनियरिङमा नयाँ खोज र आविष्कार गरेबापत उनलाई युवा प्रतिभा पुरस्कार दिइएको हो। उनी त खुसी थिए नै, कलिलैमा रामु पुरस्कार थाप्न मञ्चमा उक्लदा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री राजन केसी लगायतमा समेत बेग्लै चमक देखिन्थ्यो।

गायिका वली र गायक अधिकारी सम्मानित

बिहिबार, ०१ भदौ २०७४

गायिका कोमल वली र गायक अजय अधिकारी ‘सुशील’ सम्मानित भएका छन् ।  तीजको अवसर पारेर नीजि तथा आवशीय विद्यालयको छाता संगठन (प्याप्सन) काठमाडौंको आयोजनामा भएको तीज विशेष कार्यक्रममा कलाकारद्वय वली र अधिकारीलाई सम्मान गरिएको हो ।

निर्णय गर्दै, उल्ट्याउँदै

सोमबार, ३० साउन २०७४

जनप्रतिनिधि आएपछि काठमाडौं महानगरपालिकाले गरेका कतिपय निर्णय केही दिनमै उल्ट्याउनुपरेको छ । अपरिपक्व र विवादास्पद निर्णय गर्दा महानगरपालिकाले केही दिनमै तिनलाई उल्ट्याउनुपरेको हो ।

धरहरा निर्माणबाट पन्छिँदै टेलिकम

सोमबार, ३० साउन २०७४

एक साताअघि प्राधिकरणमा भएको बैठकमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले धरहरा निर्माणबाट हात झिक्ने बताएको दाहालले जानकारी दिए ।

मेयर सा’पका विलाशी मोटर

शुक्रबार, २७ साउन २०७४

दुई दशकपछि जनप्रतिनिधि पाएका उपत्यकावासीले लामो समयदेखि भोग्दै आएका समस्याको हल खोजेका थिए । उनीहरूले आफ्नो ब्रह्मले भ्याएसम्म समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई नै मत दिएर जिताए पनि ।  पदबहाली गरेकै दिन उपत्यकाका अधिकांश मेयरले लोकप्रिय बन्ने लोभमा कार्यान्वयन हुनै नसक्ने निर्णयहरू गरे । अढाई महिनाको अन्तरालमा उनीहरूका धेरै प्रतिबद्धता ‘हावा गफ’मा सीमित भएका छन् ।

महानगरका मेयर-उपमेयरलाई २ करोडको गाडी

मङ्गलबार, २४ साउन २०७४

काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मूल्यका गाडी खरिद गरेको छ। महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मूल्य पर्ने गाडी खरिद गरेको हो।

स्थानीयलाई हटाएर महानगर अघि सर्दै

सोमबार, २३ साउन २०७४

०७४ वैशाख २९ गते काष्ठमण्डप पुनर्निर्माणको जिम्मा स्थानीय वीरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित काष्ठमण्डप पुनर्निर्माण अभियानलाई दिइएको थियो । महानगर, प्राधिकरण, विभाग र अभियानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अनुमति पाएसँगै स्थानीयले काम थाले पनि महानगरका मेयर शाक्यले भने सम्झौता भंग नगरी आफैँ बनाउने मौखिक निर्णय गरेका हुन् ।

जनप्रतिनिधिको सुविधामा ६ करोड, गाडी सुविधामा मात्रै ३ करोड

आइतबार, २२ साउन २०७४

काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको सुविधामा ६ करोड बजेट विनियोजन गरेको छ। उक्त रकम आर्थिक वर्ष २०७४/०७५ मा खर्च हुनेछ।

कहिले बन्ला धरहरा ?

शुक्रबार, २० साउन २०७४

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा काठमाडौंका मेयर बनेका केशव स्थापितले ०६१ वैशाख ३१ गते विनाप्रतिस्पर्धा धरहरा चलाउन साइडवाकर्स प्रालिलाई ठेक्का दिएका थिए ।

काठमाडौं मेयरका १०१ काम, 'चुनाव जित्ने प्रपञ्च मात्रै'

सोमबार, १६ साउन २०७४

महानरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भने मेयरले एक सय एक अजेन्डाअनुसार काम नगरेको स्विकार्न तयार छैनन्। ‘सबै काम रातरात कहाँ हुन्छ त?’ कार्कीले भने, ‘गर्दै जाँदा चुनावमा उठाएका सबै काम हुनेछन्।’

जो बेवारिसे शवमा दागबत्ती दिन्छन्

सोमबार, १६ साउन २०७४

उनी तीन वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गरिरहेका छन्। अहिलेसम्म ६४ बेवारिसे शवको दाहसंस्कार गरेको विनय बताउँछन्।

सडकमा चिप्लिएर हात भाँचियो

सोमबार, १६ साउन २०७४

शनिबारको दिन फुर्सदै थियो १७ वर्षीय हिमांशु मगरलाई। नाटक हेर्नमा सोखिन हुन् उनी। फुर्सदलाई रमाइलो बनाउन साथीसँग 'जिउँदो आकाश' नामक नाटक हेर्न पुगे उनी सर्वनाम थिएटरमा।

जनता हिँड्ने सडकमा सधैं खाल्डा

सोमबार, १६ साउन २०७४

जोरपाटीकी ज्ञानुमाया कार्कीका दुवै नाति विद्यालयबाट फर्कंदा लुगा र झोला दुवै हिलाम्मे हुन्छ। यति मात्रै होइन, खाल्डा परेको सडकमा गाडी पल्टिएर नातिहरूलाई किच्देला कि भन्ने चिन्तामा हुन्छिन् दिनभर उनी।

७० लाख माटोमा

आइतबार, १५ साउन २०७४

‘ढलको समस्या समाधान नगरी सडक समस्या समाधान हुँदैन । वर्षाको पानीले निकास नपाउँदा सडक तलाउमा परिणत भएका छन् ।’

उत्कृष्ट नतिजा ल्याउनेलाई ल्याप्टप

बुधबार, ११ साउन २०७४

समता शिक्षा निकेतन विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्याप्टप उपहार दिइएको छ ।

पुलले ल्याएको खुशी

आइतबार, ०८ साउन २०७४

टन्टलापुर घाम। गर्मीले हप्पकै थियो। खलखल पसिना आइरहकेका थिए सानु परियारको शरिरबाट। उनलाई गर्मीको कुनै वास्ता थिएन। नाच्दै बाजा (सनाई) फुकिरहेका थिए उनी। खुसीयाली छाएको थियो उनको अनुहारमा। उसो त सानुको जस्तो खुसी उपस्थित सबैको अनुहारमा देख्न सकिन्थ्यो।

सचिवमाथि सांसद्हरु खनिएपछि...

आइतबार, ०८ साउन २०७४

काठघर नं. ३, व्यवस्थापिका–संसद सचिवालयमा उपत्यकाका सडकको दुरावस्था बारे सार्वजनिक लेखा समितिको बैठक चलिरहेको थियो । बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर नगरपालिकाका सुनिल प्रजापतीलगायत मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे, स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया, खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम प्रसाद उपाध्याय लगायत सरोकारवाला निकाय तथा दर्जन बढी सांसद्को उपस्थिति थियो ।

काठमाडौंको सडक : खनी रहने, पुरी रहने

बिहिबार, ०५ साउन २०७४

राजधानी काठमाडौंका सडकको दुराअवस्था बढ्दै गएको भन्दै सांसद्हरुले चिन्ता व्यक्त गरेका छन्। बिहिबार भएको व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठाकमा सडकको कारणले सर्वसाधरणले ज्यानै गुमाउनुपर्ने अवस्था आएको भन्दै सरोकार निकायको आलोचना गरे।

थालियो खाल्डा पुर्ने काम

बुधबार, ०४ साउन २०७४

१५ दिनमा उपत्यकाका सडकको खाल्डा पुरिसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सोमबारदेखि सरोकारवाला निकायले काम थालेका छन् । प्रधानमन्त्री देउवाले आइतबार काठमाडौंलाई राजधानी भन्नै लाजमर्दो भएको भन्दै सडकका खाल्डा १५ दिनभित्र पुरेर जोखिम हटाउन निर्देशन दिएका थिए ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।