दिलीप पौडेल

पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो

बुधबार, ०३ माघ २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ मूल्य बढाएको हो।

कृषिको साढे दुई अर्ब बजेट पूर्वाधारमा

बुधबार, ०३ माघ २०७४

स्थानीय तहका जनप्रतिनिधिले बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उपेक्षा गरेका छन् । कृषिका लागि पठाइएको साढे दुई अर्ब रुपैयाँ बजेट स्थानीय तहले पूर्वाधार लगायत अन्य क्षेत्रमा विनियोजन गरेका छन् ।

पूर्वसांसदले बाँडेको १० अर्ब खर्च गर्न सर्वोच्चको रोक

सोमबार, ०१ माघ २०७४

पूर्वसांसदले १० अर्ब रुपैयाँ बजेट दिएका योजना कार्यान्वयन गर्ने सरकारी प्रयासमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

मेलम्ची बेथितिमा मन्त्रालयको छानबिन

मङ्गलबार, २५ पुष २०७४

मेलम्ची खानेपानी आयोजनाले टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई थप रकम भुक्तानी दिएको विषयमा खानेपानी तथा सरसफाइ मन्त्रालयले छानबिन थालेको छ । सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) लाई आयोजनाले अतिरिक्त रकम भुक्तानी दिएको सार्वजनिक भएपछि मन्त्रालयले सोमबार स्पष्टीकरण सोधेको छ ।

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

सोमबार, २४ पुष २०७४

उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

मापदण्ड पूरा नगर्ने ग्यास उद्योग कारबाहीमा

शुक्रबार, २१ पुष २०७४

गुणस्तर मापदण्ड पूरा नगर्ने ५३ वटा ग्यास प्लान्ट (उद्योग) माथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले पटक–पटक नेपाल गुणस्तर चिह्न (एनएस) लिन पत्राचार गरे पनि ग्यास उद्योगले अटेर गरेपछि कारबाहीस्वरुप पिडिओ (प्रोडक्ट डेलिभरी अर्डर) नदिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो । निगमले ग्यास उद्योगीलाई इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ग्यास आयात गर्न अनुमति दिने पत्रलाई पिडिओ भनिन्छ ।

गुणस्तरको ‘क्यालिब्रेसन टावर’

बिहिबार, २० पुष २०७४

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको मापन गर्न नेपाल गुणस्तर तथा नापतौल विभागले ‘क्यालिब्रेसन टावर’ सञ्चालनमा ल्याएको छ । नेपाल आयल निगमका डिपोभित्र क्यालिब्रेसन गर्दै आएको विभागले पहिलोपटक आफ्नै स्वामीत्वमा हेटौंडामा ‘क्यालिब्रेसन टावर’ निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।

अर्को साताबाट ट्यांकरमा ‘सेक्युरिटी लकिङ सिस्टम’

बुधबार, १९ पुष २०७४

इन्धन ढुवानीमा हुने चुहावट नियन्त्रण गर्न नेपाल आयल निगमले अर्को साताबाट ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । निगम र पेट्रोलियम डिलर्स एसोसिएसनबीच मंगलबार भएको छलफलपछि पहिलो चरणमा भारतको सिलगुढीबाट झापा रुटमा कार्यान्वयन गर्ने सहमति भएको हो ।

व्यवस्थापकीय लापरबाहीले ग्यास उद्योगमा आगलागी

मङ्गलबार, १८ पुष २०७४

वीरगन्जको सुपर ग्यास उद्योगमा उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले आगलागी भएको तथ्य सार्वजनिक भएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको निष्कर्ष सरकारी छानबिन टोलीले निकालेको हो ।

जुत्ता उद्योगमा कालीगढ अभाव

सोमबार, १७ पुष २०७४

रन सुजमा दुई सय ५० कालीगढ (कामदार)ले काम गर्छन् । तीमध्ये ७६ जना भारतीय छन् । यहाँ कालीगढ नपाएपछि भारतबाट कामदार ल्याएको उद्योगी बताउँछन्। उद्योग सञ्चालनका लागि कामदार अभाव सधैं खड्किरहने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । ‘यहाँ कामदार नपाएर भारतबाट ल्याउनुपर्ने बाध्यता छ,’ न्यौपानेले भने, ‘जुत्ता उद्योगको मुख्य समस्या नै कामदार हो ।’  नेपाली कालीगढ सबैलाई तालिम दिएर उद्योगले नै तयार गर्छन् । यहाँका युवा विदेश गइरहेको बेला जुत्ता उद्योगमा भने कालीगढको अभाव छ । सीपयुक्त कालीगढ नपाएपछि भारतबाट ल्याएर काम गराइरहेको उद्योगी बताउँछन्।

दुई सयजना अनुसन्धानको घेरामा

बिहिबार, १३ पुष २०७४

नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ । अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो । इन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको सार्वजनिक भएपछि उसले छानबिन प्रक्रिया अघि बढाएको थियो ।

ओलीलाई भेटेर निगम फर्किन खड्काको लबिङ

मङ्गलबार, ११ पुष २०७४

इन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारबाहीमा परेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले फेरि निगम फर्किन लबिङ सुरु गरेका छन् । खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

दोषारोपण गरेर पन्छिँदै नियामक निकाय

आइतबार, ०९ पुष २०७४

नेपालका अधिकांश ग्यास उद्योग (बोटलिङ प्लान्ट) मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । अनुमति दिने उद्योग विभाग, नेपाल आयल निगम र गुणस्तर मापन गर्ने नेपाल नापतौल तथा गुणस्तर विभागबीच समन्वय नहुँदा यस्ता उद्योग मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् ।

चीन जोड्न दर्जन सडक निर्माण हुँदै

बिहिबार, २८ मङि्सर २०७४

सरकारले चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ। चीनसँग पारवहन सम्झौता गरेको सरकारले व्यापार बढाउने रणनीतिअन्तर्गत करिब एक दर्जन नाकासम्म सडक पुर्‍याउने योजना बनाएको हो।

संसद् खर्च सबा चार अर्ब

बुधबार, २७ मङि्सर २०७४

मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सवा ४ अर्ब रुपैयाँ हुने भएको छ । नयाँ संविधानअनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदको तलब, भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ । प्रादेशिक तहमा पनि संसद् हुने भएपछि सञ्चालन खर्च अघिल्लोे संसद्को भन्दा तीन गुणाले बढ्नेछ ।

७५ मा आठ अर्बमात्र खर्च

बुधबार, २० मङि्सर २०७४

सरकारले यो वर्ष सडक पूर्वाधार निर्माणमा साढे ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरे पनि प्रगति अपेक्षाकृत देखिएको छैन । आर्थिक वर्ष सुरु भएको चार महिनामा देशभरका सडक आयोजना निर्माणको प्रगति आठ प्रतिशतमै सीमित छ ।

पाँच सुरुङ मार्गको अध्ययन सुरु

शुक्रबार, १५ मङि्सर २०७४

सरकारले पाँच नयाँ सुरुङ मार्ग निर्माणको अध्ययन सुरु गरेको छ । भौगोलिक बनावटको कारण लामो यात्रालाई छोट्याएर सवारी गुडाउन सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो। दुईवटा सुरुङ मार्ग निर्माण अघि बढाउने तयारी भइसकेको अवस्थामा सडक विभागले थप पाँचवटा नयाँ सुरुङ मार्गको अध्ययन थालेको छ।

इन्धन खपत ह्वात्तै बढ्यो : पाँच वर्षमा शतप्रतिशत वृद्धि

बुधबार, १३ मङि्सर २०७४

सवारी साधनको चाप बढेपछि नेपालमा इन्धन खपत ह्वात्तै बढेको छ । पछिल्ला पाँच वर्षमा इन्धन खपत एक सय प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ।

उखु उत्पादन निरन्तर ओरालो

बिहिबार, ०७ मङि्सर २०७४

नेपाल चिनीमा परनिर्भर रहे पनि उखु उत्पादन बर्सेनि घट्दै गएको छ । चिनी उद्योगले किसानलाई समयमै भुक्तानी नदिएका कारण किसानले विकल्प खोज्न थालेपछि उत्पादन निरन्तर ओरालो लागेको हो।

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

शनिबार, ०२ मङि्सर २०७४

कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं। ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।