एजेन्सी

केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

शुक्रबार, ११ फागुन २०७४

चिनीयाँ केन्द्रीय संसदको १३औं राष्ट्रिय जनकङ्ग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि चयन भएका छन्। देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइ मार्फत् उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ।

उत्तर र दक्षिण कोरिया वार्ता आगामी हप्ता

शुक्रबार, ११ फागुन २०७४

आगामी हप्ता उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने भएको छ। यी दुई देशबीचका कार्यगत समूहका अधिकारीबीच सो वार्ता हुन लागेको बताइएको छ।

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

शुक्रबार, ११ फागुन २०७४

दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी हुँदै निर्देशक सञ्जयलिला भन्सालीले उनलाई पाँच सय उपहार दिएका हुन्।

कर्मचारीसँगको यौनसम्बन्धले उपप्रधानमन्त्रीको पद गयो

शुक्रबार, ११ फागुन २०७४

आफ्नै कर्मचारीसँगको यौन सम्बन्धले विवादमा तानिएका अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसले पदबाट राजीनामा दिएका छन्।

सिरियामा युद्धविरामको सहमति भएन

शुक्रबार, ११ फागुन २०७४

सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक निश्कर्षबिहीन

शुक्रबार, ११ फागुन २०७४

सिरियामा जारी रहेको संघर्ष रोक्ने लक्ष्यले बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक निश्कर्षबिहीन टुङगिएको छ।

‘अर्काे विश्वयुद्ध रोक्न राष्ट्रसंघ सफल’

शुक्रबार, ११ फागुन २०७४

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको बताएका छन्।

रियालको जित

शुक्रबार, ११ फागुन २०७४

क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा रियाल मड्रिडले बुधबार एक गोलले पछि परेको स्थिति उल्टाउँदै स्पेनिस ला लिगमा लेगानेसमाथि ३–१ को विजय हासिल गरेको छ । जितसँगै रियाल तेस्रो स्थानमा उक्लिएको छ।

गोलकिपरले जोगाए युनाइटेडलाई

शुक्रबार, ११ फागुन २०७४

गोलकिपर डेभिड डी हियाले उत्कृष्ट प्रदर्शन गरेपछि बुधबार म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगको अवे खेलमा सेभियालाई गोलरहित बराबरीमा रोकेको छ । डि हियाले पहिलो हाफको अन्त्यमा स्टेभन एन जोन्जी र लुइस मुरेलका दुई खतरनाक प्रहार विफल पारेपछि अग्रताका साथ अर्काे महिना ओल्ड ट्राफोर्ड भ्रमणमा निस्कने सेभियाको लक्ष्यले पूर्णता पाउन सकेन।

पेरुमा बस दुर्घटना, ४४ जनाको मृत्यु

बिहिबार, १० फागुन २०७४

पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ। लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन्।

नाइजेरियाका १०० स्कूले बालिका बोको हरामको कब्जामा

बिहिबार, १० फागुन २०७४

नाइजेरियन आतंककारी समुह बोको हरामले करिब १०० स्कूले बालिकाहरूलाई अपहरण गरी कब्जामा लिएको छ।

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

बिहिबार, १० फागुन २०७४

भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो।

पार्टी अध्यक्षमा सरिफ अयोग्य

बिहिबार, १० फागुन २०७४

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको हैसियत दिइराख्न नमिल्ने भन्दै पाकिस्तानको सर्वाेच्च अदालतले फैसला गरेको छ।

‘शिख विखण्डनकारीलाई क्यानडाले सहयोग गर्दैन’

बिहिबार, १० फागुन २०७४

भारत भ्रमणमा रहेको क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा रहेका शिख विखण्डनकारीलाई सहयोग नगर्ने भारतसमक्ष विश्वास दिलाएका छन्।

‘केएफसी संकटलाई लिएर प्रहरीलाई फोन नगर’

बिहिबार, १० फागुन २०७४

फ्राइड चिकेन ‘संकट’को विषयलाई लिएर फोन नगर्न प्रहरीले ‘केएफसी’ प्रेमीलाई आग्रह गरेको छ । फास्ट फुड सञ्जाल केएफसीको नयाँ डेलिभरी कम्पनी डिएचएलसँगको ‘सञ्चालनसम्बन्धी विषयमा समस्या उत्पन्न भएपछि बेलायतभरमा रहेका उसको करिब आधा अर्थात् नौ सय आउटलेट्स बन्द गरिएका छन्।‘केएफसीमा कुखुराको मासु नभएको भन्दै जो कोहीले पनि प्रहरीलाई फोन गरिरहेका छन्, कृपया रोक्नुहोला,’ म्यानचेस्टरका अधिकारीहरुले आग्रह गरेको बिबिसीले जनाएको छ।

उत्तर कोरियाद्वारा पेन्ससँगको वार्ता रद्द

बिहिबार, १० फागुन २०७४

शीतकालीन ओलम्पिक्समा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाली अधिकारीबीच बैठक हुने तय भए पनि अन्तिम समयमा उत्तर कोरियाले बैठक रद्द गर्दा बैठक हुन नसकेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अस्ट्रेलियालाई टी –२० शृंखला

बिहिबार, १० फागुन २०७४

वर्षाले प्रभावित अन्तिम ट्राइ सिरिज ट्वान्टी–२० खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई डर्क वर्थ लुइस पद्धतिका आधारमा १९ रनले पराजित गर्दै शृंखला जितेको छ । बुधबार सिरिज हात पारेसँगै अस्ट्रेलिया आइसिसी टी– ट्वान्टी क्रिकेटको वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ।

गल्ती महँगो भयो : कोन्टे

बिहिबार, १० फागुन २०७४

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले मंगलबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा टोलीले गरेको एक गल्ती महँगो साबित हुँदा च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बर्सिलोनासँग १–१ को बराबरीमा रोकिनुपरेको प्रतिक्रिया दिएका छन् ।

फिफाद्वारा समर्थन गर्न फुकुवा

बिहिबार, १० फागुन २०७४

फिफाले चौतर्फी विरोध भएसँगै आफ्ना सदस्यलाई सन् २०२६ को विश्वकपको आयोजना दाबीमा सार्वजनिक रूपमा समर्थन गर्नमा लगाएको प्रतिबन्ध हटाएको छ।

राजनीतिमा कंगना !

बिहिबार, १० फागुन २०७४

हक्की अभिनेत्रीका रूपमा चिनिएकी कंगना रनावत पछिल्लो समय फिल्म ‘मणिकर्णिका’को सुटिङ र पोस्ट प्रोडक्सनको काममा व्यस्त छिन् । फिल्ममा व्यस्त कंगना फिल्मी कामसँगै राजनीतिमा पनि आफ्नो करिअर बनाउने योजनामा छिन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।