गुणराज लुइँटेल

गुणराज लुइँटेल

‘लाल नेपाल’ मा कांग्रेस

आइतबार, २४ मङि्सर २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला भारतीय नाकाबन्दीविरुद्ध देखाएको अडानलाई मतदाताले यसपटक पुरस्कृत गरेका छन् । नाकाबन्दीविरुद्ध बोल्न नसक्नेबारे यसपटकको निर्वाचनमा पटकपटक कुरा उठेको हो ।

बिजुक्छेको नौलो बाटो

सोमबार, २० कार्तिक २०७४

नेपाल मजदुर किसान पार्टीको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारीका निम्ति नामसूची अगाडि सारेपछि अन्य नेता तथा कार्यकर्ता आश्चर्यमा परे । आश्चर्य यसकारण थियो– जसमा विजुक्छेले त्यो सूचीमा आफ्नो नामै छुटाएका थिए।

पुस्तकभित्रका मह

शनिबार, १८ कार्तिक २०७४

नेपाली भाषामा महको अर्थ असाध्यै स्वादिलो अमृततुल्य खाद्य पदार्थ हुन्छ । नेपाली कला क्षेत्रका मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यमा पनि नेपाली समाजलाई जोड्ने त्यस्तै अनुपम शक्ति छ । खाने मह होस् वा हेर्ने वा व्यवहार गर्ने मह हुन्, दुवै थरी नेपाली समाजमा उत्तिकै गुनिला छन्।

गठबन्धनको ‘अवसर’

सोमबार, १३ कार्तिक २०७४

दल एकीकरण गरेर भन्दा अलग–अलग रहेर सत्ताको साँचो खेलाउन पाउँदा बढ्ता सहज हुने नेतृत्वलाई लाग्न सक्छ । अहिलेसम्मका अभ्यासले यही भन्छ । यस आधारमा निर्वाचनलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार भयो भने अहिलेको वाम गठबन्धन यता न उताको हुनेछ । त्यो बेलामा सबैभन्दा ठूलो घाटा खाने दल एमाले हुनेछ।

विकृतिको विरासत

सोमबार, ३० असोज २०७४

प्रजातन्त्रमा जस्ता कर्तालाई छानेर पठाइन्छ त्यो पनि त्यस्तै हुन्छ । गुन्डा नाइके र गुन्डाका नाइके दुवैथरीलाई त्यसमा पठाएपछि प्रजातन्त्र पनि गुण्डा नै बन्छ । त्यसले सर्वसाधारणका लागि सुखद् अवसर सिर्जना गर्न सक्दैन ।

उज्यालोबाट अँध्यारोतिर

आइतबार, ०८ असोज २०७४

‘उसो भए तपाईंहरू अचेल डब्लु–एच–ए–टी ह्वाट, ह्वाट माने ‘के’ भनेर पढाउन थाल्नुभयो ?’ समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले हालै उनको स्कुलका अंग्रेजी पढाउने शिक्षकहरूसँग सोधे ।

‘ब्रिफिङ’ नसुन्ने ‘ब्रिफकेस’ हेर्ने

आइतबार, ०१ असोज २०७४

एकजना नवनियुक्त मन्त्री आफू मातहत संस्थानका प्रमुखलाई बोलाउँछन् । आफ्नो संस्थानमा भइरहेका काम र योजनाबारे जानकारी गराउन तयारीसाथ फाइलसहित ती कर्मचारी मन्त्रीको अघिल्तिर उपस्थित हुन्छन् ।  ‘एमडी सा‘ब, कति करोड दिनुहुन्छ ?’

पोखरीमा तैरिरहेका ‘ठूला माछा’

आइतबार, २५ भदौ २०७४

हाम्रो पद्धतिले अब व्यक्तिलाई अनियमितता नगरी बाँच्नै नसक्ने बनाएछ । अनियमितता नगर्नेले बजारबाट आफूलाई आवश्यक सामग्री किन्नै सक्दैन । नानीहरूलाई राम्रा स्कुलमा पढाउनै सक्दैन । स्वास्थ्योपचार गराउनै सक्दैन । बाटोमा सुरक्षित हिँड्नै सक्दैन ।

साना मुलुकको संवेदनशीलता

आइतबार, ११ भदौ २०७४

आन्तरिक राजनीतिलाई अर्को मुलुकसँग जोड्दै जाँदा त्यसले ल्याउन सक्ने दुष्परिणाम भने भयानक हुन सक्छ । कुनै बेला स्वतन्त्र हिमाली अधिराज्य सिक्किम भारतमा गाभिनुपछाडि संविधानमा गरिएको संशोधन थियो भन्ने बुझ्नु आवश्यक छ ।

सडकका गोविन्द केसीहरू

आइतबार, २९ साउन २०७४

न्यूनतम गुणस्तरसमेत कायम नगरिएका शिक्षण संस्थाबाट कसरी उत्पादन हुन्छन् दक्ष जनशक्ति? डा. केसीको विमति यही हो।

४७ देखि ७४ सम्म

आइतबार, २२ साउन २०७४

२०४७ देखि २०७४ मा आइपुग्दा एउटा स्वतन्त्र र लोकतान्त्रिक मुलुकमा विकास–निर्माणका क्षेत्रमा जस्तो परिवर्तन हुनुपर्ने अपेक्षा थियो, त्यो पूरा भएन। बरु डरलाग्दो गरी सत्ताको प्रयोग गर्ने 'शक्ति दलालतन्त्र' को संक्रमण भएको छ।

सडक एम्बुस

आइतबार, १५ साउन २०७४

कतिपटक मोटरसाइकलमा पहिले गएर सडक रेकी गरिसकेपछि मात्र गाडी निकालेको अवस्था पनि छ । मोटरसाइकल लिएरमात्र हुँदैन, एकजोर गमबुट पनि चाहिन्छ । त्यो हिलो र खाल्डा छिचोलेर गन्तव्यमा पुग्न हम्मे पर्छ ।

धनपति राजनीतिमा ‘धनपति’

आइतबार, २५ असार २०७४

सुख, दुःख के हो सोध मलाई तृष्णा, इच्छा, चाहना के हो यहाँ अर्थ छैन कसैलाई... नेपाली कथानक चलचित्र धनपतिका यी गीत पंक्तिले नेपाली निम्न मध्यमवर्गीय परिवारका उच्छ्वासलाई उजागर गर्छन् । मुलुकभित्र परिवर्तनका प्रत्येक पदचापलाई साथ दिने यो वर्गको सक्रियता यही छटपटीको प्रतिबिम्ब हो ।

स्कुललाई छाना छैन, नेतालाई पेन्सन !

आइतबार, १८ असार २०७४

राज्यका कुनै निकायमा एकपटक निर्वाचित भएपछि जीवनभर सुविधा खोज्नुभन्दा त्यो जिम्मेवारी पूरा गरेपछि आफ्नो पूर्ववत् काममा फर्कनु उचित हुन्छ । आय आर्जनका काम वा अन्य पेसामा लाग्ने हो भने राज्यसँग सधैँ मागिराख्नुपर्ने अवस्था पनि आउँदैन । भर्खरकै सन्दर्भ हेर्ने हो भने अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा आफ्नो पूर्ववत् काममा फर्किसकेका छन् ।

लुटमा छुट

आइतबार, ११ असार २०७४

निर्वाचन आयोग एउटा उदाहरण हो। लोकतन्त्रका समस्त संस्था क्रमशः कमजोर पार्ने क्रम सुरु भइसकेको छ। यस्ता कमजोर संस्थाहरूले गुणका आधारमा चल्ने समाज निर्माण गर्न सक्ने छैनन्।

पद्धतिभन्दा पद ठूलो

आइतबार, ०४ असार २०७४

स्थानीय तह निर्वाचन मिति सार्ने र आफूलाई अनुकूल बनाउने देउवाको कामबाट फेरि पनि उनको विगतको बानी नसुधि्रएको प्रस्टै भएको छ।

'गुरुजी'का गुड्ने सपना

शुक्रबार, ०२ असार २०७४

सपनाले डोहोरिएका यी गुरुजीहरूका निम्ति काठमाडौं त्यति सहज गन्तव्य होइन। पहिलो खतरा उनीहरूका निम्ति यात्रुहरू नै हुन्। कतिपयले मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गर्ने र भाडा नदिर्ने अवस्था पनि तिनले भोग्छन्। धेरैजसोले तिनलाई दिनुपर्ने जति इज्जत दिँदैनन्।

निर्वाचन टार्ने देउवा दाउ

बिहिबार, ०१ असार २०७४

देउवा आफैंले आफूलाई संकटको अवस्थामा पारेका छन्। उनलाई जसरी पनि सत्ता चाहियो, बाँकी प्रक्रियाप्रति उनलाई चासो भएन।

बदलिँदा बस्तीहरू

आइतबार, २१ जेठ २०७४

विकासको महामारीबाट राजधानी काठमाडौंलाई चाँडै मुक्त नगर्ने हो भने अहिलेसम्म हेपिएका र पछि पारिएका बाहिरका बस्तीहरूले खिस्याउने दिन धेरै टाढा छैनन् ।

जब एन ए ०४८ जहाज जमिनमा बजारिँदै उत्तानो पर्‍यो

बुधबार, १७ जेठ २०७४

नेपाली सेनाको जहाजलाई भने नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम लागू हुँदैन। स्रोतका अनुसार क्याप्टेन गुरुङ ८ वर्षपछि पहिलोपटक बाजुरा विमानस्थलमा अवतरण गराउने प्रयत्नमा थिए। नागरिक उड्डय नियमअनुसार यस्ता स्टल एअरफिल्डमा एक वर्षभन्दा बढी समय अवतरण नगराएको भए प्रशिक्षक पाइलटको निगरानीमा सफल उडान गराएर मात्र अवतरण गराउने अनुमति दिइन्छ। तर सेनाको हकमा भने यस्तो आधारभूत हवाई सुरक्षा नियमको ठाडै बेवास्ता गरिन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।