दिलबहादुर छत्याल

नर्सहरुको आन्दोलनले बिरामी मर्कामा

मङ्गलबार, ०२ माघ २०७४

प्रदेश नम्बर ७ कै सबैभन्दा ठूलो र रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ। आन्दोलनका कारण उपचारका लागि भर्ना भएका बिरामीहरु समस्यामा परेका छन्।

उपाधि भिडन्तमा एपिएफ र आर्मी

सोमबार, ०१ माघ २०७४

आयोजक सुदूर पश्चिम ११ स्पोर्ट्स क्लबको यात्रा सेमिफाइनलमा रोक्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

कैलाली पुगेर देउवाको प्रश्न: प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

आइतबार, ३० पुष २०७४

रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न तयार भएको बताएका छन। प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ। आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन्।

मनाङलाई पन्छाउँदै आर्मी फाइनलमा

आइतबार, ३० पुष २०७४

त्रिभुवन आर्मी क्लबलाई ३–१ को नतिजा सुम्पिएपछि शनिबार साबिक विजेता लक्षमी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको अन्तिम चारबाट बाहिरिएको छ। क्वार्टरफाइनलमा रूपन्देही ११ लाई हराउँदाको टोलीमा दुई खेलाडी परिवर्तन गरेको मनाङले सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपाधि रक्षा गर्ने सपना समाप्त बनेको थियो । शुक्रबार घाइते भएका रक्षक कमल श्रेष्ठ र क्रिसको स्थानमा सुवास गुरुङ एवं विमल रानाले पहिलो रोजाइमा स्थान बनाएका थिए।

आर्मी खप्तड गोल्डकपको फाइनलमा

शनिबार, २९ पुष २०७४

बिभागीय टोली त्रिभुवन आर्मी क्लब साविकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीमाथि जित हात पार्दै सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। खचाखच दर्शकले भरिएको धनगढी रंगशालामा शनिवार भएको पहिलो सेमीफाइनलमा मनाङ मर्स्याङ्दीलाई ३–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको हो।

मनाङ अन्तिम चारमा

शनिबार, २९ पुष २०७४

रक्षक कमल श्रेष्ठ घाइते भएर अस्पताल लानु परेको लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबले शुक्रबार रुपान्देही ११ लाई ४–० ले हराउँदै सुदूर पश्चिम खप्तड गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

एपिएफको जितमा अन्जन नायक

बिहिबार, २७ पुष २०७४

नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर अन्जन विष्टको दुई गोलप्रेरित नेपाल एपिएफ क्लब बुधबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले कैलालीको धनगढी रंगशालामा बुधबार भएको क्वार्टरफाइनलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको प्रतिद्वन्द्वी सिएमजी क्लब संकटामाथि २–० को विजयी नतिजा निकालेको थियो ।

भुटानको यात्रामा पूर्णविराम

बुधबार, २६ पुष २०७४

पाहुना टोली भुटानको ड्रुक स्टार युथ क्लबको नेपाल यात्रा पहिलो खेलमै टुंगाउँदै अग्नि रूपन्देही ११ ले मंगलबार नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । धनगढी रंगशालामा रूपन्देहीले भुटानको यात्रामा ३–२ को नतिजाका साथ पूर्णविराम लगाएको थियो । अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा लामो यात्रा गरेर धनगढी आइपुगेको भुटाने टोली पहिलो खेलबाटै घर फर्किनुपरेको थियो । रूपन्देहीले भने शुक्रबार हुने क्वार्टरफाइनलमा साबिक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । १२ टोली सहभागी प्रतियोगिताको अन्तिम १६ मा बाइ पाएर मनाङ सोझै क्वार्टरफाइनल पुगेको टोली हो ।

थ्री स्टारको सुखद पुनरागमन

मङ्गलबार, २५ पुष २०७४

बुद्ध चेम्जोङले दुई गोल गरेपछि झन्डै डेढ वर्षपछि मैदानमा पुनरागमन जनाएको रुस्लान थ्री स्टार क्लबले सोमबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपमा सुखद सुरुआत गरेको छ ।

कैलालीमा वर्षकै बढी चिसो : विद्यालय बन्द, हवाई उडान अवरुद्ध

सोमबार, २४ पुष २०७४

कैलालीमा अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेको छ। जिल्लामा सोमबार यस बर्षकै सबैभन्दा बढी चिसो भएको छ। जल तथा मौसम बिज्ञान बिभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार कैलालीको तापक्रम यस बर्षको सबैभन्दा कम २.५ डिग्रीमा झरेको छ। अधिकतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ।

संकटालाई गोलकिपरको प्रेरणा

सोमबार, २४ पुष २०७४

धरान फुटबल क्लबमाथि पेनाल्टी सुटआउटमा जित हासिल गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको टोली सिएमजी संकटाले आइतबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकप प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

एपिएफ क्वाटरफाइनलमा

आइतबार, २३ पुष २०७४

पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपिएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कानुन नबन्दा अधिकार प्रयोग गर्न समस्या

मङ्गलबार, १८ पुष २०७४

सिंहदरबारको अधिकार गाउँमा पु¥याउने गरी अधिकारसम्पन्न बनाइएका स्थानीय तह सञ्चालन गर्ने कानुन नबन्दा जनप्रतिनिधिले सबै अधिकार प्रयोग गर्न पाएका छैनन् । निर्वाचन सकिएको सात महिना बितिसक्दा पनि स्थानीय तह सञ्चालनसम्बन्धी नियमावली नबनेकाले स्थानीय तहले आफै बनाउने कानुन पनि बनाउन पाएको छैन ।

प्रदेश ७ : सबैभन्दा धनी प्रदेश बन्न सक्ने

मङ्गलबार, ११ पुष २०७४

प्रदेश नम्बर ७ अर्थात् हिजोको सुदूरपश्चिम अन्य क्षेत्रको तुलनामा विकासले पछाडि छ । यहाँका ४५ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । तर समृद्धिको प्रचूर सम्भावना भने नभएको होइन । यहाँ देशभरकै करिब एक तहाई विद्युत् उत्पादन गर्न सकिन्छ । अमूल्य जडिबुटीको भण्डार यसै प्रदेशमा छ । प्राकृतिक सम्पदा तथा धार्मिक स्थलमा पनि यो प्रदेश धनी छ ।

प्रदेश ७ : थारू समुदायका ७ निर्वाचित

आइतबार, ०२ पुष २०७४

प्रदेश ७ मा प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ थारू समुदायका ७ जना निर्वाचित भएका छन् । कञ्चनपुरबाट १ र कैलालीबाट ६ जना चुनिएका हुन् । निर्वाचित हुनेमा प्रतिनिधिसभा सदस्यमा ३ र प्रदेशसभा सदस्यमा ४ जना छन् ।

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ : रावल

शुक्रबार, २९ मङि्सर २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनताको अभिमत गुमाईसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताएका छन्।

प्रदेश ७ मा प्रत्यक्षतर्फ थारु समुदायबाट ७ जना निर्वाचित

बिहिबार, २८ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा थारु समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फ ७ जना निर्वाचित भएका छन्। कंचनपुरबाट १ र कैलालीबाट ६ जना गरी ७ जना निर्वाचित भएका हुन्। प्रतिनिधि सभा सदस्यमा ३ र प्रदेश सभामा ४ जना विजयी भएका हुन्। करिब ४० प्रतिशत थारु रहेको कैलालीमा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव जित्नेमा थारु उम्मेवारको वाहुल्यता रहेको छ।

यस्ता छन् ७ प्रदेशमा मुख्यमन्त्रीका दाबेदार

बिहिबार, २८ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री बन्ला भन्ने कौतुहल बढेको छ ।

रेशम चौधरीको प्रमाणपत्र कुरियरबाट निर्वाचन आयोग पठाइयो

बुधबार, २७ मङि्सर २०७४

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रहरीको फरार सूचीमा रहेका रेशम चौधीको प्रमाणपत्र निर्वाचन अधिकृतले बुधवार कुरियरबाट निर्वाचन आयोगमा पठाएका छन्।

माननीय बने ‘फरार’ रेशम चौधरी

बुधबार, २७ मङि्सर २०७४

प्रहरीको ‘फरार’ सूचीमा रहेका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गर्दा ठूला दलले उनको उम्मेदवारीलाई हल्का रुपमा लिएर दाबी बिरोध गर्न पनि उचित ठानेनन् । चौधरीले राष्ट्रिय जनता पार्टीबाट वारेसमार्फत उम्मेदवारी दर्ता गरेका थिए । दाबी विरोध दर्ता नभएकाले उनको उम्मेदवारी कानुनी कि गैरकानुनी भनेर बहस नै चलेन ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।