दीपक खरेल

दीपक खरेल

ललितपुर महानगर बोर्डको निर्णय : पुल्चोक–कुपन्डोल फ्लाई ओभर निर्माण गरिने

शुक्रबार, ०९ असार २०७४

ललितपुर महानगरपालिकाले पुल्चोक देखि कुपन्डोलसम्म डेढ किलोमिटर लामोे फ्लाई ओभर निर्माणका लागि औपचारिक पहल सुरु भएको छ। महानगर बोर्डले फ्लाई ओभर निर्माणगर्ने औपचारिक निर्णय गरेको हो।

सातदोबाटोमा युवतीबीच फिल्मीशैलीमा 'ग्याङ्फाइट'

बुधबार, ०७ असार २०७४

सामाजिक सञ्जालको सामुहिक च्याट रुपबाट काभ्रेकी कोपिला गिरी र ओखलढुङगाकी सलिना राई सुनवारको चिनजान भएको थियो। फेसबुकको यो चिनजान धेरै दिन समधुर हुन सकेन। सातदोबाटो बस्ने गिरी र शान्तिनगर बस्ने राईबीच बादविवाद हुनथाल्यो। फेसबुक च्याट र मोबाईलमा एकले अर्कालाई धम्काउन थाले।

३५ युवा ठग्ने पाटन सुन्धाराकी २४ वर्षे युवती प्रहरी फन्दामा

बिहिबार, २५ जेठ २०७४

महँगा कपडा र जुत्ता। नयाँ मोडलको स्मार्टफोन। इन्टरनेशनल मेकअप। दैनिक वा कम्तिमा हप्तामा चार दिनसम्म काठमाडौं र झम्सिखेल क्लबमा पार्टी। खर्च दैनिक दुई देखि पाँचहजार उनको ठाँटबाट नै टोलमा अलग थियो। उनको हाउभाउ, लवाई–खवाई र कुराकानी शैली कसैलाई प्रभावित पार्न काफी थियो।

अदालतले कैदी छोड्यो, परिवार लिनै आएनन्

बिहिबार, २५ जेठ २०७४

उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएका एकजना कैदी ४५ दिनदेखि कारागारमै छन्। मानसिक रोगी रहेका कर्तब्य ज्यान मुद्दाका गौबहादुर गुरुङलाई परिवार लिन नआउँदा उनी नख्खु कारागारमै बस्न बाध्य भएका हुन्।

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

शुक्रबार, १९ जेठ २०७४

राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।

मेयर चिरीबाबु : राजनीति, जागिर, फेरि राजनीति

शनिबार, १३ जेठ २०७४

२०३७ सालको जनमत संग्रहपछि ललितपुर पुल्चोकका चिरीबाबु महर्जन राजनीतिक मैदानमा उत्रिए र तत्कालीन ललितपुर नगरपालिका वार्ड पञ्चायतको चुनाव जिते । २०३८ र २०४३ को स्थानीय निर्वाचनमा निर्वाचित भएका चिरीबाबुले २०४९ मा समेत हार्नुपरेन ।

म्यादी प्रहरीद्वारा दलित संघ उपाध्यक्षको हत्या, लिजा र जंगीले गरे खुलासा

बिहिबार, ११ जेठ २०७४

प्रहरीका तालिमप्राप्त कुकुरले मदिराले निम्ताएको एउटा हत्याकाण्डको पर्दाफास गरेको छ। तालिमप्राप्त प्रहरी कुकुर र लिजा र जंगीले घटनास्थलमा फेला पारेका सवुत सुँघेर हत्यामा संलग्न ब्यक्तिको बाटो पहिल्याएका हुन्।

ललितपुरको मेयरमा महर्जन

बिहिबार, ११ जेठ २०७४

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा कांग्रेसकै गीता सत्याल विजयी भएका छन्। मंगलबार राति मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवैलाई निर्वाचित भएको प्रमाणपत्र दिएको हो।

महानगरको पहिलो मत परिणाम : ललितपुरमा काँग्रेस विजयी

बुधबार, १० जेठ २०७४

धेरैको चासोको विषय बनेको चार महानगर मध्ये ललितपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । निकै नै प्रतिष्पर्धात्मक रुपमा अगाडि बढेको मतगणनासम्पन्न हुँदा ललितपुरमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

ललितपुर महानगरमा काँग्रेसको २ सय मतको अग्रता

मङ्गलबार, ०९ जेठ २०७४

ललितपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतिर पुग्नै लाग्दा काँग्रेस-एमालेबीच प्रतिस्पर्धा चुलिएको छ। चार वटा वडाको मतगणना बाँकी रहँदा काँग्रेस मेयर प्रत्यासी चिरिबाबु महर्जन एमालेका मेयर प्रत्यासीभन्दा २०३ मतले अगाडि छन्।

साझाकी शाक्यको यात्राः विहारदेखि उपमेयर दौडसम्म

मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौं उपत्यकाका शाक्यहरुका पुर्खाको लहरो गौतम बुद्धसम्मै पुग्छ भनिन्छ। त्यसैले आफ्नो कुलमा बुद्ध जन्मिएकोमा उनीहरु गर्व गर्छन्। र, सकेसम्म बुद्धको मार्गमा हिँड्न प्रयास गर्छन्। शोभा शाक्य त्यसबाट टाढा रहने कुरै थिएन। लोककृति विहार पाटनको निर्वतमान अध्यक्ष उनले त्यो बिहारलाई १० वर्षसम्म नेतृत्व दिइन्। युवक बौद्ध मण्डलको नेतृत्वमा रहँदा उनले बुद्धको जीवनोपयोगी शिक्षा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याइन्। त्यो एउटा समर्पणपको समय थियो– बुद्ध, धर्म र संघप्रति।

ललितपुर-२२ मा माओवादी उम्मेदवारको २ मतको रोमाञ्चक जित

सोमबार, ०८ जेठ २०७४

निर्वाचनमा प्रत्येक भोट मूल्यवान हुन्छ भनिन्छ। यो भनाई ललितपुर महानगरपालिकाको जारी मतगणनामा प्रत्यक्ष देखिएको छ। २२ नं.वडाका माओवादी वडाअध्यक्ष प्रत्यासी अम्बिराज शाक्यले दुई मतको रोमाञ्चक जित हात पारेका छन्।

ललितपुर महानगरमा कांग्रेसको अग्रता कायमै

सोमबार, ०८ जेठ २०७४

ललितपुर महानगरपालिकाको २० वडासम्मको औपचारिक मत परिणाम घोषणा भएको छ। हाल २२ र २३ को घोषणाको तयारी र वडा नम्बर २४ को मतगणना अन्तिम चरणमा पुगेको छ। महानगरमा रहेका २९ वडामा हालसम्मको मतपरिणाममा मेयर र उपमेयरमा कांग्रेसकै अग्रता रहेको छ।

अन्तर्घात गरेको भन्दै ललितपुरका माओवादी उम्मेदवारद्वारा पार्टी परित्याग

शुक्रबार, ०५ जेठ २०७४

ललितपुर महानगरपालिकाका एक जना माओवादी उम्मेदवारले आफ्नै पार्टी कार्यकर्ताले षड्यन्त्र गरेर आफूलाई हराएको भन्दै पार्टी परित्याग गरेका छन्। ललितपुरको ११ नम्बर वडाका माओवादी वडाअध्यक्ष उम्मेदवार अरोजकुमार खड्गीले अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको पत्र पेरिसडाँडामा बुझाएका हुन्।

ललितपुरमा साझाले पायो न्यानो स्वागत

शुक्रबार, ०५ जेठ २०७४

ललितपुर महानगरपालिको मतपरिणामको पूर्व अनुमानलाई गलत सावितगर्दै माओवादी केन्द्रका उम्मेदवारलाई साझा पार्टीले निरन्तर पछि पारिरहेका छन्। उपमेयरमा साझाकी शोभा शाक्य दोस्रो स्थानमा छिन्।

ललितपुरको दुर्गममा माओवादी, सुगममा कांग्रेस–एमाले

शुक्रबार, ०५ जेठ २०७४

ललितपुरका दुई नगरपालिकामध्ये एउटा नेपाली कांग्रेसले जितेको छ। गोदावरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए।

अाफ्नै वडामा वर्चश्व राख्न सकेनन् ललितपुरका मेयर उम्मेदवारले

बिहिबार, ०४ जेठ २०७४

ललितपुर महानगरपालिकाको मत गणना निकै रोचक र सनसनीपूर्ण बन्दै गएको छ। महानगरका २९ वडामध्ये नौ वडासम्मको नतिजामा आईपुग्दा दोस्रो पटक झिनो मतानन्तरले एमाले अघि लागेको छ।

ललितपुरमा राप्रपालाई एमालेको धोका !

बुधबार, ०३ जेठ २०७४

स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडा भएको तलमेललाई मतदाताले अस्वीकार गरिदिएका छन्। एमाले मतदाताको सहयोग नपाउँदा महानगरपालिकाका ७ वडाको मतपरिणाम आउँदा राप्रपा वडा सदस्यमा समेत विजयी हुन सकेको छैन।

ललितपुर महानगरमा साझाले माओवादी उछिन्यो

बुधबार, ०३ जेठ २०७४

ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले माओवादीभन्दा राम्रो मत पाइरहेका छन्। दुवै उम्मेदवार माओवादीलाई उछिन्दै तेस्रो स्थानमा छन्।

ललितपुर महानगरमा काँग्रेसको अग्रता, साझा पार्टी तेस्रो

बुधबार, ०३ जेठ २०७४

ललितपुर महानगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जन ६०८४ मतका साथ अग्रस्थानमा छन्। एमालेका हरिकृष्ण ब्यञ्जनकार ५७७४ मतका साथ दोस्रो स्थानमा छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।