शिवहरि घिमिरे

शिवहरि घिमिरे

विवेकशील साझा घोषणापत्र : प्राथमिकता सुशासन र समृद्धि

शनिबार, २५ कार्तिक २०७४

विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि शुक्रबार चुनावी घोषाणापत्र सार्वजनिक गरेको छ । भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट विवेकशीलका उज्वल थापा, किशोर थापा, रवीन्द्र मिश्रलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरे ।

भरिन आँट्यो ओखरपौवा, तयार छैन बञ्चरेडाँडा

बिहिबार, १६ कार्तिक २०७४

विगत १२ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर ‘डम्प’ गरिँदै आएको नुवाकोटको ओखरपौवामा अब ६ महिना मात्र फोहर अट्ने आकलन सँगै अब कहाँ फोहोर व्यवस्थापन गर्ने भन्ने प्रश्न उब्जिएको छ ।

संग्रहालयमा बाग्मती सभ्यता

शनिबार, ११ कार्तिक २०७४

पाटन दरबारबाट बायाँ मोडिएर करिब सात मिनेटको भित्री बाटो हिँडेपछि पुगिन्छ, च्यासल चोक । चोकबाट केही पर देखिन्छ, एउटा अग्लो भवन । भवनको बाहिरपट्टि लेखिएको छ ‘ज्यापु प्रज्ञा भवन’ । भवनको दक्षिण ढोकाबाट भित्र छिर्नेबित्तिकै देखिन्छ, ‘ज्यापु संग्रहालय’।

अल्छी जनता जगाउने नाच

शुक्रबार, १० कार्तिक २०७४

छिप्पिँदो रातमा सहरको मुख्य चोकबाहेक सबै बस्ती सुनसान थियो । घडीको सुईले रातको ९ बजाउँदै गर्दा ललितपुरस्थित पाटन दरबार क्षेत्रमा उल्लास छाएको थियो। चारैतिर बलेका बत्तीले दरबार क्षेत्र दिन जत्तिकै उज्यालो देखिन्थ्यो।

जनता ‘ऋणमुक्त’ भएपछि नेपाल संवत्

बिहिबार, ०२ कार्तिक २०७४

नेवार समुदायले नयाँ वर्षका रूपमा शुक्रबार नेपाल संवत (११३८) मनाउँदै छन् । नेपाल संवत्लाई विश्वमा प्रचलित संवतहरू मध्येकै भिन्न संवत् मानिन्छ । संस्कृतिविद्हरूका अनुसार नेपाल संवत् देशको नाममा प्रचलनमा ल्याइएको एकमात्र संवत हो । ‘विश्वमा कुनै पनि संवतहरू कुनै धर्म, धार्मिक नेता, शासकहरूको नामबाट रहेका छन्,’ संस्कृतिविद् हरिराम जोसीले भने, ‘चन्द्रमानक पात्रोमा आधारित आफ्नै आत्मालाई पूजा गर्ने संवत् नेपाल संवत् मनाउने प्रचलन नेपालमा मात्रै छ ।’

लोकप्रिय निर्णय, कार्यान्वयन शून्य

सोमबार, ३० असोज २०७४

दुवै लेनमा खचाखच सवारी छन् । चालक गाडीको ब्रेक घ्याच्च–घ्याच्च पार्दै अगाडि बढ्न खोज्दै छन् । बिहानैदेखिको जामले सवारीको ताँती छ । सडकमा खटिएका ट्राफिक प्रहरीलाई जाम हटाउन हम्मेहम्मे परिरहेको देखिन्छ ।  आइतबार बिहान १० बज्नै लाग्दा सातादोबाटो–लगनखेल सडकखण्डमा देखिएको दृश्य हो यो । यही सडकलाई गत असोज १ गते ललितपुर महानगरपालिकाले जाममुक्त घोषणा गरेको थियो।

चाडबाडमा बढ्दै पठनीय संस्कृति

शनिबार, २८ असोज २०७४

फूलपातीको अघिल्लो दिन घर हिँडेका लमजुङका नवीनचन्द्र घिमिरेको झोला भारी थियो । अन्य सामानले नभई हालै प्रकाशित पुस्तकले उनको झोला भरिएको थियो । दसैँका बेला घरमा पढ्नका लागि उनले झोलाभरि पुस्तक हालेका थिए । जुवातास नखेल्ने र अन्य रमाइलो खासै मननपर्ने भएकाले दसैँको समय किताब पढेर सदुपयोग गर्दै आएको उनले सुनाए ।

भएन पुनर्निर्माण, उम्रियो झार

शुक्रबार, २७ असोज २०७४

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त रानीपोखरीमा अहिले झारले ढाकेको छ । करिब एक वर्षअघि पुनर्निर्माणका लागि भन्दै पोखरीको पानी फालेर माछालाई समेत कमलपोखरीमा स्थानान्तरण गरिएको थियो ।

टेलिफोन खोज्दै डोल्पाबाट काठमाडौं

आइतबार, २२ असोज २०७४

डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाका जनप्रतिनिधिगाउँमा टेलिफोन सेवा पु¥याइमाग्न काठमाडौंआइपुगेकाछन् । से–फोक्सुन्डो गाउँपालिकाका वडा नं. ६ र ७का वडाअध्यक्ष सहितनागरिक समाजकाअगुवा टेलिफोन माग्नकाठमाडौं आएकाहुन् ।

भुटानमा नेपाली भाषा

बिहिबार, १९ असोज २०७४

भुटानको राजधानी थिम्पुमा प्रायजसोले नेपाली भाषा बोल्छन् । पसल र होटलमा नेपाली गीत नै गुञ्जिरहेका भेटिन्छन् । थिम्पुका ३ लाख जनसंख्यामध्ये २ लाखले नेपाली भाषा बोल्न र बुझ्न सक्छन् ।

बढ्दै चितुवाको सन्त्रास

बिहिबार, १९ असोज २०७४

बालबालिकामाथि पटकपटक चितुवाको आक्रमण भइरहँदा जिम्मेवार निकाय भने यस विषयमा खासै गम्भीर देखिएको छैन । जिल्लामा वन्यजन्तु नियन्त्रण र वन हेरचाह गर्ने निकाय जिल्ला वन कार्यालय हो । तर कार्यालयले हालसम्म चितुवाको आक्रमणबारे कुनै समाधान गर्न खोजेको देखिन्न ।

काठमाडौंमा नयाँ कुमारी आउँदै

आइतबार, ०८ असोज २०७४

नौ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’ को परिवर्तन गरिने भएको छ । कुमारीलाई जीवित देवीका रुपमा पुजिन्छ । हालकी कुमारी मतिना शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएकाले नयाँ ल्याउन लागिएको हो ।

भुटानसँग वाणिज्य सन्धि नहुँदा करोडौं व्यापार घाटा

मङ्गलबार, ०३ असोज २०७४

नेपाल र भुटानबीच दुईपक्षीय वाणिज्य सन्धि नहुँदा नेपालले करोडौं व्यापार घाटा बेहोर्दै आउनुपरेको छ । सात लाख ५० हजारमात्रै जनसंख्या भएको भुटानसँगको दुईपक्षीय व्यापार व्यवसायलाई नेपालले ध्यान दिन नसक्दा घाटा बेहोर्नुपरेको हो।

‘कहाँ पुग्याे पुनर्निर्माण महाअभियान ?’

शुक्रबार, ३० भदौ २०७४

करिब एक वर्ष सात महिनाअघि ललितपुरको बुङमती मुख्यद्वारनजिकै झकिझकाउ थियो, एउटा मञ्च । ब्यानर, तुल र फूलमालाले सिँगारिएको मञ्चवरपर बाक्लो थियो, सुरक्षाकर्मीको उपस्थिति ।

भुटानमा सुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला

शुक्रबार, ३० भदौ २०७४

भुटानको राजधानी थिम्पुमा बिहिबारदेखि ७औं भुटान अन्र्तराष्ट्रिय व्यापार मेला सुरु सुरु भएको छ । दक्षिण एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धन गर्ने र स्वदेशी उत्पादनलाई अन्र्तराष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले मेला सुरु भएको हो ।

पुस्तकालय प्रेम

शनिबार, २४ भदौ २०७४

जसरी कफी सपले युरोपमा ‘पब्लिक स्पेयर’को जन्म गरायो, त्यसैगरी पुस्तकालयले संसारका धेरै स्थानमा नयाँ वादहरू जन्माएको छ, धेरैको अर्धचेतन मनलाई जगाएको छ । पुस्तकालय संस्कृति कुनै पनि समाजका लागि नयाँ होइन र यो कसैका लागि पुरानो पनि बन्दैन । किनकि जब पुस्तकालय धाउने एउटा पुस्ताको अन्त्य हुन्छ, सँगसँगै अर्को पुस्ताको जन्म भइरहेको हुन्छ ।

इन्द्रजात्रामा २९ गुठीको सहयात्रा, यस्तो छ रुट

सोमबार, १९ भदौ २०७४

हरेक टोलबाट आफ्नो गुठीले पाएको जिम्मेवारीअनुसार खटिन तयार भेटिन्छन् सदस्य र टोलवासीहरू । वर्षैभर जस्तो सक्रिए रहने नेवार समुदायका धेरै गुठी सदस्य एकत्रित भएका छन्, यसबेला वसन्तपुर क्षेत्रमा । उनीहरू सबैको एउटै ध्येय छ– इन्द्रजात्रालाई सफल बनाउनु ।

तालिमले सक्षम बन्दै ग्रामीण महिला

आइतबार, १८ भदौ २०७४

तरकारी खेतीबारे तालिम लिनुपूर्व ललितपुर वागमति गाउँपालिका घुसेलकी ५८ वर्षीय माइली थिङ तरकारीमा लाग्ने रोगदेखि हैरान थिइन् ।

सुरु भएन निर्माण, सकिनै लाग्यो समय

शुक्रबार, १६ भदौ २०७४

संयुक्त राष्ट्र संघ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले यही सेप्टेम्बर १४ भित्र सम्पदा पुनर्निर्माण सुरु गर्न समयसीमा तोकेको छ । सेप्टेम्बर सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा पनि सरकारले विश्वसम्पदामा सूचीकृत सम्पदाको पुनर्निर्माण सुरु गरेको छैन।

इन्द्रजात्राको तयारी अन्तिम चरणमा

शुक्रबार, १६ भदौ २०७४

‘यो जात्राले उपत्यकाको पहिचान बोकेको छ, जात्रा अवधिभर उपत्यकामा बेग्लै रौनक हुन्छ ।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।