डा सुभाष पोखरेल

डा सुभाष पोखरेल

निर्वाचनमुखी नागरिक अभियान

मङ्गलबार, ०५ मङि्सर २०७४

परिवारलाई टिकट दिने, पैसासँग जनप्रतिनिधिको तालिका साट्ने अनि गुन्डालाई राजनीतिमा भित्र्याउने रोगबाट नेपाली कांग्रेस, एमाले अनि माओवादी कोही पनि अछूतो नदेखिनुले नेपालको राजनीति मुगाबे पथमा हिँडेको भन्दा अन्यथा नहोला ।

देश धान्ने बाह्य नेपाल

मङ्गलबार, २१ कार्तिक २०७४

अरबमा काम गर्ने गरिबका सन्तति आफूले कमाएको सम्पत्ति वैधानिक बाटोबाट नेपाल पठाउँछ भने सुशिक्षित समूहले नेपालमा रहेको नगद गैरकानुनी विधिमार्पmत विदेश ल्याउँछ । नेपालबाट पैसा ल्याएर विदेशमा व्यापार सुरु गर्ने तथा अचल सम्पत्ति जोड्नेको बढ्दो संख्याले अरु के भन्छ र ?

बौद्धिक पलायनको सान्दर्भिकता

मङ्गलबार, ०७ कार्तिक २०७४

संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो ज्ञानलाई मानव हितमा खर्चिनु नै बौद्धिक पलायनताको प्रथम मन्त्र भएकाले विदेशमा बस्ने र स्वदेशमा रहने बौद्धिक ब्यक्तित्वबीच विज्ञानका सम्भाब्य क्षेत्रमा सहकार्यको थालनी गर्नु आजको आवश्यकता हो ।

गोविन्द केसी र राधेश्याम अधिकारी

मङ्गलबार, २७ भदौ २०७४

सरकार तथा ठूला राजनीतिक दल भ्रष्टहरूको संरक्षणमा लागेको अवस्थामा नागरिक समाज र पत्रकार जगत् अनियमितता उजागर गर्न एकजुट भएको देखियो । मिडिया र नागरिक समाज एकजुट हुँदा ज्ञानेन्द्रको निरंकुशताको सहज अन्त्य भएको यथार्थ अहिलेका शासकको मानसपटलबाट सायद हटेको छैन होला ।

भ्रष्टाचारमा सापेक्षता

मङ्गलबार, १३ भदौ २०७४

नेताहरूले लोकमानलाई भ्रष्ट देखेनन् अनि उसलाई अख्तियारको आयुक्त बनाए भन्ने हँुदै होइन बरु आफूहरूभन्दा पनि अधिक अनैतिक कार्कीको नजरमा आफूहरू सफा नै देखिने भएकाले उनले आफूहरूलाई कारबाही गर्न नसक्ने ठहर गरेरै उनलाई सर्वदलीय सहमतिमा अख्तियारको साँचो दिएको बुझ्न कठिन भएन ।

भ्रष्टाचार नियन्त्रणका सहयात्री

मङ्गलबार, ३१ साउन २०७४

भ्रष्टाचारी सावित व्यक्तिले समेत चुनाव लड्न पाउने गरी कानुन संशोधन गर्ने सांसद राधेश्याम अधिकारीले नेतृत्व गरेको अभियानमा लाग्ने अधिकांश सांसद कांग्रेस समर्थित हुनुका अतिरिक्त खुमबहादुर निकटस्थ रहनुले उनलाई राजनीतिक नेतृत्वमा पुनर्स्थापित गर्नु नै उक्त ऐन संशोधनको लक्ष्य देखियो।

विदेश प्रशिक्षित नेतृत्व र विकास

मङ्गलबार, १७ साउन २०७४

बौद्धिकताको खोल ओडेर संविधानलाई पंगु बनाए बाबुरामले। दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीको दयनीय प्रस्तुतिपछि चुनावको नतिजा नमान्ने निर्णय गर्न पार्टीलाई बाध्य बनाए उनैले।

नागरिक सम्मान अभियान

मङ्गलबार, ०३ साउन २०७४

न्यायको सर्वमान्य पारदर्शिताको सिद्धान्तलाई कुण्ठित गर्ने गरी लेखिएको कर फर्छ्योटसँग सम्बन्धित कानुन संविधानको लिखत र भावना दुवैको प्रतिकूल भएकाले त्यस्ता ऐन प्रारम्भदेखि नै बदर गरी थप उत्खनन् गर्न आवश्यक देखियो।

भ्रष्टाचारमा सर्वदलीय एकता

मङ्गलबार, २० असार २०७४

भ्रष्टाचारको अभियोगमा गत महिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा संलग्न फाइलको प्रारम्भिक अध्ययनले उनले ३ अरब २ करोड रुपियाँ अनियमितता गरेको आयोगले ठहर ग¥यो ।

शिक्षा, राजनीति र विकास

मङ्गलबार, ०६ असार २०७४

शिक्षक मुक्तिनाथ अधिकारीलाई माओवादीले मार्नु एउटा उदाहरणका रूपमा लिन सकिन्छ। मुक्तिनाथ जस्ता हजारांै शिक्षित व्यक्ति देशभर हुँदा हुन त माओवादीले कति मुक्तिनाथ मार्न सक्थे?

अदालती हस्तक्षेपको दरोकार

मङ्गलबार, २३ जेठ २०७४

च्यातिएका मतपत्र पन्छाएर बाँकी भोट गणना गरी ९० मत निर्णायक भए/नभएको निर्क्योल गर्नुको बदला हतारमा अर्को चुनावको मिति तोकेबाट नै आयोगको नेतृत्व परिपक्व नभएको देखियो।

अस्वस्थ चुनावको असर

मङ्गलबार, ०९ जेठ २०७४

भरतपुर महानगरमा माओवादी उम्मेदवारलाई मतदान गर्न कांग्रसेले गरेको आह्वानले नेपाली कांग्रेसलाई दीर्घकालीन नोक्सान बेहोर्नुपर्ने देखिन्छ। उक्त कुरा अन्य दलको हकमा पनि त्यत्तिकै सत्य रहेको बेहोरा दोहोर्‍याइरहनु परेन।

जनताले नबुझेको महाभियोग

मङ्गलबार, २६ बैशाख २०७४

प्रधानन्यायाधीशका रूपमा सुशीलाको हजारौँ खराबी खोज्न सकिन्छ तर उनलाई कसैले पनि आर्थिकरूपले भ्रष्ट भन्न सक्दैन। निरपेक्ष जनताको नजरमा उनी महाभियोग खेप्नुपर्ने खराब आचरणकी न्यायमूर्ति हुँदै होइनन्।

सापेक्ष आतिथ्यता र राष्ट्रवाद

मङ्गलबार, १२ बैशाख २०७४

अमेरिकाका राष्ट्राध्यक्षले आधा शताब्दीअघि संसारकै गरिब मुलुक नेपालका राजालाई एयरपोर्टमै स्वागत गरे। तर छिमेकी भारतले अहिले पनि हाम्रा राष्ट्राध्यक्षलाई राज्यमन्त्रीबाट आतिथ्य दिनुलाई नेपालको महत्व स्खलित भएको भन्दा अन्यथा नहोला।

विद्यार्थी राजनीतिको औचित्य

मङ्गलबार, २९ चैत २०७३

स्ववियु हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने बाटो बन्द गर्ने हो भने भिन्न कुकर्मबाट रकम कुम्ल्याएका ‘डन’हरुले नेताको बोलकबोल बमोजिमको रकम तिरेर उच्च राजनैतिक तहमा पुग्ने सम्भावना रहन्छ।

अर्बुद रोगको वर्तमान

मङ्गलबार, १५ चैत २०७३

जसरी सावधानी अपनाउँदा, गाडीलाई दुरुस्त राख्दा, बाटो नियमित मर्मत गर्दा सवारी दुर्घटना न्यून गर्न सकिन्छ त्यसैगरी खानपान तथा वातावरणीय परेजले क्यान्सरलाई केही नियन्त्रित गर्न भने अवश्य सकिन्छ।

पेशाकर्मीको राजनीतिक निरपेक्षता

मङ्गलबार, ०१ चैत २०७३

विश्वेश्वरप्रसाद कोइराला संयुक्त राज्य अमेरिकामा क्यान्सरको इलाज गर्न आउँदा त्यहाँ अध्ययन तथा पेशा गर्ने नेपालीले परामर्शका क्रममा आफूहरूले देशमा प्रजातन्त्र पुनस्र्थापनाका खातिर के कसरी योगदान गर्न सकिन्छ ? आफूहरूले दक्षताका काम छोडी नेपाल गएर राजनीतिमा प्रवेश गर्ने हो कि भन्ने प्रश्न गरे ।

कोइराला डक्ट्रिनको निरन्तरता

मङ्गलबार, १७ फागुन २०७३

राजनीतिक निष्ठामा अडिग हुँदा गणेशमान, कृष्णप्रसाद तथा मनमोहन अधिकारी बनिने तर मूल्य र मान्यतालाई तिलाञ्जली दिएर व्यक्तिगत स्थार्थमा लागे गिरिजाप्रसाद तथा कमल थापा बन्न सकिने नेपाली दलीय व्यवस्थाले देखाएको बाटो हो। दुर्भाग्यवस नेपाली राजनीतिमा सबैका आदर्श गिरिजा र कमल देखिए।

नातावाद विरोधी कानुन आवश्यक

मङ्गलबार, १८ माघ २०७३

प्रम सुशील कोइरालासँग मरिहत्ते गरी छोरालाई जागिर दिलाउने रामचन्द्र पौडेलले श्रीमती सभासद् बनाएकामा शेरबहादुरको कसरी विरोध गर्ने? अनि श्रीमतीलाई मन्त्री बनाउन मरिहत्ते गर्ने बाबुरामले सन्तानलाई रोजगारी दिए भनेर प्रचण्डको कुन मुखले विरोध गर्नु?

जलविद्युत्को भविष्य

मङ्गलबार, ०४ माघ २०७३

अहिलको राष्ट्रिय ऊर्जा खपतको न्यून हिस्सामात्र विद्युत्ले समेटेको वास्तविकता मध्यनजर राख्दा देशको आन्तरिक ऊर्जा माग धान्न स्वदेशी लगानीमा आधारित जलविद्युत् आयोजनाको स्थापना अविलम्ब अत्यावश्यक देखियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।