चिरन शर्मा

चिरन शर्मा

‘दारु पत्रकार’

सोमबार, २२ माघ २०७४

सन् २०१५ को अक्टोबरमा काठमाडौंस्थित अन्नपूर्ण होटलमा गैर आवासीय नेपाली संघको रात्रीभोज चल्दै थियो। देशका धनाढ्यदेखि सेलिब्रेटीसम्मको उपस्थिति थियो। तारे होटलमा आयोजित भोज, त्यो पनि एनआरएनले गरेको पार्टीमा मदिराको कमी हुने कुरै भएन। मदिरा सौखिनका लागि त्यो ठूलो मेला र अवसर जस्तै थियो। विदेशी ब्रान्डको रक्सी रोजी रोजी पिउन पाउने अवसरलाई धेरैले उपयोग गरिरहे।

लण्डनमा परोपकारी कविता कन्सर्ट

शुक्रबार, १९ माघ २०७४

बेलायतमा पहिलोपल्ट बृहत् रूपमा कविता कन्सर्टको आयोजना गरिने भएको छ।

शेयर बजारमा एनआरएनको दस अर्ब रुपैयाँ

बुधबार, १० माघ २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतमा विश्वभरका नेपाली समुदायबाट संकलन हुने १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा भित्रिने भएको छ।

बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय

सोमबार, ०८ माघ २०७४

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीबी नेपालले ग्लोबल आईएमई बैंकको वेलायतमा सम्पर्क कार्यालयको उद्धघाटन गरेका छन्। नेपालीको उच्चजनघनत्व रहेको अल्डरशटमा स्थापना गरिएको बैंक कार्यालयको आइतबारदेखी औपाचारिक रुपमा उद्धघाटन गरिएको हो।

स्वास्थ्यमा उल्लेख्य सुधार: डा. उपेन्द्र देवकोटा

बुधबार, १२ पुष २०७४

लन्डनको किङ्ग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार्थ भर्ना भएका पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।

एकपटक पुग्नै पर्ने देश नेपाल

बिहिबार, २३ कार्तिक २०७४

विभिन्न सरकारी अधिकारीहरुले बेलायती पर्यटन व्यवसायी नेपालको भ्रमण गर्न आमन्त्रण गरेका छन्। लन्डनस्थित नेपाली दूतावासमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बीबीसीले जीवनमा एकपटक पुग्नै पर्ने देशको रुपमा नेपालको उल्लेख गरेको बताए।

प्रस्तुतिका लागि नेपाल अाइडल टोली लन्डनमा

बिहिबार, १६ कार्तिक २०७४

नेपाल आइडल बिजेता टोली बेलायतका विभिन्न शहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिन लन्डन आइपुगेको छ। पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनल र संसारा ग्रुपअन्तर्गत मनकामना मनी ट्रान्सफरको आयोजनामा बेलायतमा हुने कन्सर्टमा प्रस्तुति दिन उनीहरु लन्डन आएका हुन्।

घलेद्वारा प्रस्तुत 'भिजन २०२०' संशोधनसहित पारित

आइतबार, २९ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थागत पुनःसंरचना गर्न अध्यक्ष शेष घलेले प्रस्तुत गरेको भिजन २०२० एन्ड बियोन्ड नामक प्रस्ताव काठमाडौंमा जारी विश्व सम्मेलनले संशोधनसहित पारित गरेको छ।

एनअारएनए अध्यक्षको 'भिजन २०२०' प्रस्ताव संशाेधनसहित पारित

आइतबार, २९ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थागत पुनःसंरचना गर्न अध्यक्ष शेष घलेले प्रस्तुत गरेको 'भिजन २०२० एन्ड बियोन्ड' नामक प्रस्ताव काठमाडौंमा जारी विश्व सम्मेलनले संशोधनसहित पारित गरेको छ। सम्मेलनले विवादित बुँदा संशाेधन गरी प्रस्ताव पारित गरेको हो।

उपाध्यक्षका तीन पदमा अाठ अाकांक्षी, युरोपको मत निर्णायक

शुक्रबार, २७ असोज २०७४

शनिवारदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्। एनआरएनको नयाँ नेतृत्व चयनका लागि सोमवार मतदान हुँदैछ। विभिन्न देशबाट आएका प्रतिनिधिले आ–आफ्नो चुनावी रणनीति तय गर्न काठमाडौंका विभिन्न होटलमा अड्डा जमाएका छन्। भावी नेतृत्व लिन सक्ने भएकाले महत्वपूर्ण मानिने उपाध्यक्षको २ (खुल्ला) पदमा अहिलेसम्म ६ जना आकांक्षी देखिएका छन्।

जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

बिहिबार, २६ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएए) का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष पदमा वर्तमान आइसीसी सदस्य जुमना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। बिहीबार होटल र्‌याडिसन पत्रकार सम्मेलन गर्दै उनले २०१७–२०१९ कार्यकालका लागि आफू उम्मेदवार हुने बताएकी हुन्।

तीन साहित्यकारलाई पद्मश्री सम्मान

बिहिबार, १९ असोज २०७४

लामोसमयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै  ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो ।

एनआरएन उपाध्यक्षमै निरन्तरता दिने पन्तको घोषणा

बिहिबार, १९ असोज २०७४

गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनाबी अभियान सुरु गरेका छन् । जर्मनीको फ्रेकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् ।

एनआरएन निर्वाचन : को बन्ला युरोप क्षेत्रीय संयोजक?

शनिबार, ०७ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न ग्लोबल अधिवेशन नजिक आउँदै गर्दा युरोपका गैरआवासीय नेपालीलाई निर्वचनको चटारो सुरु भएको छ। रणनीतिक रुपमा निकै महत्वको मानिने युरोप संयोजकको एक पदमा ६ जना आकांक्षी देखिएका छन्। एनआरएनको युरोप क्षेत्र केन्द्रलाई प्रभावित पार्न सक्ने एवं लगानी क्षमताका दृष्टिले सबैभन्दा शक्तिशाली मानिन्छ। यो पटकको निर्वाचनका लागि क्षेत्रीय संयोजकमा वेलायतका थर्क सेनले सबैभन्दा पहिला आफ्नो दाबी प्रस्तुत गरेका थिए।

बेलायत काँग्रेसमा युवराज गुरुङ सर्वसम्मत

आइतबार, ०१ असोज २०७४

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्विरोध निर्वाचित भएका छन्। समितिको शनिवार हन्स्लोमा सम्पन्न चौथो अधिवेशनले गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो।

भाजपा नेता जोलीद्वारा वेलायतमा सुमार्गीको पुस्तक विमोचन

बिहिबार, २९ भदौ २०७४

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपाल एक मात्र हिन्दू राष्ट्र भएको बताएका छन्। लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालमा धर्मान्तरण बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपाल मात्र हिन्दूहरुको आस्थाको केन्द्र भएको उनको दाबी थियो।

एनआरएन यूकेको अध्यक्षमा फगामी विजयी

सोमबार, २६ भदौ २०७४

गैर आवासीय नेपाली संघ यूकेको अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनमा फगामी १ हजार २९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए। त्रिपक्षीय प्रतिपर्धामा अध्यक्षका प्रत्यासीद्वय कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरका थिए।

एमाले फ्रान्सको अध्यक्षमा वाग्ले

सोमबार, १२ भदौ २०७४

फ्रान्सस्थित नेकपा एमाले निकटसंस्था प्रवासी नेपाली मञ्चको अध्यक्षमा भक्तबहादुर वाग्ले चयन भएका छन्। प्रवासी नेपाली मञ्च फ्रान्सको आइतवार सम्पन्न पहिलो अधिवेशनले वाग्लेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो।

लन्डनमा नेपाली मेलाको रमझम

सोमबार, १२ भदौ २०७४

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका तमुधिं यूकेले आयोजा गरेको नेपाली मेला २०१७ भव्य रुपमा सम्पन्न भयो। आइतवार लण्डनस्थित केम्पटन पार्क रेस कोर्समा १० औं हजार नेपाली तथा विदेशी पाहुनाको सहभागितामा सम्पन्न मेलामा विभिन्न संघसंस्थाको प्रतिनिधिले नेपाली कला संस्कृति झल्किने झाँकी निकालेका थिए।

बेलायतमा नेपालीको घरबाट २५ लाख रुपैयाँको गरगहना चोरी

मङ्गलबार, ०६ भदौ २०७४

बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। नेपालीको उल्लेख्य रुपमा बसोबास रहँदै आएको अल्डरशट, फानवरो, हन्स्लोलगायतका क्षेत्रमा सुनका गरगहना चोरी हुने क्रम बढेको हो। यस्तै घटना हालै हन्स्लो काउन्सिल अन्र्तगतको फेलथानमा बस्ने एक नेपालीको घरमा दोहोरिएको छ।