रामचन्द्र भट्टराई

संविधान कार्यान्वयन र निर्वाचन

सोमबार, ०७ चैत २०७३

समयसीमाभित्र चुनाव भएन भने लोकतन्त्रको हार हुनेछ। जनताको बलिदानबाट प्राप्त उपलब्धिको हार हुनेछ। त्यस कारण चुनाव कि संशोधन भन्ने प्रश्नमा चुनाव नै पहिलो हुनुपर्छ।

निर्वाचन स्थगनको प्रस्ताव

मङ्गलबार, १७ फागुन २०७३

जहाँतक संविधानमा मधेसकेन्द्रित दलका माग सम्बोधन गर्ने कुरा छ, संसद्मा प्रस्ताव पेश गर्ने, त्यसको निर्णयलाई मानेर जाने कुरा नै सर्वोत्तम लोकतान्त्रिक विधि हो।

जनयुद्ध दिवस र धु्रवीकरण

आइतबार, ०८ फागुन २०७३

कुर्सीका लागि आफ्नै वर्गमित्रलाई लात हानेर प्रतिधु्रवीय शक्तिसँग घाँटी जोडी सत्तामा जाने विडम्बना अहिले पनि विद्यमान छ। प्रचण्ड र कांग्रेसको साँठगाँठ यसको ज्वलन्त प्रमाण हो।

संशोधन प्रस्ताव र निर्वाचन

शुक्रबार, २८ माघ २०७३

रहस्यपूर्ण र षड्यन्त्रपूर्ण ढंगले अरु कसैको इशारामा अखण्ड नेपाललाई खण्डित गर्ने उद्देश्यले दर्ता गरिएको संशोधन प्रस्ताव पारित गर्ने संवैधानिक अधिकार वर्तमान व्यवस्थापिका-संसद्को छैन।

भूगोलको रेखांकन उत्तर–दक्षिण

मङ्गलबार, २३ कार्तिक २०७३

हिमाल नेपालको मुकुट हो । र, हो– पहाड नेपालको शिर । हिमाल, पहाड र तराई–मधेस सिंगो शरीर हो । नदी–नाला नसा हुन् र तिनमा बग्ने पानी नेपालीको रगत र पसिना हो।

नयाँ शक्तिको दृष्टिकोण

मङ्गलबार, ०२ कार्तिक २०७३

आज मार्क्सवाद यस सहस्राब्दीको सर्वश्रेष्ठ विचारका रूपमा पुँजीवादीहरुले समेत स्वीकार गरेका छन्। त्यो मार्क्सवाद परित्याग गरेर नयाँ शक्ति कसरी अगाडि बढ्न सक्छ?

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

शुक्रबार, १४ असोज २०७३

साँच्चिकै देश विकास गर्ने हो र आर्थिक एजेन्डालाई प्रमुखता दिने हो भने त्यसको कार्यान्वयनका लागि स्थिर सरकार आवश्यक छ र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउन संविधानमा संशोधन अनिवार्य छ।रामचन्द्र भट्टराई

अखण्ड नेपालको हिस्सा

सोमबार, २७ भदौ २०७३

संविधान कार्यान्वयनको मुख्य साँचो भनेको स्थानीय, प्रादेशिक र संघीय निर्वाचन हो। त्यो खोल्नका लागि राष्ट्रिय सहमति आवश्यक छ। र, त्यसको अर्को साँचो संविधान संशोधन हो।

हिँजोका जून, आजका जूनकीरी

बिहिबार, ०२ भदौ २०७३

नौ महिनापछि कांग्रेसलाई पद सुम्पने सर्तमा प्रधान मन्त्री बनेका छन् प्रचण्ड। एमालेसँग केही सैद्धान्तिक/वैचारिक सामीप्य थियो तर कांग्रेससँगको यो समीकरण सैद्धान्तिक नभएर सत्ता र कुर्सीको मोहबाहेक केही देखिन्न।

बहुमतीय राजनीतिको खेल

मङ्गलबार, ११ साउन २०७३

संविधान निर्माणका बेला माओवादीले प्रस्तुत गरेको प्रत्यक्ष जननिर्वाचित राष्ट्रपति, एमालेले राखेको प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री र अधिकांश जनताले दिएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने सुझावका विपरीत कतिपय दल र तिनका नेताको हठका कारण पुरानै परम्परागत संसदीय पद्धति  कायम भयो।

नयाँ शक्तिमा पुरानै शैली

शुक्रबार, ३१ असार २०७३

जेठ ३० गते नयाँ शक्ति, नेपालको घोषणा सभा, दशरथ रंगशालामा चर्चित सिने अभिनेत्री करिश्मा मानन्धरले उद्घोषिकाको गहन भूमिका निभाउने क्रममा आफ्नो करिश्मा देखाएकी थिइन्। अहिले उनी नयाँ शक्ति, नेपालको केन्द्रीय सांस्कृतिक विभागको गरिमामय संयोजक पदमा विराजमान भएकी छन्।

गणतन्त्र र समुन्नत समाजवाद

शुक्रबार, १० असार २०७३

जेठ १५ गते गणतन्त्र दिवस मनाइयो। गणतान्त्रिक संविधान जारी भएपछिको गणतन्त्र दिवस बढी उल्लासका साथ मनाइयो। सात सालमा राजा त्रिभुवनले गणतन्त्र  दिने कुरा गरेका थिए तर राजतन्त्रले उल्टै प्रतिगमन गरेर मुलुकमा  तानाशाही तन्त्र चलायो। प्रजा परिषद्ले सुरु गरेको लोकतान्त्रिक आन्दोलन पहिलो चरणको थियो।

  • 1 (current)
Fixed Ad