शिक्षा रिसाल

शिक्षा रिसाल

‘रेज अगेन्स्ट रेप’

शनिबार, ०५ फागुन २०७४

पछिल्लो एक महिना नेपालमा बलात्कारसँग सम्बन्धित केही घटना चर्चामा छन्, सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म । दरबारमार्गको एक होटलमा सामूहिक बलात्कारमा परेकी एक युवतीको उजुरी नलिई मिलाउन खोजेको भन्दै प्रहरीको आलोचना भयो । इटहरीमा पनि यस्तै घटना भएको भन्दै विरोध र बहस भइरहेका छन् ।

जसले युट्युबबाटै पैसा कमाउँछन्

सोमबार, २९ माघ २०७४

करिब चार महिनाअघि रिलिज भएको बलिउड चलचित्र ‘सेक्रेट सुपरस्टार’मा गीत गाउन चाहने इन्सु नामक एक मुसलमान बालिकाको कथा छ ।

फुटपाथको सकस

शनिबार, २० माघ २०७४

तपाईं राजधानी सहर काठमाडौंमा कसरी यात्रा गर्नुहुन्छ ? एक ठाउँबाट अर्को ठाउँमा जान हिँड्नुहुन्छ कि बस, माइक्रोबस, टेम्पुजस्ता सार्वजनिक सवारी–साधन प्रयोग गर्नुहुन्छ ? कि तपाईंसँग आफ्नै चारपांग्रे वा दुईपांग्रे निजी सवारी–साधन छ ?

छाँया प्रेम

आइतबार, २३ पुष २०७४

हेर न, यस्ता हजारौँ अन्धकारमा पनि मभित्र एउटा दियो धिपधिप बलिरह्यो, जसले मभित्र अन्धकार छाउन दिएन, मेरो अस्तित्व नामेट हुनबाट जोगायो । त्यो उज्यालो, त्यो दीप तिमी हौ, तिम्रो प्रेम हो । मेरो अस्तित्वको डोरी तिम्रो प्रेममा गएर यसरी गाँसिएको छ– लाग्छ, स्वयं ईश्वरले पनि फुकाउन सक्ने छैनन् ।

जाडोमा के खाने के नखाने ?

शनिबार, २२ पुष २०७४

दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने ?

हास्यव्यंग्य कि हेलाहोचो ?

शनिबार, २२ पुष २०७४

नेपाल टेलिभिजनबाट प्रसारण भएको हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा खड्काजी भन्ने पात्र थिए । खड्काजीको भूमिका सीताराम कट्टेल ‘धुर्मुस’ले निभाएका छन्, तर पात्रलाई अप्राकृतिक रूपमा देखाइएको थियो । खड्काजी बनेर अभिनय गर्दा कट्टेलले ओठलाई गिजामाथि तानेर चिरिएको देखाएका थिए ।

जो क्रिसमस मनाउन नेपाल आउँछन् (भिडियाे)

शनिबार, ०८ पुष २०७४

इसाई धर्मावलम्बीको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिएकाले पनि कतिपय पर्यटक आफ्नो मुलुक फर्कने तयारी गर्दै छन् भने कतिपय पर्यटक क्रिसमस र नयाँ वर्ष फरक तरिकाले मनाउन नेपाल आएका छन्।

टोली खटाएरै सामाजिक सञ्जालमा प्रचार

सोमबार, ११ मङि्सर २०७४

पुराना पार्टीले पनि सामाजिक सञ्जाललाई चुनावी प्रचारको माध्यम बनाएका छन् । नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल, नेकपा एमाले र माओवादी केन्द्रसहित वाम गठबन्धनमा आबद्ध दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टीलगायतले पनि अहिले सामाजिक सञ्जालमार्फत प्रचार तीव्र पारेका छन् ।

नारी नायक

शनिबार, ११ कार्तिक २०७४

शीर्ष भूमिकामा महिला रहेका चलचित्र दर्शकका प्रिय हुँदै जाँदा विधागत हिसाबमा भने अझै पनि असमानता देखिन्छ । महिलाको प्रमुख भूमिका अझै पनि कमेडी, नाटकीय, हरर र एनिमेसन चलचित्रमा बढी देखिन्छ भने एक्सन चलचित्रमा अलि कम नै । त्यसो त, महिला निर्देशकको संख्या पनि कम छ।

‘त्यो बर्बरता सम्झन पनि सक्दैनौँ’

शनिबार, २१ असोज २०७४

कपन राम मन्दिर वरपर टहरैटहरा देखिन्छन् । राजधानीको विभिन्न स्थानका सुकुम्बासी टोलजस्तै लाग्ने यो बस्तीमा भने नेपाली सुकुम्बासी बस्दैनन् । त्यहाँ भेटिन्छन्, म्यान्मारबाट लखेटिएर आएका रोहिन्जा शरणार्थी ।

‘बिर्सेर पनि विदेश जान्नँ’

शनिबार, २१ असोज २०७४

वैदेशिक रोजगारीमा यातना खप्नेमध्ये कतिपयले छोटो समयका लागि आफ्नो स्मरणशक्ति समेत गुमाउने गरेका छन् । सरकारी बेवास्ताले वैदेशिक रोजगारीका समस्या समाधान हुन सकेका छैनन् । श्रम सम्झौता नभएका मुलुकमा पनि नेपाली महिला कामका लागि गएका छन् ।

दसैँ बिदा विदेशमा

शनिबार, ०७ असोज २०७४

पछिल्ला वर्ष दसैँ बिदा मनाउन विदेश घुम्न जाने नेपाली बढ्न थालेका छन् । उनीहरू दसैँको चहलपहल सुरु नहुँदै बिदा मनाउने योजना बुन्न थाल्छन् । अरु बिदाको तुलनामा दसैँमा लामो बिदा हुन्छ, बिदाको सदुपयोग गर्न कतिपयले विदेश भ्रमण समेत रोज्न थालेका छन् ।

चार वर्षमा बजार मूल्य आधा बढी

आइतबार, ०१ असोज २०७४

चार वर्षअघि कालिमाटी तरकारी बजारमा लोकल काउलीको औसत थोक मूल्य ५० रुपैयाँ प्रतिकिलो थियो । अहिले यो मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेर ७८ रुपैयाँ पुगेको छ । त्यस्तै, चार वर्षअघि दसैंताका प्रतिकिलो २० रुपैयाँ रहेको सेतो आलुको थोक मूल्य पनि अहिले त्यही अनुपातमा बढेर प्रतिकिलो २९ रुपैयाँ पुगेको छ।

गायकी सिकाउने एप्सको क्रेज

शनिबार, ३१ भदौ २०७४

गीत सिक्न होस् या रियाज गर्न, अब संगीत पाठशाला पुग्नुपर्दैन । हातहातमा भएको स्मार्टफोन नै सबै चीजको ‘गुरु’ बनेको छ । गीत गाउन सिकाउने विभिन्न एप्सको प्रयोग अहिले विश्वव्यापी रूपमा बढ्दो देखिन्छ ।

'नेट फर गुड'

शनिबार, २४ भदौ २०७४

गत शनिबार काठमाडौंको राष्ट्रिय सभागृहको माहोल रमाइलो थियो । पारिपट्टि भृकुटीमण्डपमा वयस्क नाडा अटो सोमा गाडी हेरेर रमाइरहँदा वारिपट्टि सभागृहको चौर र अडिटोरियममा बालबालिका रमाइरहेका थिए ।

वृद्धवृद्धाको घर ‘केयर होम’

शनिबार, १७ भदौ २०७४

बसुन्धारास्थित अर्किड केयर होममा ४२ वृद्धवृद्धा छन् जसलाई आफ्नो घरमा भन्दा राम्रो केयर पाएजस्तो अनुभव हुन्छ । आठ वर्षअगाडि एक जनालाई स्याहार गरेर केयर होम सञ्चालनमा ल्याएकी जनकपुरकी यमुना कटुवाल अहिले आफ्नो टिमसँग ४२ जना बुबाआमाको हेरचाह गरेर बस्छिन् ।

यसरी सुरु भएको थियो, ह्वाट्सएप

शनिबार, १७ भदौ २०७४

त्यतिबेलाका साथी ब्रायन एक्टनले यानलाई एक्लोपनासँग लड्न निकै सहयोग गरे । यी दुई साथीले याहुमा सँगसँगै नौ वर्ष बिताए । उनीहरूले निकै ज्ञान र अनुभव बटुले । उनीहरूले धेरैपटक याहु तल–माथि भइरहेको देखे । अन्ततः २००७ सेप्टेम्बरमा उनीहरुले याहु छाडे ।

कामै लाग्दैनन् सरकारी वेबसाइट

शनिबार, २१ साउन २०७४

दुई साताअघि नेपालका विभिन्न ५९ वटा सरकारी वेबसाइट 'प्याराडक्स साइबर घोस्ट' नामक समूहले ह्याक गर्‍यो। कानुन आयोग, राहदानी विभाग, पर्यटन मन्त्रालय, रक्षा मन्त्रालय, शिक्षा मन्त्रालयलगायत विभिन्न सरकारी कार्यालयका वेबसाइट समूहले ह्याक गरेको थियो। सरकारी वेबसाइट ह्याक हुने गरेको भने यो पहिलोपटक होइन।

बीबीए पढ्दापढ्दै कृषि फार्मका मालिक

आइतबार, ०८ साउन २०७४

भक्तपुर बस्ने सन्जिब श्रेष्ठ अहिले बीबीए छैठौं सेमेस्टरमा पढ्दैछन् । सेवा निवृत्त सैनिकका छोरा उनले नौ वर्षको उमेरदेखि पोखराको आर्मी स्कूलमा पढ्न थाले। त्यहाँबाट एसएलसी सकेपछि भक्तपुरको शैनिक अवसीय महाविद्यालय मा प्लस टु गरे।

चर्चामा ‘कारखाना’

शनिबार, १० असार २०७४

आगामी शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘कारखाना’ अहिले चर्चामा छ । ‘मायाले बोलेको...’ बोलको यो चलचित्रको गीत युट्युबमा लाखौंले हेरिसकेका छन् भने यसको ट्रेलर पनि उत्तिकै हिट भइरहेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।