डा. देवीप्रसाद सुवेदी

डा. देवीप्रसाद सुवेदी

रुझ्छौँ-रुझ्दैनौँ छरछिमेकका बाछिटाले ?

बिहिबार, ३० कार्तिक २०७४

दोस्रो विश्वयुद्धपछि र खास गरी संयुक्त राष्ट्रसंघको उदयपछि विश्वमा उदाएका पुँजीवादी र साम्यवादी खेमाको नेतृत्वगर्ने संयुक्त राज्य अमेरिका र सोभियत संघबीचको दुईधु्रवीय शीतयुद्ध र भियतनाममा अमेरिकाले र अफगानिस्तानमा सोभियत संघले गरेको सैन्य हस्तक्षेपबाट तेस्रो विश्वयुद्धको आशंकामा रहेका बाँकी तेस्रो विश्वका राष्ट्रहरूले बेलग्रेड, कायरो र इन्डोनेसियाको बाङडुङमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन गरी सम्भावित दुईध्रुवीय युद्धबाट विश्वलाई त्राण दिएका हुन् ।

गठबन्धन : म्युजिकल चेयर

बिहिबार, २३ कार्तिक २०७४

यस निर्वाचनपछि पनि मुलुकले कुनै उपचार पाउने सम्भावना देखिँदैन । ठूला दलका निर्वाचन घोषणापत्र नै एक–अर्कामाथि दोष थोपरेर आपूm पानीमाथिको ओभानो बन्ने प्रकारका छन् । र, समाजमा विकृति र विसंगतिको जाल फैलाउने तŒवहरू निर्वाचनमा हाबी बनेको अवस्थामा के अपेक्षा राख्ने ?

त्यो चीन, यो नेपाल

बिहिबार, १६ कार्तिक २०७४

चीन आफ्नो प्राचीन राष्ट्रिय संस्कृति र सभ्यताको केन्द्रीयतामा पूर्वज नेताहरूलाई आदर्श मानेर मुलुक सञ्चालन गर्दैछ । तर हामी आफ्ना प्राचीन संस्कृति, सभ्यता र हाम्रा पूर्वज राष्ट्रनेताहरूको योगदानलाई लत्याएर मुलुक चलाउने धन्दामा छौं । चीन विश्वमा छरिएको जनशक्तिलाई एक हुन आह्वान गर्दैछ । हामी देशमा भएको जनशक्तिलाई पनि विदेशतिर धकेल्दै छौँ ।

तस्करहरूको स्वर्णमहोत्सव

आइतबार, २९ असोज २०७४

मुलुकलाई तस्करीमा फसाएर आर्थिक दोहन गर्न पल्केका राजनीतिक नेतृत्वहरू यसमा कारक तŒव रहेको आशंका नेपाली जनमानसमा व्याप्त छ । झन्डै चार दशक पूरा गरेर पाँचौँ दशकको स्वर्ण महोत्सवको तयारीमा सक्रिय बनेको सुन तस्करीको फन्दाबाट राष्ट्रले छिटो उन्मुक्ति पाउने आशा गर्नु व्यर्थ छ ।

एसियाली आकाशमा कालाे बादल

सोमबार, २६ भदौ २०७४

नेपालजस्तो राष्ट्रले बलिया राष्ट्रबीचको द्वन्द्वमा रमिते बन्नु वा कुनै एउटा राष्ट्रको पछुवा बन्नुभन्दा आफ्ना सीमावर्ती दुई राष्ट्रसँगको सम्बन्धमा सन्तुलन राख्न सक्नुमै भलाइ छ ।

पथभ्रष्ट राजनीति

शुक्रबार, १६ भदौ २०७४

नेपालको राजनीतिक इतिहासमा भ्रष्टाचारको यति विकृत रूप यसअघि कहिल्यै देखिएन । भ्रष्टाचारको पक्षमा यति ठूलो संख्यामा सांसदहरू संगठित बनेर मैदानमा उत्रिएको पनि सायद यो पहिलो घटना हो ।

सुरक्षा असुरक्षा

सोमबार, ३० साउन २०७४

राज्यका हर्ताकर्ता व्यक्तिहरूमा भौतिक भोगको लालसा यति बढेको छ कि  यसले पञ्चायती चाकडीतन्त्रलाई समेत माथ ख्वाएको छ ।

निर्वाचन आयोग सरकार मातहत हो ?

आइतबार, १५ साउन २०७४

अहिलेको निर्वाचनमा निर्वाचन आयोगको भूमिका पटक्कै सन्तोषजनक देखिएन । प्रमुख आयुक्त र तिनको मण्डलीको निरीहपना र लाचारी स्थानीय निर्वाचनका क्रममा स्पष्टै देखापर्‍यो । यदि यसरी नै निर्वाचन आयोग शासनसत्ताको लाचार छायाँ बन्ने हो भने निर्वाचन आयोगलाई निर्वाचन मन्त्रालय भने हुन्छ ।

असल राष्ट्रसेवकको सम्झना

शुक्रबार, ३० असार २०७४

उच्च पदमा रहेर पनि सरकारी सेवा दुरुपयोग गरिएला कि भनेर सदैव सतर्क रहने पूर्णबहादुर गुरुङ जस्ता इमानदार र निर्लोभी व्यक्ति यतिबेला मुलुकलाई प्रशस्तै खाँचो छ।

मुलुकको भविष्य र मधेस

बुधबार, १४ असार २०७४

नेपालको इतिहासमा यसअघि कहिल्यै नभएको बहुचरणको निर्वाचन प्रक्रिया गणतन्त्र नेपालका ‘मसिहा’ हरूले सुरू गरेका छन् । यही नै नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बिथोल्ने हतियार बन्न पुगेको छ ।

राजनीतिमा परिवारवाद

बिहिबार, ०१ असार २०७४

प्रचण्ड र गिरिजाको पुत्रीमोह जोडेर हेर्न सकिन्छ। यी दुवैलाई आफूमात्र नभएर आफ्ना सन्ततिलाई उच्च पदमा लैजान मरिहत्ते गर्ने व्यक्तिका रूपमा इतिहासले चित्रित गर्नेछ।

साना पार्टीको आगामी भूमिका

बुधबार, १७ जेठ २०७४

पहिलो चरणको स्थानीय तहको निर्वाचनले जनताको जरैसम्म प्रभावित पा¥यो, अब स्थानीय तहका कुनै पनि पार्टीको कार्यकर्ता र निर्वाचित प्रतिनिधिले जनभावना विपरीत गएर उम्कन पाउने छैनन् । यदि गलत बाटोबाट उम्कन खोजेमा स्थानीय तहमै जनकारबाहीमा पर्नेछन् । तिनले जनविश्वास गुमाउनेछन् ।

चुनावपछिका चुनौती

आइतबार, ०७ जेठ २०७४

चुनावको मुखमा आएर ठूला पार्टीहरूले स्थानीय तहको निर्वाचनका लागि राष्ट्रियस्तरका योजना र कार्यक्रम उठाए र त्यसलाई पार्टीको घोषणापत्रमा समावेश गरे । त्यस्ता योजना र कार्यक्रम अस्वाभाविक मात्र नभएर हास्यास्पदसमेत देखिए । माओवादी केन्द्रले त १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका बुँदा आफ्नो घोषणापत्रमा उल्लेख ग¥यो । त्यसलाई जनस्तरले हावादारी गफभन्दा माथिको दर्जा दिएन । नेपाली काङ्ग्रेस र एमाले पनि यस्ता महत्वाकाङ्क्षी र हास्यास्पद योजना घोषणापत्रमा समावेश गर्न पछि परेका छैनन् । जनताको आँखामा छारो हाल्न बनाइएका यस्ता कागजी योजनाहरू तत्कालका लागि केटाकेटीलाई लोभ्याउने ललीपप भन्दा माथिल्लो स्तरका होइनन् । तर चुनावपछिका दिनमा त्यस्ता कागजी योजना कार्यान्वयन हुन नपाउँदा त्यो पार्टीहरूका निम्ति कम चुनौतीका विषय बन्ने छैनन् । त्यसको पूर्वाभास वर्तमान निर्वाचनले दिइरहेको छ ।

दिशाहीन विदेश नीति

सोमबार, १८ बैशाख २०७४

कूटनीतिक क्षेत्रमा नेपालका हस्ती मानिएका प्राध्यापक यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिका विषयमा काठमाडौंको एउटा कार्यक्रममा प्रवचन दिँदै भनेका थिए, ‘नेपालले विश्वका मुलुकहरूका बीच दुई प्रकारका असंलग्न नीतिको पालन गर्नु पर्ने जटिल अवस्था छ । एउटा दुई विश्वधुरी सोभियत संघ र अमेरिकाका बीच पालन गर्नुपर्ने असंलग्नता र दोस्रो निकटतम दुई छिमेकी राष्ट्र चीन र भारतसँग निर्वाह गर्नुपर्ने असंलग्नता ।’ खनालले दिएको नेपालको परराष्ट्र नीतिसम्बन्धी गम्भीर र अर्थपूर्ण त्यस प्रवचनको बेला स्रोता दीर्घामा थियो यो लेखक पनि । झन्डै साढे तीन दशक अघिको कुरा थियो यो । त्यस बेलाको नेपालको कूटनीतिक जगतलाई हाँक्ने यदुनाथ जस्ता व्यक्तित्वले गर्दा नेपालको अन्तर्राष्ट्रिय जगतमा मर्यादा स्थापित भएको थियो । राजा महेन्द्र र वीरेन्द्र दुवैको शासन कालमा उनी परराष्ट्र सचिवदेखि चीन र भारतजस्ता निकटतम कूटनीतिक सरोकार राख्ने मुलुकमा राजदूत बन्न पुगेका थिए र यस्तो व्यक्तित्वदेखि त्यस समयका नेपालका मन्त्री र प्रशासकहरू हच्किन्थे र आफ्नो कार्यक्षेत्र नाघेर कूटनीतिक दिशातिर हेर्ने आँट पनि गर्दैनथे ।

नेपालको आधा आकाश

सोमबार, ०४ बैशाख २०७४

मुलुकको कुनै उच्च पदमा दुई चार महिलाको पहुँच देखाउने दाँतमात्र हो। खाने दाँत देशको आर्थिक स्थितिको सुधार नै हो।

अनुदार राष्ट्रवाद

सोमबार, २८ चैत २०७३

सीमा जोडिएका साना–ठूला सबै राष्ट्रहरूका बीच मानवतस्कारी, अवैध वस्तुहरूको ओसारपसार र विभिन्न आपराधिक गतिविधिहरू हुन सक्छन्। त्यस्ता दुष्प्रवृत्तिहरूलाई रोक्नमा दोहोरो भूमिका रहन्छ तर ती सबै दोष कमजोर तथा साना राष्ट्रमाथि थोपरेर त्यस्ता मुलुकमाथि आर्थिक नाकाबन्दी गर्ने सोच प्रभुत्ववादी वा अनुदार राष्ट्रवादी मुलुकले मात्र लिन्छ।

राजदूत नियुक्ति र कूटनीतिक मर्यादा

बिहिबार, १७ चैत २०७३

अनुकरण प्रजातान्त्रिक मुलुकको गर्न खोज्ने तर त्यसअनुसारको आचरण नगर्ने र हैसियत नराख्ने उदाहरण नेपालको संसदीय सुनुवाइ समिति बनेको छ।

विद्यार्थी राजनीतिको औचित्य

सोमबार, ०७ चैत २०७३

राजनीतिलाई नै आफ्नो लक्ष्य बनाउने सीमित विद्यार्थीका निम्ति विद्यार्थी राजनीति उत्पादक बन्न सक्ला तर समग्रमा मुलुकको शैक्षिक उन्नतिका निम्ति यो प्रत्युत्पादक छ।

सत्ताको खेल र भूकम्पको त्रासदी

बुधबार, २६ माघ २०७३

यस मुलुकको राजनीति धमिलिनुको पराकाष्टाको अनुभूति देशको प्रत्येक नागरिकले गरिरहेकै अवस्थामा विनाशकारी भूकम्पको चपेटाको पीडा थपिन पुग्यो। धमिलो पानीमा माछा मार्न पल्केका यहाँका राजनीतिकर्मी र तिनका मतियारलाई भने त्यो भूकम्पीय त्रासद स्थिति पार्टीगत राजनीतिको जोड घटाउको खेल बन्न पुग्यो । त्यो खेल अद्यापि चलिरहेकै छ।

नीतिहीन विश्वविद्यालय

मङ्गलबार, ११ माघ २०७३

प्रवेशिका परीक्षादेखि स्नातकोत्तर तहसम्म उत्तीर्ण हुने विद्यार्थीको गन्तव्य विदेश नै हुन्छ। उनीहरूको मनमा विदेश, आँखामा विदेश, मस्तिष्कमा विदेश। स्वदेशचाहिँ विवशता! यस्तो परिस्थिति कसरी आयो?

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।