ध्रुव नेपाल

अल्पमतका प्रमुख: समस्या त पर्दैन ?

सोमबार, ०५ असार २०७४

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १६ वडा छन्। यीमध्ये ९ वडामा एमालेले वडा अध्यक्षसहित प्यानल नै जितेको छ भने बाँकी ७ वडा नेपाली कांग्रेससहित माओवादी केन्द्रले जितेका छन्।

निर्वाचित हुनेले जोगाउने अधिकार

आइतबार, ३१ बैशाख २०७४

‘कुचोले गर्ने बतासैले गर्यो ।’ सबैले सुनेको र प्रयोग गर्दै आएको उखान हो यो । अर्थ सजिलो छ– कुनै समस्या आइलागेको कारण त्यसलाई समाधान कसरी गर्ने भनी सोचिरहेको अवस्थामा त्यो समस्या आफैँ हल भयो, मेहनत वा खर्च नै गर्नुपरेन । यस्तो बेलाबेलामा हुने गर्छ । मेरो केसमा यस्तो धेरै पटक भएको छ, त्यसैले म यसलाई समस्या समाधानको एक उपाय ठान्छु तर सधैँ बतासले उडाएर फोहोर सफा गरिदेओस्, आफूले कुचो लगाउनु नपरोस् भनी भाग्यवादी भएर बस्न भने हुँदैन ।

अधिकारकेन्द्रित आयोगलाई लाग्ने रोग

शुक्रबार, ०१ बैशाख २०७४

अधिकारकेन्द्रीत आयोगहरूलाई प्रभावकारी बनाउन नागरिक समाजले पदाधिकारी नियुक्तिको बेलादेखि नै पूर्वसक्रियता देखाउनुपर्ने अनुभवले देखाएको छ जसरी यिनकै दबाबमा यस्ता आयोग गठन भएका थिए।

जन्डिस दृष्टि र मिडिया

बिहिबार, १० चैत २०७३

सरकारका मन्त्रालय, सचिवालय, आयोगजस्ता केन्द्रीय निकाय जसले नीति तथा कार्यक्रम बनाउँछन् र कार्यान्वयन गर्छन, तिनले अखबार तथा म्यागेजिन किन्न ठूलो रकम खर्च गर्छन्। तर, व्यवस्थित तवरले उपयोग गर्दैनन्।

राममान दाइको सुर्खेतयात्रा

शनिबार, २९ माघ २०७३

मैले दाइलाई सम्झाउँदै भनेँ– 'बसभरि यति धेरै यात्रु छन्, दाइ एक्लै कहाँ हो र? अरू पनि छन् मजस्तै साथी। ढुक्क भएर जानोस्।' उनीसँगै सिट हुनेलाई उहाँलाई राम्रो साथ दिँदै लैजान आग्रह गरेँ अनि ढुक्क पारेँ। दाइ रसिला आँखासहित पाँच मिनेट हात हल्लाउँदै थिए बस ओझेल पर्दासम्म। मेरो मन पनि अमिलो भयो उनलाई एक्लै पठाउनुपर्दा।

निजामतीको अवकाश उमेर

सोमबार, १७ माघ २०७३

अनुभवबाट खारिएका व्यक्तिलाई नीति निर्माणको उच्च तहमा पुगेर सेवा गर्न नपाउँदै अवकाश दिनुपर्ने र तिनको नै सेवा लिन फेरि परामर्शदाता बनाउनुपर्ने विडम्बनायुक्त अवस्था न्यूनीकरण गर्न पनि उमेर हद बढाउनु उपयुक्त हुन्छ।

शरणार्थी व्यवस्थापनध्रुव नेपाल

मङ्गलबार, ०२ कार्तिक २०७३

जब–जब नेपाल–भुटान सम्बन्धको कुरा उठ्छ, त्यस बेला भुटानी शरणार्थीलाई आफ्नो देश फर्काउन भुटान सरकारलाई मनाउने कुरा मुख्य बुँदा हुने गरेको छ। प्रधान मन्त्री पुष्पकमल दाहालले बिमस्टेक बैठकको सन्दर्भमा गोवामा भुटानी समकक्षी छिरिङ तोग्बेलाई भेट्दा पनि पुनः यो कुरा उठाएको समाचार आएको छ। दुई दशकभन्दा बढी समयदेखि यो कुरा गर्नका लागिमात्र गरिने कुरा हुँदै आएको छ।

महेन्द्र मञ्जिलको बिजुली खर्च

बिहिबार, २३ भदौ २०७३

जसरी महेन्द्र मञ्जिलमा उपभोग हुने इन्धनको अर्को साधन ग्यास अनि ग्यासले पाक्ने खाद्य वस्तुलाई हामी व्यक्तिगत प्रयोजनका कुरा मान्छौं भने विद्युत् (पानी महसुल पनि) कसरी सरकारी दायित्वको कुरा बन्न आयो?

तिलाठी सन्देश :  बुझ्नेलाई गहिरो

मङ्गलबार, ०७ भदौ २०७३

तिलाठी घटनाको सन्देश हो– मानिसका लागि जीवन तथा जीविकोपार्जनमा प्रत्यक्ष असर पार्ने तत्वभन्दा महत्वपूर्ण केही हुँदैन र त्यो नदी नै हो। जनजीविकाको यो अन्तरंग सम्बन्ध सेतुलाई प्रदेश निर्माणको आधार बनाइनुपर्थ्यो।

महिला-पुरुष सम्बन्ध

शनिबार, २२ साउन २०७३

महिला र पुरुषबीचको सम्बन्ध चुम्बक र फलामको जस्तै हुन्छ, मौका पर्नासाथ नजिकिँदै गएर टाँस्सिन सक्छन्, यस्तो हामी धेरैले सोच्छौँ। यसरी टाँस्सिने ध्येयले नजिकिँदै जाने इच्छा (परस्त्रीको हकमा) मेरो कहिल्यै रहेन। मेरा लागि उस्तै रहे— महिला वा पुरुष। तर, संसारले यो कुरो संशय राखेर हेर्योि, त्यतिमात्र होइन– आफ्नै श्रीमतीले समेत!

देशलाई खतरा 'विद्वान्' बाट

सोमबार, १३ असार २०७३

भन्ने गरिन्छ– यो देशको ठूलो समस्या अशिक्षा हो। यही कारण विकासको गति धीमा छ किनकि वैज्ञानिक सोच र शैलीअनुसार ती चल्दैनन्। यसमा मतान्तर राख्नुपर्ने आवश्यकता र हैसियत दुवै छैन।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।