विष्णु बेल्वासे

उत्तम ‘रुट’ छान्न प्राविधिक टोली खटाइयो

आइतबार, १३ फागुन २०७४

बिजुली आयात–निर्यात भारततर्फ मात्र हुँदै आएकोमा चीनतर्फ पनि त्यस्तो व्यवस्था गर्ने पहल सुरु भएको छ । परराष्ट्र मन्त्रालय र चिनियाँ उच्च अधिकारीबीच गत बिहीबार चीन–नेपाल जोड्ने पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न उत्तम ‘रुट’ छनोट गर्न प्राविधिक टोली खटाउने सहमति भएको छ । परराष्ट्र मन्त्रालय र चिनियाँ उच्च अधिकारीबीच भएको छलफलमा उक्त समझदारी भएको हो।

बिपिसीको एफपिओे बिकेन

बिहिबार, १० फागुन २०७४

समय लम्बाउँदा र संगठित संस्थाले समेत सेयर खरिद गर्न सक्ने व्यवस्था गर्दा पनि बुटवल पावर कम्पनी (बिपसी) ले जारी गरेको थप निष्कासन (एफपिओ) बिक्री हुन सकेको छैन्।

कमोडिटी एक्सचेन्ज चलाउन विदेशी कम्पनी इच्छुक

बुधबार, ०९ फागुन २०७४

नेपालमा कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न बेलायतको जिमेक्स कम्पनी इच्छुक देखिएको छ । उसले नेपाल कमोडिटी एक्सचेन्ज कम्पनी स्थापना गरेर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

बैंकको प्रतिफल चार प्रतिशत बिन्दुले घट्यो

मङ्गलबार, ०८ फागुन २०७४

चुक्ता पुँजीमा भएको वृद्धि अनुसार व्यवसाय बिस्तार गरेर आम्दानी बढाउन नसक्दा बैंकहरुले सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल पोहोरको तुलनामा यो वर्षको पहिलो ६ महिनामा ४.१५ प्रतिशत बिन्दुभन्दा धेरैले घटेको छ । बैंकहरुको गर्ने नाफाको आकार बढे पनि प्रतिसेयर आम्दानी (इपिएस) घटेका कारण लगानीकर्ताले पाउने लाभांश रकम गत वर्षभन्दा कम हुने बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले देखाएको हो।

यो वर्ष दुई सय १४ मेगावाट बिजुली थपिँदै

आइतबार, ०६ फागुन २०७४

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो वर्ष दुई सय १४.२८ मेगावाट बिजुली थपिने भएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिन लागेको हो ।

सेवा शुल्क तोक्ने अधिकार ब्रोकरलाई

शुक्रबार, ०४ फागुन २०७४

एक सय दिनभन्दा बढी समय लगाएर तयार पारिएको मार्जिन लेन्डिङको कार्यविधि मस्यौदाले अन्तिम रुप लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकर (सेयर दलाल)बीच पटकपटक भएको छलफलपछि तयार पारिएको उक्त मस्यौदा नेप्सेको सञ्चालक समितिले पारित गरेको छ । मस्यौदालाई अन्तिम रुप दिन नेप्सेलाई हम्मे परेको थियो । खासगरी ब्रोकर र नेप्सेका उच्च अधिकारीबीच ब्रोकर कम्पनीको चुक्ता पुँजीका विषयमा विवाद भएको थियो।

कुलेखानी तेस्रोको म्याद थप्न सिफारिस

बिहिबार, ०३ फागुन २०७४

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु भएको आगामी महिना (चैतमा) १० वर्ष पुग्दैछ । तीन वर्ष आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना दशकमा पनि पुरा नभए पछि अहिले म्याद थप गर्न सिफरिस गरिएको छ ।

बैंकहरुलाई २९ दिने राहत

मङ्गलबार, ०१ फागुन २०७४

सरकारी ढुकुटीमा रकम थन्किएर लगानीयोग्य पुँजी (तरलता) को अभाव झेलिरहेका बैंकहरुलाई राष्ट्र बैंकले सहुलियत दिने नीति ल्याएको छ । पछिल्लो समय कर्जाको माग अत्यधिक बढेको तर, निक्षेप वृद्धि नहुँदा बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलिरहेको बेला केन्द्रीय बैंकले ल्याएको नयाँ नीतिले उनीहरुलाई केही राहत पुग्ने देखिएको छ।

बिपिसीको एफपिओ बिक्रि बढेन

बुधबार, २४ माघ २०७४

साधारण सेयर जारी नगरी एफपिओ बजारमा ल्याएको बुटवल पावर कम्पनी (बिपिसी) को एफपिओ चाहेअनुसार बिक्रि हुन सकेको छैन । साधारण सेयरको मुल्य नै दोस्रो बजारमा तल झरे पछि कम्पनीले खुला गरेको एफपिओ बिक्री चाहे अनुसार हुन नसकेको हो । मंगलबार बिपिसीको सेयर मूल्य घटेर प्रतिकित्ता पाँच सय ५७ रुपैयाँमा कारोबार भएको छ । विपिसीले हालै जारी गरेको एफपिओको प्रतिकित्ता मुल्य पाँच सय एक रुपैयाँ तोकेको थियो ।

के हो वास्तविक अवस्था ?

आइतबार, २१ माघ २०७४

करिब दुई–तीन महिनादेखि वाणिज्य बैंकहरुमा लगानी गर्ने पैसा नभएको समाचारहरु आइरहेका छन् । केही वाणिज्य बैंकका अधिकारीले वास्तवमै कर्जा दिने पैसा अभाव भएको बताउँदै आएका छन् । नियामक निकाय राष्ट्र बैंकका उच्च पदाधिकारी भने बैंकमा लगानी गर्ने पैसा नभएको स्वीकार गर्दैनन् । केही बैंकहरुले अत्यावश्यक स्थितिबाहेक अरुलाई कर्जा दिन नसक्ने अवस्था आएको सार्वजनिक रुपमै भनिसकेका छन् । वास्तविकता के हो ? साँच्चिकै बैंकहरुसँग कर्जा दिने पैसा नभएकै हो ?

पाँच महिनामा चुहिएरै सकियो डेढ अर्बको बिजुली

शुक्रबार, १९ माघ २०७४

पाँच महिनामा एक अर्ब ४९ करोड २० लाख रुपैयाँको बिजुली चुहिएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुली चुहावट भएका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्दै आएको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा एक सय ५१ गिगावाट आवर बिजुली चोरी भएको नेपाल विद्युत् प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बिहीबार नागरिकलाई बताए । यसको अर्थ प्राधिकरणले पाँच महिनामै डेढ अर्ब गुमाएको उनको भनाइ छ ।

बुटबल पावरको सेयरमा लगानीकर्ता डुबाउने खेल

बिहिबार, १८ माघ २०७४

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)लाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गर्न अनुमति दिएपछि सर्वसाधारणलाई मर्का परेको त छँदछ, दोस्रो बजारमा पनि लगानीकर्ता डुबाउने खेल सुरु भएको छ । दोस्रो बजारमा केही सीमित व्यक्तिले चलखेल गरी बुटबल पावरको सेयर मूल्य घट्न नदिने अभियानमा लागेका छन् ।

बुटबल पावरको आइपिओबिनै एफपिओ निष्कासन

बुधबार, १७ माघ २०७४

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सर्वसाधारण र स्थानीयलाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गरेको छ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारण र स्थानीयलाई सेयर जारी नगरी एफपिओ ल्याउन स्वीकृति दिएपछि कम्पनीले सोमबारदेखि थप सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।

१५ मध्ये तीनको नाफा अर्ब नाघ्यो

सोमबार, १५ माघ २०७४

बैंकहरुले चालु आर्थिक वर्षको पुस महिनासम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । आइतबारसम्ममा २८ वाणिज्य बैंकमध्ये १५ वटाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

दोलखावासीलाई तामाकोसीको घटीमा ३० देखि बढीमा ३०० कित्ता सेयर

मङ्गलबार, ०९ माघ २०७४

अर्को वर्ष निर्माण सम्पन्न हुने बहुप्रतीक्षित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडले दोलखाबासीलाई ३० देखि ३०० कित्तासम्म सेयर दिने भएको छ । कम्पनीले आयोजनाबाट अति प्रभावित, प्रभावित र कम प्रभावित गरी तीनवटा वर्गीकरण गरिएको छ । अति प्रभावितलाई बढी र कम प्रभावितलाई थोरै सेयर दिने कम्पनीको योजना छ ।

मुआब्जा वितरणलाई छुट्ट्याइएको रकम खर्च हुन सकेन

आइतबार, ०७ माघ २०७४

मालपोत, नापी र आयोजनाबीच समन्वय हुन नसक्दा बूढीगण्डकी आयोजनाबाट प्रभावितले मुआब्जा पाउन सकेका छैनन् । सरकारले चालु आर्थिक वर्षका लागि छुट्ट्याएको बजेट समेत खर्च हुन सकेको छैन । आयोजना प्रभावितलाई मुआब्जा वितरणका लागि सरकारले चालु अर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याएको थियो । तर, चालु आर्थिक वर्षको ६ महिना सकिइसक्दा पनि आयोजनाले उक्त रकम खर्च गर्न सकेको छैन।

चुनावमा खर्च भएको अवैध रकम बैंकिङ प्रणालीमा

शुक्रबार, ०५ माघ २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च भएको गाडधन (अवैध रकम) बैंकिङ प्रणालीमा प्रवेश हुन थालेको छ । एकैपटक बैंकमा रकम जम्मा गर्दा आम्दानीको स्रोत देखाउनुपर्ने भएकाले पनि बिस्तारै बैंकिङ प्रणालीमा छिर्न थालेको हो।

पुँजी बढाउने चटारोमा बिमा कम्पनी

आइतबार, ३० पुष २०७४

किसानलाई असार–साउनमा खेती लगाउन हतारो भएजस्तै बिमा कम्पनीलाई यति बेला चुक्ता पुँजी बढाउने चटारो छ । बिमा समितिले असारभित्र चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्् । बिमा समितिले ६ महिनाभित्र चुक्ता पुँजी जीवनले दुई अर्ब र निर्जीवन बिमा कमपनीले एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने कठिन मापदण्ड समितिले तोकेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि बिमा कम्पनीहरुले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयरको योजना बनाएका छन् ।

बचतको पनि ब्याज बढाउँदै बैंक

शुक्रबार, २८ पुष २०७४

मुद्दती खाताको ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका बैंकहरुले उक्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

टेलियालाई लाभांश लैजाने स्वीकृति

बिहिबार, २७ पुष २०७४

स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासोनेरा) लाई पुँजीगत लाभकरबापत ६५ अर्ब रुपैयाँ तिर्न सरकारले ताकेता गरेको बेला राष्ट्र बैंकले करिब ८ अर्ब रुपैयाँ लाभांश लैजान स्वीकृत दिएको छ । एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलियालाई लाभांश लैजान नरोक्ने आदेश केही दिनअघि सर्वोच्च अदालतले दिएको थियो । त्यही आदेश बमोजिम टेलियालाई लाभांश लैजान राष्ट्र बैंकले अनुमति दिएको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।