नारायण भुर्तेल, युएई

नारायण भुर्तेल, युएई

३ लाखमा बेचिएकी मुनाको दुबई विमानस्थलबाट उद्धार

बुधबार, ३२ साउन २०७४

आइतबार साँझ मुना डाँगी दुबई अन्तरार्ष्ट्रिय विमानस्थलमा थिइन्। अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी कुवेत उड्न लागेकी थिइन्।

अपाङ्ग एकता अवाज केन्द्रलाई आर्थिक सहयोग प्रदान

बिहिबार, १२ साउन २०७४

काभ्रे सेवा समाज युएईले एक लाख पच्चिस हजार रुपैया आर्थिक सहयोग गरेको छ। समाजले काठमाडौंको संयुक्त अपाङ्ग एकता अवाज केन्द्र गोकर्णलाई  एक लाख र प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्र बनेपालाई पच्चिस हजार  रुपैया आर्थिक सहयोग गरेको हो।

पत्रकार महासंघ युएईले अन्तर्क्रिया गर्ने

आइतबार, ०१ साउन २०७४

'युएईमा नेपाली संघ संस्थाहरुको आगामी भूमिका र सहकार्य' भन्ने बिषयमा नेपाल पत्रकार महासंघ युएई शाखाले अन्तर्किया गर्ने भएको छ। आगामी शुक्रबार जुलाई २१ गते युएईमा रहेका सबै संघ स्थाहरुबीच सहकार्य र एकता बढाउन महासंघले बरदुबईमा अन्तर्किया कार्यक्रम गर्न लागेको हो।

नेपाली समाज युएईको अधिवेशनमा हंगामा

शुक्रबार, २३ असार २०७४

विवाद उत्पन्न भएपछि नेपाली समाज युएईको १३ औं अधिवेसन स्थगित भएको छ। पहिलो सत्रको कार्यक्रम सकिएपछि निर्वाचन संयोजक गोविन्द ढकालले निर्वाचनको आचार संमिताबारे बोल्दै गर्दा विवाद उत्पन्न भएको हो।

नेपाली समाज युएईको अधिवेशनमा हंगामा

शुक्रबार, २३ असार २०७४

विवाद उत्पन्न भएपछि नेपाली समाज युएईको १३ औं अधिवेसन स्थगित भएको छ। पहिलो सत्रको कार्यक्रम सकिएपछि निर्वाचन संयोजक गोविन्द ढकालले निर्वाचनको आचार संमिताबारे बोल्दै गर्दा विवाद उत्पन्न भएको हो।

मानवतस्कर पीडितले दूतावासमा उजुरी नगरेको दाबी

मङ्गलबार, २० असार २०७४

दलाललाई मोटो रकम बुझाई भिजिट भिषामा युएई आएर अलपत्रमा परेका एक जना पनि नेपालीको निवेदन नेपाली दुताबासमा नआएको नेपाली दुताबास युएईले जनाएको छ। नेपाली दुताबास युएईले शुक्रबार युएईको अलऐनमा आयोजना गरेको सचेतना तथा अन्तर्किया कार्यक्रममा बोल्दै नेपाली दुताबास युएईका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले यस्तो बताएका हुन्।

नेपाली दूतावासले राख्यो डिजिटल वडापत्र, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान पुर्‍याउन अाग्रह

सोमबार, २२ जेठ २०७४

युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राखी नेपाली राजदुतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ। दूतावासले आफ्नो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा, सुविधाहरुको प्रक्रिया र विधिबारे सेवाग्रहीहरुलाई सहज तरिकाले सूचना प्रवाह गर्न विद्युतिय नागरिक वडापत्र राखेको हो।

विद्युतिय नागरिक वडापत्र राख्ने नेपाली दूतावास युएई पहिलो

सोमबार, २२ जेठ २०७४

युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राख्दै नेपाली राजदूतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ ।

युएईमा बस दुर्घटना, दुई नेपालीको मृत्यु

बिहिबार, ११ जेठ २०७४

युएईको दुबईमा मंगलबार भएको बस दुर्घटनामा २ नेपालीको मृत्यु भएको छ। दुर्घटनाबाट १० नेपाली घाईते भएका छन्। दुर्घटना परी ज्यान गुमाउने नेपालीहरु मध्ये नुवाकोटका बासुदेव लामीछाने र चितवनका कृष्ण प्रसाद भुसाल रहेका छन्।

स्याङ्जा सहयोग समाज युएईको अध्यक्षमा गैरे

आइतबार, ०७ जेठ २०७४

स्याङ्जा सहयोग समाज युएईको अध्यक्षता खगेन्द्र गैरे निर्वाचित भएका छन्।

ज्योति र रियाको प्रस्तुतिको युएईमा चर्चा

आइतबार, ०३ बैशाख २०७४

नयाँ वर्षको अवसर पारेर युएई आएका गायिका ज्योति मगर र डान्सर रिया श्रेष्ठले दुबई र आधुधाबीमा छुट्टाछुट्टै प्रस्तुति दिएका छन्।

युएईमा नेपाली चलचित्रको बजार विस्तार हुने

शुक्रबार, ०१ बैशाख २०७४

युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएको भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले नयाँ बर्षबाट नेपाली चलचित्रको अन्तराष्ट्रीय बजार व्यवस्थापनलाई बिस्तार गर्ने भएको छ।

मानव तस्करको धम्कीलाई गम्भीरतापूर्वक लिन पत्रकार महासंघलाई आग्रह

आइतबार, २७ चैत २०७३

प्रवासको नेपाली पत्रकारितालाई प्रभावकारी बनाउन युएईमा अन्तर्किया सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस तथा नयाँ वर्ष २०७४ सालको अवसरमा नेपाल पत्रकार महासंघ युएई शाखाले शुक्रबार दुबईमा शुभकामना आदान प्रधान तथा अन्तर्किया कार्यक्रम गरेको हो।

जनसम्पर्क समिति युएईको अध्यक्षमा बस्नेत

शुक्रबार, १८ चैत २०७३

नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति युएईको सभापतिमा खेमराज बस्नेत निर्वाचित भएका छन्। शुक्रबार दुबईमा सम्पन्न तेस्रो अधिवेशनले बस्नेतको सभापतित्वमा ३१ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो।

पर्वत समाज युएईमा पौडेल

बुधबार, ०९ चैत २०७३

पर्वत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन्। युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

युएईका नेपालीले होली मनाए

मङ्गलबार, ०१ चैत २०७३

युएइमा बस्दै आएका नेपालीहरुले होली पर्व मनाएका छन्। काम र व्यवसायका लागि युएईमा रहँदै आएका नेपालीले होलीलाई उल्लासपूर्वक मनाएका हुन्। युएईको बरदुबईमा नेपाली ट्राभल, रेष्टुरेन्ट, फेन्सी पसलहरु र यहाँका पार्कहरुमा गएर एक आपसमा रंग खेल्दै होली मनाइएको हो।

दुवई विमानस्थलद्वारा लगेज नियम परिवर्तन, डोरीले बाँधेका झोला, गुन्टा लान नपाइने

आइतबार, २२ फागुन २०७३

युएईको दुबईस्थित अन्तरार्ष्ट्रिय विमानस्थले लगेजसम्बन्धी नियम परिवर्तन गर्ने भएको छ। नयाँ नियमअनुसार युएईमा कार्यरत कामदारहरुले घर फर्किंदा विमानस्थलबाट डोरीले बाँधिएका झोला, गुन्टा र कार्टुन लैजान पाउने छैनन्।

युएईबाट रवीन्द्र मिश्रलाई खुलापत्र

शुक्रबार, २० फागुन २०७३

यदि तपाइँ साच्चिकै पद्धति, पारदर्शिता र इमान्दारिताका साथ शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी वाचामा अडिग भएर आउनु भएको हो भने तपाइँलाई मेरो साथ छ। खाडीको जागिर छोडेर तपाइँको राजनीतिक संगठनमा होमिने चुनौती मलाई पनि स्वीकार्य छ।

युएईमा नेपाली उत्पादनको बजार खोज्दै दूतावास

शुक्रबार, १३ फागुन २०७३

संयुक्त अरब ईमिरेट्स (युएई)मा नेपाली उत्पादन प्रबर्द्धनका सम्भावनाबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास युएईले आयोजना गरेको कार्यक्रममा नेपाली उत्पादनलाई युएईको बजारसम्म ल्याउन चुनौतीबारे छलफल भएको थियो।

दाङ देउखुरी समाज युएईमा गिरी

मङ्गलबार, ०३ फागुन २०७३

दाङवासीहरुको साझा संस्था दाङ देउखुरी समाज युएईको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। 'सुरक्षित प्रवास, सम्वृद्ध समाज निर्माण हाम्रो अभियान', भन्ने मुल नाराका साथ युएईमा स्थापित संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा १६ सदस्यिय कार्य समिति चयन गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।