डा. कुन्दन अर्याल

शिशु संविधानको आगत

बुधबार, ०४ असोज २०७४

संविधानले परिकल्पना गरेको शान्ति, सुशासन, विकास र समृद्धिसहितको नेपालका लागि सबैभन्दा ठूलाठूला बाधक राजनीतिकर्मीहरूको अनैतिक र गैरजिम्मेवार आचरण एवं भ्रष्टाचार नै हुन् ।

मधेसमा संविधान संशोधन कि समृद्धि ?

बुधबार, २८ भदौ २०७४

२०७३ सालको मधेस आन्दोलनपछि यतिखेर पहिलो पटक तराई–मधेसमा ठूला दलहरू खुला–खुलस्त राजनीतिक संवादमा ओर्लिएका छन् ।

त्यो युगान्तकारी संकल्प

बुधबार, ०४ साउन २०७४

पुष्पलालले जीवनभर पराजय र संघर्षका असीमित शृंखला सामना गरिरहनुपर्‍यो । तर लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबध्द नेपाली कम्युनिस्ट आन्दोलनको उल्लेखनीय परम्परा उनकै आदर्शबाट अभिप्रेरित छ ।

गठबन्धनको फितलो जग

बुधबार, २८ असार २०७४

राष्ट्रिय जनता पार्टीले सप्तरीका बाढीपीडितका लागि राहत वितरण गर्न राजधानीबाट हिँडेको एमाले टोलीलाई पूर्व–पश्चिम राजमार्गमै छेक्ने घोषणा गरेन ।

उत्साहमाथि तुषारापातको दुष्प्रयत्न

बुधबार, ०७ असार २०७४

दुई दशकपछि चरणबद्धरूपमा सुरु भएको स्थानीय तह निर्वाचनसँगै आमजनतामा जागृत उत्साहमा यसबीचका घटनाक्रमले व्यवधान खडा गर्न खोजेका छन्।

देउवाको हिजो, आज र भोलि

बुधबार, २४ जेठ २०७४

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बलियो अंक गणितका साथ चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन भएका छन् ।

राजपाले पाएको मौका

बुधबार, १७ जेठ २०७४

यादव मतपत्रबाटै आफ्नो संघर्ष अघि बढाउने आत्मविश्वासका साथ निर्वाचन तयारीमा जुटिसकेका छन् । गच्छादार निर्वाचन गराउने सरकारकै साझेदार छन् । यस्तो अवस्थामा राजपा निर्वाचनमा गएन भने पनि मैदान भरिभराउ नै हुनेछ । एमाले, कांग्रेस वा माओवादीका उम्मेदवार त उत्साहका साथ मैदानमा कस्सिने नै छन् ।

अबको एमाले : सम्भावना र चुनौती

बुधबार, १० जेठ २०७४

दोस्रो चरणमा एमालेले मधेसको सामना गर्नुपर्नेछ जहाँ त्यस पार्टीलाई पहाडवादीको संज्ञा दिएर किनारामा पुर्याउन कांग्रेस, माओवादी र कतिपय मधेसकेन्द्रित पक्ष एक हुनेछन् । आफ्नो नेतृत्वको सरकार भएका बेला मधेसमा सडक, सिँचाइजस्ता पूर्वाधारका निम्ति गरेका कामबारे बताउन एमालेलाई जनतामाझ जानै नदिने प्रयत्न हुनेछ ।

अवतरणको प्रारम्भ

बुधबार, ०३ जेठ २०७४

सारा राष्ट्र निर्वाचन सम्पन्न गर्दै नयाँ चरणमा प्रवेश गर्न उत्साहित भइरहेको अवस्थामा संविधान संशोधनको अड्को थापेर बाटो छेक्नु उपयुक्त हुँदैन । यो कुरा सबैभन्दा बढी राजपाले बुझ्नुपर्छ ।

संसद् र बाहिरका केन्द्र

बुधबार, २७ बैशाख २०७४

सभामुख ओनसरी घर्तीले पत्रकार भेला गरेर न्यायपालिकाबाट व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप भएको गुनासो गरिन् । तर उनको मुखबाट व्यक्त प्रधानमन्त्री दाहालको त्यो धारणा संसद्को मार्यादा उँचो पार्ने ध्येयबाट निर्देशित छैन् भन्ने अनेक आधार छन् । अदालतले संसद्को मार्यादामा चोट पु¥यायो भन्ने सभामुखको अभिव्यक्तिले यस शृंखलाको सुरुवात कहिले भयो त भन्ने प्रश्नसमेत खडा गरेको छ ।

महाअभियोगको प्रकम्पन

बुधबार, २० बैशाख २०७४

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संवैधानिक प्रावधानअन्तर्गत नै दर्ता गराइएको हो । यो संविधानका कैयन धाराहरुउपर विवाद चलिरहेकै छ । महाअभियोगसम्बन्धी यो धाराको प्रयोग भने केही महिनाकै अवधिमा दुई–दुई पटक हुँदैछ तर यतिखेर जुन ढंगले यसको प्रयोग भएको छ, आगामी दिनमा लोकतन्त्रको अभ्यास कसरी गरिएला भन्ने गम्भीर प्रश्न उठेको छ ।

सहमतिपछिका आशा र शंका

बुधबार, १३ बैशाख २०७४

उन्नाइसौं शताब्दीकी बेलायती कवि मेरी हेविटले माकुरा र झिंगा शीर्षकको प्रसिध्द कवितामा शताब्दियौंदेखिको यी दुईबीचको सम्बन्धबाट पाठ सिक्न आममानिसलाई आग्रह गरेकी छन् । कविताको पहिलो हरफमा माकुरा झिंगालाई आफ्नो जालोमा आमन्त्रण गर्छ ।

विश्वग्रामको स्वप्न

बुधबार, ०६ बैशाख २०७४

ग्लोबल भिलेज भन्ने शब्दावलीका प्रर्वतक मार्शल मक्लुहानले आमसञ्चार माध्यमलाई मानिसको विस्तारका रुपमा परिभाषित गरेका छन् । अघिल्लो शताब्दी, साठीको दशकमै मक्लुहानले दिएको परिभाषालाई विज्ञान र प्रविधिको विकाससँगै आज विश्वास गर्नैपर्ने भएको छ ।

के पत्याउने ? कति पत्याउने ?

बुधबार, ३० चैत २०७३

मतदातासँग अन्तरंग सम्बन्ध राख्ने खुबी भएका अन्तरवैयक्तिक संवादमा अभ्यस्त व्यक्तिहरूले नै प्रायः निर्वाचन जित्ने गर्छन् ।

गुमेका अनेक अवसर

बुधबार, २३ चैत २०७३

तीस वर्षे पञ्चायती कालरात्रि अन्त्य भएकामा खुशियाली मनाउँदै बहुदलीय व्यवस्थाको स्वागत गरेको पनि अबको तीन वर्षमा तीन दशक पुग्दैछ । २७ वर्षअघि यही साता जनआन्दोलन उत्कर्षमा पुगेको थियो, उपत्यकाका तीनै सहर र कीर्तिपुर आन्दोलनको भूमरीमा थिए, अझ पाटनलाई त मुक्त भएको घोषणा गरिएको थियो ।

विकास र सञ्चार आवश्यकता

बुधबार, १६ चैत २०७३

न कुनै ब्यानर थियो। न अतिथि आसन र आयोजक वक्ताहरूको पट्यारलाग्दो ताँती नै लाग्यो। दुईतिर दुई पूर्वप्रधानमन्त्री राखेर केपी ओलीले विकासको डिस्कोर्स सुरु गरेको भनेर प्रशंसामात्र सुनेनन्, अब पनि के नै गरौँला भन्ने प्रकृतिको शंकासमेत सामना गरेँ।

मातृभाषाको गल्ती सच्याऊ

बुधबार, ०९ चैत २०७३

नेपाली भाषा नेपालको राष्ट्रभाषा बनेको तुलनात्मक रूपमा बढी अर्थात् आधा जनसंख्याले बोल्ने भाषा भएकाले होइन । यसले यो स्वरूप धारण गर्नुको कारण विजेता जातिको भाषा हुनु पनि होइन। नेपाली भाषा राष्ट्रभाषा हुनुको मूल कारण नेपालका भाषामध्ये कुनै पनि यसको उत्तम विकल्प हुन नसक्ने भएकाले नै हो।

अब बहाना के हुन सक्छ ?

बुधबार, ०२ चैत २०७३

स्थानीय तहको चुनावी प्रक्रिया सुरु भएर निर्वाचन आयोग समाचारमा छाउन थालिसक्यो । तोकिएको निर्वाचन मिति २०७४ वैशाख ३१ गतेको व्यापक प्रचार भइरहेको छ ।

मलेठ हत्याकाण्डपछि मधेस

शुक्रबार, २७ फागुन २०७३

एउटा राजनीतिक शक्तिको अराजक र गैरजिम्मेवार क्रियाकलापले निहत्था आमनागरिकको कति ठूल्ाो क्षति हुन सक्छ भन्ने प्रचण्डपथले देखाएकै थियो, अहिले मधेसकेन्द्रित दलहरूका कारण विगतका प्रहरी ज्यादतीसमेत आझेलमा पर्ने खतरा बढेको छ।

आफैंसँग संवाद गर्ने राष्ट्रको सपना

बुधबार, १२ माघ २०७३

उनका बहुप्रशंसित नाटकका पंक्ति–पंक्तिको उद्धरण हुनु स्वाभाविकै हो । तर अमेरिकी नाटककार अर्थर मिलर स्वयंले लेखेका अनगिन्ति अक्षरजस्तै अखवारमा उद्धृत उनको एउटा पंक्तिको पनि सहस्रौं पटक उद्धरण हुँदै आएको छ, आज पनि त्यो पंक्ति उत्तिकै सान्दर्भिक छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।